ÿØÿà JFIF  ` ` ÿþš बिचार/ब्लग Archives - sumhatlungtimes https://sumhatlungtimes.com/details/category/बिचार-ब्लग Mon, 15 Sep 2025 14:33:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 https://sumhatlungtimes.com/wp-content/uploads/2023/07/cropped-cropped-sumhatlung-times-logo-scaled-1-32x32.jpg बिचार/ब्लग Archives - sumhatlungtimes https://sumhatlungtimes.com/details/category/बिचार-ब्लग 32 32 221513686 खरानीबाट नयाँ आयामकासाथ उठ्नुपर्छ प्रहरी https://sumhatlungtimes.com/details/2025/4556 https://sumhatlungtimes.com/details/2025/4556#respond Mon, 15 Sep 2025 14:33:46 +0000 https://sumhatlungtimes.com/?p=4556 सुजता लिम्बू ३० भदौ २०८२, विराटनगर। ड्रेस छैन, भवन छैन। तर विषम परिस्थितिमा पनि प्रहरी जवानहरूले आफ्नो ऊर्जा र कर्तव्यपरायणतालाई कहिल्यै खस्कन दिएनन्। कति साथीहरू आँखा अगाडि ढले, जनतालाई सुरक्षा दिने घरहरू जले। तर पनि उनीहरूको आत्मबल खस्किएन। व्यक्तिगत दुःख,…

The post खरानीबाट नयाँ आयामकासाथ उठ्नुपर्छ प्रहरी appeared first on sumhatlungtimes.

]]>

सुजता लिम्बू
३० भदौ २०८२, विराटनगर। ड्रेस छैन, भवन छैन। तर विषम परिस्थितिमा पनि प्रहरी जवानहरूले आफ्नो ऊर्जा र कर्तव्यपरायणतालाई कहिल्यै खस्कन दिएनन्।

कति साथीहरू आँखा अगाडि ढले, जनतालाई सुरक्षा दिने घरहरू जले। तर पनि उनीहरूको आत्मबल खस्किएन। व्यक्तिगत दुःख, पारिवारिक जिम्मेवारी र समाजबाट आउने नकारात्मक धारणासँग जुध्दै पनि उनीहरू अडिग छन्। उनीहरु भन्छन्, ‘प्रहरीको जीवन त्यस्तै हो।’

आन्तरिक संघर्ष र बाह्य दबाब सँगसँगै आउँछ, तर संगठनप्रतिको निष्ठा र जनताको सेवाप्रतिको दृढ संकल्पले उनीहरूलाई निरन्तर अघि बढाइरहेको छ। आन्दोलन पछि काममा फर्किएका एक प्रहरी जवान भन्छन्, ‘खरानीमाथि नयाँ आयामसहित प्रहरी उठोस्, समाजले फरक दृष्टिकोणले हेरोस्।’

आन्दोलनपछि सडकको किनारमा ड्युटीमा उभिएका सहायक हवल्दार मनमा देश सेवाको गहिरो भावना छ, तर समाजबाट उचित सम्मान र बुझाइको अपेक्षा रहेको बताउँछन्।

बिरामी आमा–बाबुको जिम्मेवारी बोकेर, बर्दीभित्र हजारौं सपना साँचेका जवानहरू अझै पनि दिनरात जनताको सुरक्षाका लागि तत्पर छन्। एक जना जवान भन्छन् ‘हिजोको चुनौती हार थिएन, बरु प्रहरी र देशको महत्व बुझाउने अग्निपरीक्षा थियो।’

प्रहरीले जनताको सुरक्षाका लागि कदम चाल्छ। कहिलेकाहीँ ‘अपराधी’ को उपनाम दिइन्छ, वा ‘हात छोड्यो’ भन्ने आरोप लगाइन्छ। उनी भन्छन् ‘हाम्रो उद्देश्य सधैं जनताको रक्षा नै हो।’

यस्ता कठिन परिस्थितिमा कमान्डर र सहकर्मीबाट पाएको गर्विलो साथले हौसला अझ बढेको बाउँछन्।

त्यही छेवैमा उभिएकी एक जवान हाँस्दै भन्छन, ‘आमाको फोन थियो।’ लामो सुस्केरा हाल्दै सुनाउँछिन, ‘आमाको दुखेको मन सम्हाल्छौं, तर अहिले विभाग दुखेको छ, तर फेरि उठ्नु छ’ नयाँ तरिकाबाट उठ्नु जरुरी रहेको सुनाउँछिन।

विभागले प्रहरी हुनुको गौरव दिएको र त्यसैले पनि पवित्र संगठनलाई अझ पवित्र बनाउन तत्पर रहनुपर्ने जिम्मेवार आएको उनीहरूको भनाइ छ।

