ÿØÿà JFIF ` ` ÿþ
The post सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने appeared first on sumhatlungtimes.
]]>सन्देश सुब्बा
६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ।
आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।
दौड पूरुष र महिला दुबैतर्फ हुनेछ। पूरुष तर्फको प्रथम, द्वितीय र त्रितीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र दश हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। पूरुष धावकले सुम्हात्लुङ प्राङ्गणदेखि क्याम्पस गेट–आहालगैरी–जोरसाल–पल्लोटार वसपार्क–कालुराम ग्यारेज–फिदिम मावि–ठाडो लाइन–हुलाक लाइन–होटल सरगम ओरालो–जिल्ला प्रहरी कार्यालय–वेल्फेयर उकालो हुँदै सुम्हात्लुङ प्राङ्गणसम्मको ९.५ किलोमिटर दूरी पार गर्नुपर्नेछ।
त्यस्तै महिला तर्फ प्रथम, द्वितीय र त्रितीय हुने धाविकाले क्रमशः नगद १५ हजार, दश हजार र पाँच हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। महिला धाविकाले सुम्हात्लुङ प्राङ्गणदेखि क्याम्पस गेट–आहालगैरी–तुम्देन चोक–पल्लोटार जाने बाटो–विजयबोध लाओतीको घर उकालो–राविसे मन्दिर–नमूना लाइन–तमोरभ्याली गेष्टहाउस–अस्पताल मोड–नगरपालिका उकालो हुँदै सुम्हात्लुङ परिषरसम्मको ५.३ किलोमिटर दूरी पार गर्नुपर्नेछ।
ऐतिहासिक एवम् मुन्धुमीस्थल सुम्जिरी सुम्हात्लुङको प्रचार–प्रसार एवम् पर्यटन प्रबद्र्धनका लागि यहाँ हरेक वर्ष चासोक तङनामको अवसरमा चासोक मेला सँगै सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिँदै आएको छ।
चासोक मेलाको उद्घाटन पुष दश गते हुने आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानका सचिव कमल लाओतीले बताए। मेला अवधीभर या?लाःङ्, केलाःङ् सँगै विभिन्न जाजातिका साँस्कृतिक प्रस्तुती, रैथाने परिकारहरुको प्रदर्शन तथा बिक्री वितरण साथै समाइलो मेला आयोजना हुनेछ।
The post सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने appeared first on sumhatlungtimes.
]]>The post दक्षिण कोरियामा चलचित्र ‘चे’को 15 फेब्रुअरी 2026 मा प्रदर्शन गरिने appeared first on sumhatlungtimes.
]]>काठमाडौँ :चलचित्र ‘चे’ दक्षिण कोरियामा विशेष प्रदर्शन हुनेभएको छ | १५ फेब्रुअरी २०२६ का दिन सौलमा प्रदर्शन गरिने आयोजक समितिका गगन जबेगु ‘खाम्बेक’ले बताए |
चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् भन्ने कथामाथि निर्माण भएओ हो | आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ | विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थल सकिएपछि याक्थुङ समुदायमा चे/लासनै प्रमुख समस्याकोरुपमा उभिएको यथार्थ घटनालाई चित्रण गरिएको छ |
चलचित्र ‘चे’ले याक्थुङ सिने अवार्ड – २०८१, FLF Award – २०२४, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२, बिराट म्युजिक एण्ड फिल्म्स अवार्ड – २०८१, बिशेष चलचित्र पुरस्कार – २०८१ (चलचित्र विकास बोर्ड), NIFF Award UK – 2025 मा उत्कृष्ट अवार्ड तथा पुरस्कार प्राप्त गरेको छ |
याक्थुङ फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा लेखक/निर्देशक/निर्माता सागर केरुङ, छायांकन युबराज राइ, निर्माता इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ, सम्पादन पर्शु थलङ्, ब्याकराउण्ड म्युजिक मोनी ताम्लिङ, कला निर्देशक उदय बेघा, शृङ्गार अमृता जवेगु, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बु, सागर केरुङ, स्वर इन्दु फोम्बो, नोगेन लिम्बु, राजेन्द्र केरुङ, तुलसा लिम्बुको रहेको छ भने सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ,कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्खेवा, तिर्थ मादेम्बा, राजु घिमिरे, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योङया, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा लगायतले अभिनय गरेका छन् |
चलचित्रको ट्रेलर हेरुहोस : https://www.youtube.com/watch?v=fs6GDBKXpw8&t=17s
चलचित्रको गीत सुन्नुहोस: https://www.youtube.com/watch?v=CgMSh-S8icw&list=RDCgMSh-S8icw&start_radio=1
The post दक्षिण कोरियामा चलचित्र ‘चे’को 15 फेब्रुअरी 2026 मा प्रदर्शन गरिने appeared first on sumhatlungtimes.
