ÿØÿà JFIF ` ` ÿþ
The post अलैंचीको मूल्य ६ बर्षयताकै उच्च appeared first on sumhatlungtimes.
]]>२२ साउन २०८०, पाँचथर । पछिल्ला बर्षहरुमा निरन्तर ओरालो लागेको अलैंचीको मूल्य बढेको छ । व्यवसायीका अनुसार आइतबार पाँचथरमा प्रतिमन (४० केजी) को ६१ हजार रुपैंयाँमा करोबार भएको छ ।
अलैंचीको यो मूल्य ६ बर्षयताकै उच्च भएको अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष कुमार तामाङले जानकारी दिए । अहिले किसान र व्यापारीसँग माँग थेग्न सक्ने गरीको अलैंची छैन । गत बर्षको उत्पादन सकिंदै गएको छ भने यो बर्षको उत्पादन बजारमा आउनै बाँकि छ । त्यसैले मूल्य बढेको अलैंची व्यवसायी खेम अधिकारीको भनाई छ ।
अलैंचीको नयाँ फल टिप्ने सिजन सुरु हुनै लाग्दा मूल्य बढेकाले किसान भने केहि आसावादी भएका छन् । अहिलेको बजारभाउले बर्षेनी कम मूल्यमा बिक्रि गर्दै आएको अलैंचीले यसपल्ट राम्रो मूल्य पाउछ कि भन्ने केहि आसा पलाएको फालेलुङ–८, का अलैंची किसान रतन बहादुर लिम्बूले बताए ।
कुनै बेला प्रतिमन एक लाख २० हजार रुपैंयाँसम्ममा किनबेच भएको अलैंचीले खोल्सीको कालो सुनको उपमा समेत पाएको थियो । अलैंची पाँचथर सहित छिमेकी जिल्ला तात्लेजुङ र इलामको प्रमुख नगदेबालि हो । कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार पाँचथरमा तीन हजार ४४० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिंदै आएको छ ।
यद्यपी यो बर्ष अलैंचीलाई पानी आवस्यक पर्ने समयमा पर्याप्त बर्षा नहुँदा विभिन्न रोगको संक्रमणका कारण जिल्लामा अलैंची उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।
The post अलैंचीको मूल्य ६ बर्षयताकै उच्च appeared first on sumhatlungtimes.
]]>The post कुम्मायक गाउँपालिकाले बेसार रोप्यो appeared first on sumhatlungtimes.
]]>९ साउन २०८०, पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिकामा किसानलाई वितरण गर्न खरिद गरिएको तर, किसानले लगेर बाँकि रहेको बेसारको बिउँ गाउँपालिका आफैंले रोपेको छ ।
कुम्मायक–३, हात्तिपोखरीमा स्थानीयको २० रोपनी जग्गा लिजमा लिएर गाउँपालिकाले बेसार रोपेको हो । जग्गाधनीलाई बार्षिक १० हजार रुपैंयाँ दिने सम्झौता गरी बेसार रोपण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को स्वीकृत कार्यक्रमबाट बेसारको बिउ खरिद गरेको थियो । मसलाजन्य खेती प्रबद्र्धनका लागि ७५ प्रतिशत अनुदानमा गाउँपालिकाभित्रका कृषकलाई उपलब्ध गराउने गरी बिउ खरिद गरिएको थियो ।
गाउँपालिकाले जारी गरेको सूचना बमोजिम केहि कृषकले २५ प्रतिशत व्यहोरेर बिउ लगेका र बाँकि रहेको बिउ खेर जाने अवस्था आएपछि रोपण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए । पालिकाले ३ लाख ४० हजार ४० रुपैंयाँमा १२० मन बेसार खरिद गरेको थियो ।
रोपिएको बेसारको रेखदेख पालिकाले नै गर्ने पालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । उपाध्यक्ष खड्का सहित जनप्रतिनिधि, पालिकाका कर्मचारी र स्थानीयको सहभागितामा बेसार रोपिएको हो ।
The post कुम्मायक गाउँपालिकाले बेसार रोप्यो appeared first on sumhatlungtimes.
]]>The post सुनको मूल्य अहिलेसम्मकै उच्च appeared first on sumhatlungtimes.
]]>४ साउन २०८०, पाँचथर । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैंयाँमा सुनको कारोबार भइरहेको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
बिहीबार तेजावी सुन १ लाख १३ हजार ५० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी भने प्रतितोला १ हजार ४ सय ९५ रुपैंयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैंयाँले बढेको हो ।
The post सुनको मूल्य अहिलेसम्मकै उच्च appeared first on sumhatlungtimes.
]]>The post पाँचथर जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन appeared first on sumhatlungtimes.
]]>पाँचथर, ३१ असार । जिल्ला क्रिकेट संघ तदर्थ समिति पाँचथर गठन भएको छ। जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले संघको तदर्थ समिति गठन गरेको हो।
सुमन लामाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो। समितिको उपाध्यक्षमा रविन तिम्सिना, सचिव ज्ञानेन्द्र तामाङ र कोषाध्यक्ष बर्षा राई चयन भएका छन्। सदस्यमा दिनेश तिम्सिना, सुजन ओझा, माया कामी, गोमा पोख्रेल, पुनम पुर्कुटी, डिक सिलवाल, शैलेन्द्र पन्धाक र गणेश घिमिरे चयन भएका छन्।
यो सँगै पाँचथरले नेपाल क्रिकेट संघ (क्यान) को सदस्दयता प्राप्तीको बाटो खुलेको छ। अब क्यानबाट पूर्ण सदस्यको मान्यता प्राप्त गर्ने पहिलो लक्ष्य रहेको नव गठित समितिका अध्यक्ष लामाले बताए।
The post पाँचथर जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन appeared first on sumhatlungtimes.
]]>