ÿØÿà JFIF ` ` ÿþ
The post फिदिम–६ मगरगाउँमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता सुरु appeared first on sumhatlungtimes.
]]>२५ पुष २०८२, पाँचथर। को फिदिम नपा–६ सिवा मगरगाउँमा मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ।
लाङ्घाली युवा क्लवले माघ्या सकराटी मेला सँगै आयोजना गरेको प्रतियोगिताको फिदिम नगरपालिका, ६ नं.वडाका वडा अध्यक्ष विपन तुम्रोकले गर्नुभएको थियो। प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पूरुष तर्फको खेलमा आयोजकले नाम्दु एफसीलाई २–० ले पराजीत गर्यो।
त्यस्तै आजै सम्पन्न खेलमा पाथीभरा एफसीले फाकफोकथुम एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजीत गर्यो। त्यस्तै टाइब्रेकरमै साब्राङ एफसीले ठाडे एफसीलाई ३–२ र हाङ्योक एफसीलाई मादिबुङ एफसीलाई ३–२ ले नै हरायो ।
माघ १ गतेसम्म चल्ने प्रतियोगितामा पूरुषतर्फ ३२ टिम र महिलातर्फ ८ टिमको सहभागिता रहेको संयोजक केशव मगरले बताउनुभयो। प्रतियोगिताको पूरुषतर्फको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ३० हजार ३ सय ३३ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। महिलातर्फको विजेताले नगद २० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद १० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दुबै तर्फको वेष्ट किपिङ, वेष्ट डिफेन्स, वेष्ट प्लेयर र हाइस्कोररलाई पनि पुरस्कृत गरिनेछ।
मेला एवम् प्रतियोगिताको उद्घाटन मगर साँस्कृतिक झाँकि सहित गरिएको थियो। सो अवसरमा मगर समुदायको कौडा नृत्य र मगर भेषभूषा समेत प्रदर्शनी गरिएको थियो।
मेला समापन एवम् प्रतियोगिता फाइनलको दिन माघ १ गते नेपाल मगर संघ, फिदिम–६ ले विशेष झाँकि प्रदर्शनी गर्ने साथै मगर जातीको मौलिक परिकार वितरण गरिने नेपाल मगर संघ, फिदिम–६ का अध्यक्ष लोकेन्द्र सारु (सानुकान्छा)ले बताउनुभयो।
मेला तथा प्रतियोगिताको उद्घाटन समारोह लाङ्घाली युवा क्लवका अध्यक्ष सुवास सारुको अध्यक्षतामा सम्पन्न भएको स्थानीय सञ्चारकर्मी शेर बहादुर सारु (रोशन)ले बताउनुभयो।
The post फिदिम–६ मगरगाउँमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता सुरु appeared first on sumhatlungtimes.
]]>The post सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने appeared first on sumhatlungtimes.
]]>सन्देश सुब्बा
६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ।
आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।
दौड पूरुष र महिला दुबैतर्फ हुनेछ। पूरुष तर्फको प्रथम, द्वितीय र त्रितीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र दश हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। पूरुष धावकले सुम्हात्लुङ प्राङ्गणदेखि क्याम्पस गेट–आहालगैरी–जोरसाल–पल्लोटार वसपार्क–कालुराम ग्यारेज–फिदिम मावि–ठाडो लाइन–हुलाक लाइन–होटल सरगम ओरालो–जिल्ला प्रहरी कार्यालय–वेल्फेयर उकालो हुँदै सुम्हात्लुङ प्राङ्गणसम्मको ९.५ किलोमिटर दूरी पार गर्नुपर्नेछ।
त्यस्तै महिला तर्फ प्रथम, द्वितीय र त्रितीय हुने धाविकाले क्रमशः नगद १५ हजार, दश हजार र पाँच हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। महिला धाविकाले सुम्हात्लुङ प्राङ्गणदेखि क्याम्पस गेट–आहालगैरी–तुम्देन चोक–पल्लोटार जाने बाटो–विजयबोध लाओतीको घर उकालो–राविसे मन्दिर–नमूना लाइन–तमोरभ्याली गेष्टहाउस–अस्पताल मोड–नगरपालिका उकालो हुँदै सुम्हात्लुङ परिषरसम्मको ५.३ किलोमिटर दूरी पार गर्नुपर्नेछ।
ऐतिहासिक एवम् मुन्धुमीस्थल सुम्जिरी सुम्हात्लुङको प्रचार–प्रसार एवम् पर्यटन प्रबद्र्धनका लागि यहाँ हरेक वर्ष चासोक तङनामको अवसरमा चासोक मेला सँगै सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिँदै आएको छ।
चासोक मेलाको उद्घाटन पुष दश गते हुने आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानका सचिव कमल लाओतीले बताए। मेला अवधीभर या?लाःङ्, केलाःङ् सँगै विभिन्न जाजातिका साँस्कृतिक प्रस्तुती, रैथाने परिकारहरुको प्रदर्शन तथा बिक्री वितरण साथै समाइलो मेला आयोजना हुनेछ।
The post सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने appeared first on sumhatlungtimes.