]]>The post सागर केरुङ लिखित पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न appeared first on sumhatlungtimes.
]]>काठमान्डौ – लिम्बू भाषाको पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न भएको छ | मंगलबार काठमान्डौस्थित किङ स्टुडियोमा रेकर्डिङ भएको हो | सागर केरुङको शब्द, यासेली योङहाङको लय संकलन, निरन्ता नेम्बाङ र सुमन लिम्बूको स्वर रहेको पालामलाइ याम नेयोङहाङ र माया तामाङ लिम्बूले निर्माण गरेका हुन् | ट्रयाजेडी विषयवस्तुमा निर्माण भएको पालामलाइ चाडै नै भिडियो सार्वजानिक गरिने निर्माता माया तामाङले बताइन् |
The post सागर केरुङ लिखित पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न appeared first on sumhatlungtimes.
]]>The post रवि सेर्मा निर्देशित चलचित्र ‘मिम्लेन् फूङ’ धरानमा प्रदर्शन हुने appeared first on sumhatlungtimes.
]]>धरान – लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान ८ : १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो | विहिबार धरानमा याक्थुङ् फिल्म्सद्वारा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक रनवीर लिम्बू ‘रवि सेर्मा’ले जानकारी दिएको हो | याक्थुङ् फिल्म्सद्वारा निर्मित चलचित्र ‘मिम्लेन् फूङ्’ प्रेम, पीडा, सामाजिक कुसंस्कार, आत्म-जागरणको यात्रा, युद्धमा श्रीमान गुमाएकी विधुवाले समाजको हेला, औपनिवेशिक मूल्य–मान्यतासँग जुध्दै, आफ्नो प्रेम र व्यक्तिगत स्वतन्त्रताबीच उभिएर अन्ततः नयाँ पहिचान दिने साहसिक कथामाथि निर्माण गरिएको बताइएको छ |
ताप्लेजुङको बोखिम, कुन्जारी, वरक्पा, काँडे भन्ज्याङ, हेन्छेबुङ, फावाखोला लगायत ऐतिहासिक एवम् रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्रमा कथा/पटकथा/संवाद आशराज बोखिम, निर्देशन रनवीर लिम्बू (रवी सेर्मा), निर्माता आशराज बोखिम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, हरिमाया मादेन, क्यामरा सुमन तामाङ, सम्पादन अनिल कुमार महर्जन, गीत सुवर्ण नेम्बाङ, नेत्र प्रसाद बोखिम, संगीत आशराज बोखिम, स्वर मनु नेम्बाङ, आशराज बोखिम, व्याकराउण्ड म्युजिक अशोक राई, साउण्ड इन्जिनियर मिन विष्ट रहेका छन् भने हरिमाया मादेन, जीवन केदेम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, रेन्सा खेवा लिम्बू, कमिता तुम्बापो, नेत्र बोखिम, मैना बोखिम खोयाहाङ लगायतले अभिनय गरेका छन् |
दुइदशक अघि ‘क्येबा कोक्मा’ जस्ता लोकप्रीय चलचित्र निर्माण गरेका सेर्माका दुइ चलचित्रहरु ‘सेमीफूङ्’ र ‘मिम्लेन् फूङ्’ प्रदर्शनमा आइरहेको छ | https://www.youtube.com/watch?v=-RpUTQpvQ6I&t=7s
The post रवि सेर्मा निर्देशित चलचित्र ‘मिम्लेन् फूङ’ धरानमा प्रदर्शन हुने appeared first on sumhatlungtimes.
]]>The post किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले चासोक तङनाम मनाउने तयारी गर्दै । appeared first on sumhatlungtimes.