]]>The post रानीटारमा तमु ल्हाेछार मैत्री फुटबल प्रतियाेगिता हुने appeared first on sumhatlungtimes.
]]>१ पुष २०८२, पाँचथर। जिल्लाको फिदिम नगरपालिका–८ मा तमु ल्होछारको अवसरमा दोस्रो तमु ल्होछार मैत्री कप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएकाे छ । प्रतियोगिता श्री सिंह सिद्धदेवी डोलो क्लब तथा तमु ल्होछार समारोह समिति को संयुक्त आयोजनामा हुने भएको छ। यस प्रतियोगितामा पुरुष र महिला दुवैतर्फको फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ।
आयोजक समितिका अध्यक्ष जीवन गुरुङ का अनुसार, तमु समुदायको मौलिक पर्व तमु ल्होछारलाई खेलकुद र संस्कृतिसँग जोड्दै स्थानीय तथा बाह्य खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उनले यस प्रतियोगिताले युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।
खेल संयोजक झलक गुरुङ का अनुसार प्रतियोगितामा सहभागी टोलीहरूको लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पुरुष फुटबलतर्फ विजेता टोलीले रु. ६०,११० र उपविजेता टोलीले रु. ३०,१०५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला फुटबलतर्फ प्रथम हुने टोलीले रु. २१,१११ र दोस्रो हुने टोलीले रु. ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताका क्रममा बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट प्लेयर तथा सर्वाधिक गोलकर्ता जस्ता विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
तमु ल्होछारको मुख्य दिन पुस १५ गते फुटबल प्रतियोगिताको फाइनल खेलसँगै नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। नृत्य प्रतियोगितातर्फ प्रथम हुनेले रु. १०,१५० र दोस्रो हुनेले रु. ५,०७५ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
आयोजक समितिका सचिव भविन गुरुङ का अनुसार फुटबल प्रतियोगिता पुस १० गते सुरु भई पुस १५ गते फाइनल खेल आयोजना हुनेछ। प्रतियोगिता श्री सिंह सिद्धदेवी डोलो क्लबको खेलमैदान, फिदिम–८, पाँचथर मा सञ्चालन हुनेछ।
प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका खेलप्रेमी दर्शकलाई प्रतियोगिता अवलोकन र सांस्कृतिक कार्यक्रममा सहभागिताका लागि आयोजकले आमन्त्रण गरेका छन ।
The post रानीटारमा तमु ल्हाेछार मैत्री फुटबल प्रतियाेगिता हुने appeared first on sumhatlungtimes.
]]>The post यसपल्ट फाल्गुनन्द गोल्डकप नहुने appeared first on sumhatlungtimes.