]]>०२ डिसेम्बर २०२५ दक्षिण कोरिया
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया याक्थुङ (लिम्बू)हरुको महान पर्व चासोक तङनाम मनाउने तयारीमा जुटेको छ ।
‘हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक हौऔं’ भन्ने नाराकासाथ कियाचु दक्षिण कोरियाले सदाझैं येले तङबे ५०८५ (वि.सं.२०८२) को चासोक तङनाम शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।
दक्षिण कोरियाको सउलमा डिसेम्बर ०७ तारिख आइतबार केन्द्रले मनाउने र अन्य शाखाहरुमा क्रमशः जेजुदो शाखामा २०२५ डिसेम्बर १३ तारिख शनिबार साँझ, बुसान डिसेम्बर २१ तारिख र छल्लानाम्दोमा डिसेम्बर २८ तारिखमा कार्यक्रम गर्ने तयारी रहेको छ ।
विधिवत रुपमा चासोक थिसोक पुजा, शुभकामना आदान प्रदानसँगै याक्थुङ कलाकारहरु पेपराज माबुहाङ, मिथुन तुम्बापो, भीम सागर मादेम्बा, ईन्द्र सम्बाहाम्फे र गायिका मन्दिरा नेम्बाङको साथमा साँस्कृतिक कार्यक्रम हुने कियाचु दक्षिण कोरिया केन्द्रका अध्यक्ष बिनोद सौदेनले बताए ।
विगतको बर्षहरुझैं यस बर्ष पनि आफ्नो भाषा, संस्कृति, कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरू वम्युक, कोदोको जाड (थिः), याङ्बेन, सेलरोटी, फाक्सा (सुँगुरको मासु), चाम्रे लगायत मौलिक खानपिन सहित केलाःङ् (च्याब्रुङ नाच), हाक्पारे, ख्यालि, पालाम, या?लाङ् (धान नाच) प्रस्तुत गरिनेछ ।
दक्षिण कोरियामा रहेका याक्थुङ (लिम्बू) समुदाय तथा गैर याक्थुङ (लिम्बू) नेपालीहरुलाई समेत कार्यक्रममा सहभागि भइदिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका आयोजकले आग्रह संगै निमन्त्रणा गरेको छ ।
The post किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले चासोक तङनाम मनाउने तयारी गर्दै । appeared first on sumhatlungtimes.
]]>The post हिलिहाङ साहित्य महोत्सव सम्पन्न appeared first on sumhatlungtimes.
]]>३ असोज २०८२, पाँचथर। जिल्लाको हिलिहाङ गाउँपालिकास्थित हिलिहाङ दरबार परिसरमा सोमबार हिलिहाङ साहित्य महोत्सव २०८२ सम्पन्न भएको छ।
हिलिहाङ गाउँपालिकाको सहयोग एवम् किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिको संयोजनमा हिलिहाङ फाउण्डेशनले हाङ हिलिहाङको २९९ औं जन्मोत्सवको अवसर पारेर हिलिहाङ साहित्य उत्सवको आयोजना गरेको हो। महोत्सवको अवसर पारेर हिलिहाङ फाउण्डेशनले वरिष्ठ कलाकार, गीतकार तथा मुन्धुमसाबा यासेली योङहाङ र स्रष्टा विद्या निर्दोषी ओझालाई सम्मान–पत्र र नगद सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो। सम्मानितहरुलाई हिलिहाङ फाउण्डेशनका अध्यक्ष हर्क बहादुर योङहाङ र कार्यक्रमका प्रमुख अतिथि, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारीले सम्मान गरेका थिए।
महोत्सवलाई सम्बोधन गर्दै, प्रमुख अतिथि अधिकारीले हिलिहाङको इतिहासलाई संरक्षण गर्दै हिलिहाङ दरबार क्षेत्रलाई पुरातात्विक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा विकास गर्न हिलिहाङ गाउँपालिका लागिपरेको बताए। महोत्सवका मूख्य आकर्षणको रुपमा रहनुभएका यासेली योङहाङले हाङ हिलिहाङको विषयमा थप खोज–अनुसन्धान आवस्यक रहेको उल्लेख गर्दै दरबार क्षेत्रलाई मौलिक रुपमै विकास र प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए।
महोत्सवमा साहित्यकार मनु योङहाङले हिलिहाङ गाउँपालिकाको साहित्यिक इतिहास र सागर केरुङले लोक संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै वक्ताहरु याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जबेगुले मातृभाषा साहित्य विकासको जुक्ति, साहित्यकार तथा राजनैतिक व्यक्तित्व नरेन्द्र कुमार केरुङले साहित्य र राजनीति, पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मी प्रसाद ढुंगानाले शिक्षा र साहित्य त्यस्तै मुक्कुम्लुङ साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले स्रष्टाहरुको आन्दोलन शीर्षकमा वक्तव्य दिएका थिए।
महोत्सवको अतिथि कविको रुपमा कविहरु समदर्शी काइँला, लेकाली कान्छा मुक्कुम, अधिकारी बिमला, उदय अपेक्षा, नरेन्द्रराज केरुङ, पुष्पहाङ लोवा, सन्देश सुब्बा र करिना थलङसँगै हिलिहाङ गाउँपालिकाका दर्जन बढी स्रष्टाहरुले कविता वाचन गरेका थिए। कार्यक्रममा केलाःङ (च्याब्रुङ नाच) र गायिका दीपा सुहाङ त्यस्तै गायक दिनेश योङहाङले साँगीतिक प्रस्तुती दिएका थिए।
हिलिहाङ र ऐतिहासिक हिलिहाङ दरबारबारे प्रचार–प्रसार एवम् पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हिलिहाङ फाउण्डेशनका महासचिव सूर्य योङहाङले बताए। महोत्सव फाउण्डेशनका अध्यक्ष हर्क बहादुर योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
The post हिलिहाङ साहित्य महोत्सव सम्पन्न appeared first on sumhatlungtimes.
]]>The post हिलिहाङ दरबार परिसर साहित्यमय बन्दै appeared first on sumhatlungtimes.
]]>२६ असोज २०८२, पाँचथर। जिल्लाको हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसर आगामी कार्तिक तीन गते साहित्यमय बन्ने भएको छ।
उक्त स्थानमा हिलिहाङ गाउँपालिकाको सहयोग एवम् हिलिहाङ फाउण्डेशनको आयोजनामा हिलिहाङ साहित्य महोत्सव–२०८२ आयोजना हुन लागेको हो। महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ।
कार्यक्रमको प्रमुख आकर्षणको रुपमा वरिष्ठ कलाकार, गीतकार, मुन्धुमका व्याख्याता यासेली योङहाङ रहनेछन्। त्यस्तै लेखक एवम् पूर्वमन्त्री श्रीप्रसाद जबेगु, साहित्यकार राजेन्द्र कुमार जबेगु, नरेन्द्र कुमार केरुङ, पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मी प्रसाद ढुंगाना र मुक्कुम्लुङ साहित्य प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोक तुत्तुतुम्याहाङको रुपमा रहनेछन्।
कार्यक्रममा दुई कार्यपत्र प्रस्तुत हुनेछन्। हिलिहाङका आख्यानकार मनु योङहाङले हिलिहाङको साहित्यिक इतिहास सम्बन्धी र सागर केरुङले लोक संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नेछन्।
त्यस्तै कार्यक्रममा दश अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन समेत हुनेछ। उदयीमान गायिका, हिलिहाङकी छोरी दीपा सुहाङसँगै दिनेश सुहाङको साँगीतिक प्रस्तुतीले कार्यक्रममा थप रौनक थप्ने आयोजकले जनाएको छ।
कार्यक्रमले साहित्यिक, साँस्कृतिक उत्थानमा टेवा पुर्याउनुका साथै लिम्बुवानमा सबैभन्दा अन्तिम समयसम्म अस्तित्वमा रहेका राजा हिलिहाङको दरबार परिषरको पर्यटन प्रबर्द्धन र हिलिहाङबारे थप खोज–अनुसन्धानमा समेत सहयोग पुग्ने आयोजकको भनाई छ।
The post हिलिहाङ दरबार परिसर साहित्यमय बन्दै appeared first on sumhatlungtimes.
]]>The post लिम्बू चलचित्रकर्मिहरुको ‘क्षमता अभिवृद्वि तालिम’ सम्पन्न appeared first on sumhatlungtimes.