]]>नारायण तुम्बापो
१ पुष २०८२, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा लामो समयदेखि सञ्चालन हुँदै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष आयोजना नहुने भएको छ।
खेल मैदानको स्तरोन्नतिको काम जारी रहेकाले यस वर्ष प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक संस्था फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिनुभएको छ। विभिन्न कारणले करिब ६ वर्षसम्म स्थगित रहेको प्रतियोगिता गत वर्षदेखि ११औँ संस्करणका रूपमा पुनः सञ्चालनमा आएको थियो। तर यस वर्ष फेरि प्रतियोगिता स्थगित गर्नुपर्ने अवस्था आएको अध्यक्ष थापा मगरले बताउनुभयो।
संघीय सरकारको आर्थिक सहयोगमा फिदिम खेल मैदानको स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढिरहेको छ। तारजाली समेत जडान गर्ने गरि पश्चिमतर्फ पर्खाल निर्माण कार्य भइरहेको छ। सोही क्षेत्रमा प्याराफिट समेत निर्माण गरिने जनाइएको छ। साथै मैदानलाई थप खेलाडीमैत्री बनाउन दुबो रोपणको काम समेत गरिने अध्यक्ष थापा मगरले जानकारी दिनुभयो।
उल्लेखित निर्माण कार्य सम्पन्न गर्न जेठ–असारसम्मको समयतालिका रहेकाले यस वर्षको फाल्गुनन्द गोल्डकप प्रतियोगिता प्रभावित भएको हो। आगामी वर्षको हिउँद यामदेखि १२औँ संस्करणका रूपमा प्रतियोगिताले निरन्तरता पाउने अध्यक्ष थापा मगरले विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय विभूति, किरात धर्मगुरु महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको हो। स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता हुने यो प्रतियोगिता पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित छ।
फिदिममा प्रतियोगिता सञ्चालन हुँदा स्थानीय धार्मिक, सांस्कृतिक तथा व्यापारिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने गरेको छ।
The post यसपल्ट फाल्गुनन्द गोल्डकप नहुने appeared first on sumhatlungtimes.
]]>The post मुजोलुङ युवा समाज फिदिम न. पा. ५ चोकमागु द्धारा दोस्रो नकआउट पुरुष/महिला फुटबल खेलाउदै । appeared first on sumhatlungtimes.
]]>फिदिम, पाँचथर १८ असोज २०८२
मुजोलुङ युवा समाज फिदिम न. पा. ५ चोकमागु द्धारा वडा दशै २०८२ को पावन अवसरमा श्री सरस्वती मा.वि फिदिम न.पा. ५ चोकमागुको खेलमैदानमा असोज १८ गते बाट दोस्रो नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता खेलाउने भएको हो ।
पुरस्कार राशि पुरुष तर्फ प्रथम रु ५०,००० हजार (ट्रफि, मेडल र प्रमाण पत्र) दोस्रो रु ३०,००० हजार ( मेडल र प्रमाण पत्र) साथै महिला तर्फ प्रथम रु १५,००० हजार (ट्रफि, मेडल र प्रमाण पत्र) र दोस्रो रु १०,००० हजार ( मेडल र प्रमाण पत्र) रहेको छ । सेमी फाइनल बाट मेन अफ द म्याजको व्यवस्था पनि गरेको छ । उक्त प्रतियोगितामा जम्मा ३२ टिम इन्ट्रि भई सकेको आयोजकले जानकारी दिएको छ ।
खेलका नियमहरु
*खेल टाइसिट आधारमा खेलाउने ।
*खेलाडी संख्या ७+३ हुनु पर्ने ।
*खेल फिपाको नियम अनुसार खेलाउने ।
*खेलाडीहरु बीचमा विवाद भएमा आयोजक र रेफ्रीको निर्णय नै अंतिम निर्णय हुनेछ ।
*खेलाडीले खाने बस्ने व्यवस्था आफै गर्नु पर्नेछ ।
*खेलाडीले जर्सी र बूट अनिवार्य लगाउनु पर्नेछ ।
सम्पर्क ब्यक्तिहरु
रितु तुम्बापो- ९८०९७०३०८७
मौसम तुम्बापो- ९८४३४९३९०३
युगल तुम्बापो- ९८५२६२०२७०
The post मुजोलुङ युवा समाज फिदिम न. पा. ५ चोकमागु द्धारा दोस्रो नकआउट पुरुष/महिला फुटबल खेलाउदै । appeared first on sumhatlungtimes.
]]>The post हिलिहाङ गाउँपालिका कुम्मायक गोल्डकपको च्याम्पियन appeared first on sumhatlungtimes.
]]>५ जेठ २०८२, पाँचथर। छैटौं संस्करणको कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हिलिहाङ गाउँपालिका पाँचथरले जितेको छ।
कुम्मायक गाउँपालिकाको सेवा केन्द्र यासोकमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याङलुङ नगरपालिका तेह्रथुमलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले स्तब्ध पार्दै हिलिहाङले उपाधि उचालेको हो।
पृथ्वी माविको खेलमैदानमा भएको फाइनल खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा हिलिहाङले म्याङलुङ विरुद्ध ५–४ गोलको जित निकाल्दै उपाधि चुमेको हो।
जित सँगै हिलिहाङले नगद १ लाख २५ हजार ५५५ रुपैंयाँ सहित चाँदीको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेतामा सिमित हुन पुगेको म्याङलुङ नगरपालिकाले नगद ७५ हजार ५५५ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
कुम्मायक स्पोर्टिङ क्लवले आयोजना गरेको अन्तर पालिका स्तरीय प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका बाहेक पाँचथरका सात पालिका र तेह्रथुमको म्याङलुङ नगरपालिका गरी आठ पालिकाको सहभागिता रहेको थियो।
The post हिलिहाङ गाउँपालिका कुम्मायक गोल्डकपको च्याम्पियन appeared first on sumhatlungtimes.
]]>The post पाँचथरमा प्रदेश स्तरीय एन्फा रेफ्रिः आधारभूत कोर्ष सुरु appeared first on sumhatlungtimes.
]]>२३ वैशाख २०८२, पाँचथर। सदरमुकाम फिदिममा प्रदेश स्तरीय एन्फा रेफ्रिः आधारभूत कोर्ष सुरु भएको छ।
वैशाख २९ गतेसम्म सञ्चालन हुने एन्फा रेफ्रिः आधारभूत कोर्षको मंगलबार एक कार्यक्रमका बिच फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख काफ्लेले स्वास्थ्य, इज्जत र प्रतिष्ठासँग जोडिएको फुटबल खेललाई मर्यादित बनाउन रेफ्रिको महत्वपूर्ण भूमिका रहने भन्दै कोर्षको सफलताको शुभकामना दिएका थिए।
एन्फा रेफ्रिः आधारभूत कोर्षमा पाँचथरका २२ जना र अन्य विभिन्न जिल्लाका गरी कूल ४३ जनाको सहभागिता रहेको छ। जसमा २ जना महिला रहेका छन्। एक हप्तासम्म चल्ने कोर्ष उतीर्ण गर्नेलाई एन्फा रेफ्रि व्याच प्रदान गरिने जिल्ला फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राईले बताए।
प्रशिक्षार्थीहरुलाई प्राविधिक विषयमा पूर्व फिफा रेफ्रि मधुसुधन खनाल, रोजिन श्रेष्ठ र सचिन अमात्य त्यस्तै शारीरिक सम्बन्धी पूर्व फिफा रेफ्रि सैलेश जोशी र रोजिन श्रेष्ठले प्रशिक्षण दिने आयोजकले जनाएको छ।
The post पाँचथरमा प्रदेश स्तरीय एन्फा रेफ्रिः आधारभूत कोर्ष सुरु appeared first on sumhatlungtimes.
]]>The post फिदिमलाई ७-२ गोलले पराजित गर्दै मिक्लाजुङ भेट्रान्स कपको उपाधी बौद्व भेट्रान्सलाई appeared first on sumhatlungtimes.
]]>रामचन्द्र तामाङ
फिदिम : बाैद्व भेट्रान्स रानीटारले रविमा जारी दोस्रो आमन्त्रित मिक्लाजुङ भेट्रान्स कपकाे उपाधी जितेकाे छ ।
आइतबार पाँचथरकाे मिक्लाजुङ ४ रविमा सम्पन्न खेलमा फिदिम भेट्रान्सलाई ७-२ गाेलकाे फराकिलाे अन्तरले पराजित गर्दै उपाधी जितेकाे हाे ।
प्रतिस्प्रधात्मक खेलकाे २७ मिनेटमा दिनेश गुरुङले पहिलाे गाेल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बाैद्वकाे जितमा दिनेश गुरुङले ४ राजु गुरुङले १ जलकुमार गुरुङले १ र सन्तबिर राईले १ गाेल गरेका थिए । फिदिमकाे तर्फबाट निराजन श्रेष्ठ र सुवाश लिम्बूले १/१ गाेल फर्काएका थिए ।
प्रतियोगिताको विजेता बाैद्व भेट्रान्स रानीटारले नगद ३० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरेकाे छ भने उपबिजेता फिदिमले नगद १० हजार सहित ट्रफि प्राप्त गरेकाे छ ।
शनिबार बाैद्व भेट्रान्सले फाल्गुनन्द भेट्रान्सलाई ८-० गाेलले पराजित गर्दै फाईनलमा पुगेकाे हाे । यस्तै फिदिमले दमक भेट्रानलाई ट्राईब्रेकरमा ३-२ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियाे । प्रतियाेगितामा ६ टिमकाे सहभागिता रहेकाे आयाेजकले जानकारी दिएकाे छ ।
The post फिदिमलाई ७-२ गोलले पराजित गर्दै मिक्लाजुङ भेट्रान्स कपको उपाधी बौद्व भेट्रान्सलाई appeared first on sumhatlungtimes.