]]>काठमान्डौ – लिम्बू चलचित्रकर्मीहरुका लागि एक दिने ‘क्षमता अभिवृद्वि तालिम’ सम्पन्न भएको छ | बुधबार याक्थुङ मुन्चइत् चोक सयङको संघीय कार्यालय ललितपुरमा सम्पन्न भएको हो | याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमितिको आयोजनामा सम्पन्न तालिममा वरिष्ठ चलचित्र निर्देशक नविन सुब्बाद्वारा ‘How to Tell Our Story ?’ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अधिकृत राम मादेनद्वारा ‘Yakthung Perspective on Ancestral Land’, मुन्धुम ज्ञाता यासेली योङहाङद्वारा ‘मुन्धुममा अभिनयकलाको तत्वहरु’, एबिसी टेलिभिजनका पत्रकार अर्जुन मादेनद्वारा ‘How to address the public?’ र २०३८ साल देखि २०४९ साल सम्म लिम्बू भाषा शिक्षण गरेका शिक्षक थाकुहाङ मेरीङद्वारा ‘स्वर वर्ण, व्यञ्जन वर्ण र बाह्रखरी’ को बारेमा तालिम दिइएको अध्यक्ष सागर केरुङले बताए |
The post लिम्बू चलचित्रकर्मिहरुको ‘क्षमता अभिवृद्वि तालिम’ सम्पन्न appeared first on sumhatlungtimes.
]]>The post मृदुल आङबोको शब्दमा ‘सोमिमा ज्यू सेवारो’ गीतको भिडियो सार्वजनिक appeared first on sumhatlungtimes.
]]>८ भदौ २०८२, काठमाडौं। गीतकार तथा साहित्यकार मृदुल आङबोको शब्द रचना रहेको ‘सोमिमा ज्यू सेवारो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
मनोज साङसोन राईको संगीत तथा एरेन्जमा रचना रिमाल र मनोज साङसोन राई स्वयम्को स्वर रहेको गीतको भिडियो ‘स्टुडियो किङ’ युट्युव च्यानलबाट हालै सार्वजनिक गरिएको हो।
सुरेश पायल राई र मनोज साङसोन राई रेकर्डिस्ट, राजु कार्कीको मास्टरिङ, अर्जुन कटुवालको छायाङ्कन, अर्जुन खड्काको सम्पादन रहेको भिडियोको सह–निर्माता राजन आङबो हुन्।
नेपाली लोक प्याटर्नको उक्त गीत सुन्न र हेर्न लायकको रहेको छ।
भिडियो हेर्नुहोस्ः
The post मृदुल आङबोको शब्दमा ‘सोमिमा ज्यू सेवारो’ गीतको भिडियो सार्वजनिक appeared first on sumhatlungtimes.
]]>The post Limbu Film ‘Thethlang’ Premieres on YouTube, Nepali Film ‘Mangani’ Announced appeared first on sumhatlungtimes.
]]>
Kathmandu – The Limbu-language feature film Thethlang has been officially released on Opera Entertainment Nepal’s YouTube channel. The film is based on the widely acclaimed 1993 novel of the same name, written by renowned Sikkimese litterateur Deuman Limbu Hondok. Thethlang, produced in 2018 as the first Limbu feature film from Sikkim, was brought to the screen by singer and music composer Mani Tamling.
The novel Thethlang, which is also part of the curriculum at the undergraduate level in Sikkim, was adapted into screenplay and dialogues by Sagar Kerung, while Kishor Subba directed the film.
Belonging to the love-story genre, the tragic film features songs penned by Sagar Kerung, Dilsing Menyangbo, Yadan Sherma, and Deuman Limbu Hondok, with music composed by Mani Tamling, Kulba Subba, and Raju Angdembe. Vocals were performed by Manu Nembang, Mani Tamling, Sita Singak, Mizira Limbu, Ram Dukhi Angdembe, Bishnu Chemjong, and Yadan Sherma.
The movie was shot across several historical and scenic destinations in Sikkim, including Hee-magaon, Yumang Thegu, and Hee-manghim. Cinematography and editing were handled by Heman Yonjan, color correction by Kiranraj Thapa, background score by Mani Tamling, and choreography by Dinesh Mangmu. The cast includes Bishal Senehang, Divya Limbu, Sagar Kerung, Saran Sawaden, Sukbir Chong, among others.
Following screenings in Sikkim, Nepal, Hong Kong, the UAE, Korea, Dubai, the UK, the US, and other countries, the film has now been made available on YouTube, producer Mani Tamling informed.
After the success of Thethlang, producer Tamling is already preparing for another Nepali feature film. The upcoming project, based on the Limbu cultural practice of Mangni (traditional betrothal), is currently in the scriptwriting phase. Scheduled to begin filming in December across Sikkim and various parts of Nepal, Mangni will be jointly produced by Amlari Films Sikkim and Opera Entertainment Nepal, according to the production team
The post Limbu Film ‘Thethlang’ Premieres on YouTube, Nepali Film ‘Mangani’ Announced appeared first on sumhatlungtimes.
]]>