]]>The post फाल्गुनन्द भेट्रानलाई ८-० गाेलले पराजित गर्दै बाैद्व भेट्रान क्लब फाइनलमा प्रवेश appeared first on sumhatlungtimes.
]]>रामचन्द्र तामाङ
फिदिम : बाैद्व भेट्रान पाँचथरको रविमा जारी दोस्रो आमन्त्रित मिक्लाजुङ भेट्रान कपकाे फाइनलमा प्रवेश गरेकाे छ । शनिबार फाल्गुनन्द भेट्रानलाई ८-० गाेलले पराजित गर्दै बाैद्व भेट्रान फाईनलमा पुगेकाे हाे । अव फाईनलमा पाँचथरका दुई टोली बौद्ध भेट्रान क्लब र फिदिम भेट्रान क्लबले खेल्ने भएका छन् ।
फिदिमले ट्राईब्रेकरमा ३-२ गोलले दमक भेट्रान क्लब झापालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हाे ।
प्रतियाेगिता मिक्लाजुङ गाउँपालिकाकाे रवि बजारमा रहेकाे खेलमैदानमा सञ्चालन भइरहेकाे छ । ६ टिमकाे सहभागिता रहेकाे प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छन् भने उपविजेताले नगद १० हजार सहित ट्रफि पाउनेछन् । फाइनल खेल आइतबार हुनेछ ।
The post फाल्गुनन्द भेट्रानलाई ८-० गाेलले पराजित गर्दै बाैद्व भेट्रान क्लब फाइनलमा प्रवेश appeared first on sumhatlungtimes.
]]>The post सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिका भोजपुरलाई appeared first on sumhatlungtimes.
]]>नरेन्द्र कश्चित
१७ चैत्र २०८१, धनकुटा। धनकुटाको सहिदभूमि गाउँपालिका–१ घंघरुमा पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्त्तरपालिका स्तरीय खुुल्ला पुरुष भलिबल प्रतियोगिता भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ।
सहिदभूमि गाउँपालिका–१ को घंघरुमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले मोरङको बेलवारी नगरपालिकालाई २५–१८, २५–२१, २२–२५ र २५–२१ को सेटमा हराउँदै विजेता बनेको हो। विजेता षडानन्द नगरपालिका भोजपुरले उपाधिसँगै नगद १ लाख २१ हजार रुपैंयाँ हात पारेको छ। उपविजेता बेलवारी नगरपालिका मोरङले नगद ६५ हजार रुपैंयाँ प्राप्त गरेको छ ।
विजेता हुने षडानन्द नगरपालिका भोजपुरलाई समापन समारोहका प्रमुख अतिथि सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले पुरस्कार वितरण गरेका थिए। चैत्र १३ गतेदेखि शुुरु भएको पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्त्तरपालिका स्तरीय खुुल्ला पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित हतुवा गढी गाउँपालिका भोजपुर, षडानन्द नगरपालिका भोजपुर, बेलबारी नगरपालिका मोरङ, साँगुरीगढी गाउँपालिका धनकुटा र छथर जोरपाटी गाउँपालिका धनकुटा गरी ६ टिमको सहभागिता रहेको थियो।
२०५७ सालमा तत्कालीन माओवादीसँगको भिडन्तमा कालिकोटको कोडबडा कुमालगाउँमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झानामा २०७६ सालबाट ट्रस्ट स्थापना गरी पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिदै आएको छ।
The post सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिका भोजपुरलाई appeared first on sumhatlungtimes.
]]>