प्रहरी जवानहरूको एउटै आवाज छ– अब खरानीमाथि नयाँ आयामसहित प्रहरी उठ्नुपर्छ। प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ। समाजले प्रहरीको त्याग, अनुशासन र समर्पणलाई बुझ्न जरुरी छ। प्रहरीले आत्मसम्मानका साथ कर्तव्य पूरा गर्न पाउनुपर्छ, र समाजले उनीहरूलाई त्यही सम्मानका साथ हेर्नुपर्छ।

एक प्रहरी अधिकृत भन्छन्, ‘समाजले जसरी प्रहरीलाई मानवताको अन्तिम विन्दु भन्दा तल राखेर व्यवहार गरेको छ, त्यसले प्रत्येक स्वाभिमानी प्रहरी कर्मचारीको मनोबलमा पक्कै ठेस लागेको छ ! ठेस लागेको हो, तर ढलेको छैनौं, हामी उठ्ने छौँ, अझै बलियो भएर ।’

The post खरानीबाट नयाँ आयामकासाथ उठ्नुपर्छ प्रहरी appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4556/feed 0 4556
‘फरकलाई स्वीकारौं’ भन्ने राजन मुकारुङलाई योङहाङले चिट्ठी लेख्दै भने– ‘साँच्चै थाक्नुभएको हो ?’ https://sumhatlungtimes.com/details/2025/4452 https://sumhatlungtimes.com/details/2025/4452#respond Wed, 20 Aug 2025 01:52:30 +0000 https://sumhatlungtimes.com/?p=4452 राजन मुकारुङ दाजु, सवारो ! तपाईंले गीतमा भन्नु भएको जस्तै– “सेवान्ने भन्छु, सुन्नुहुन्न” तर फेरि पनि भन्छु– मेरो दाजु सेवारो। हिजोको तपाईंको पोस्ट पढेपछि शुभचिन्तकको हैसियतले केही कुरा पोख्न मन लाग्यो। मैले देखेको राजन दाई वास्तवमै बाघ हुन्, थकान भन्ने…

The post ‘फरकलाई स्वीकारौं’ भन्ने राजन मुकारुङलाई योङहाङले चिट्ठी लेख्दै भने– ‘साँच्चै थाक्नुभएको हो ?’ appeared first on sumhatlungtimes.

]]>

राजन मुकारुङ दाजु, सवारो !
तपाईंले गीतमा भन्नु भएको जस्तै– “सेवान्ने भन्छु, सुन्नुहुन्न”
तर फेरि पनि भन्छु– मेरो दाजु सेवारो।

हिजोको तपाईंको पोस्ट पढेपछि शुभचिन्तकको हैसियतले केही कुरा पोख्न मन लाग्यो। मैले देखेको राजन दाई वास्तवमै बाघ हुन्, थकान भन्ने शब्द तपाईंको शब्दकोषमै नरहेको व्यक्तित्व। बागी, प्रष्टवक्ता र हाम्रो पुस्ताका लागि प्रेरणाको स्रोत। व्यक्तिगत रूपमा मैले धेरै कुरा तपाईंबाट सिकेको छु। तपाईं त पहिचान–आन्दोलनमा ननिभ्ने दीयो हो। तर पछिल्ला दिनहरूमा तपाईंको ‘मृत्यु चिन्तन’देखि लिएर हिजोसम्मको पोस्टमा आएको निरासाभावले तपाईं कसरी खङ्ग्रङ्गै हुनुभयो भन्ने प्रश्नले सोचमग्न बनाएको छ।

तपाईंले भन्नु भएको “फरक छ भने फरकलाई स्वीकार गरौँ” भन्ने कुरा सुन्नमा सरल लाग्छ। तर यो पोस्टमोर्डनिस्ट तर्क आन्दोलनका दृष्टिले खतरनाक मोडतर्फ लगिरहेको छ। किनभने वर्गीय मुद्धालाई बेवास्ता गरेर केवल “नश्ल बोध” वा “फरक स्वीकृति”मा केन्द्रित राजनीति अन्ततः आन्दोलनलाई कमजोर बनाउने खेल मात्र हो। उदाहरणका लागि, उपेन्द्र सुब्बाले मिरुना प्रकरणमा दिनुभएको पहिचान सम्बन्धि अभिव्यक्ति वा हालै “लिम्बूहरू कहिले पो मिलेका थिए र ?” भन्ने भनाईले– आन्दोलनलाई सिर्जनशील अराजकताभन्दा बढी नश्लीय विभाजनमा अल्झाउने काम गरेको देखिन्छ।

नेपालमा अहिले देखिएको राई–लिम्बूबीचको “लिपि विवाद” नै प्रधान मुद्धा होइन। वास्तविक मुद्धा त राज्यसत्ताले सदियौँदेखि आदिवासीलाई भूमिहीन, शोषित र वञ्चित बनाएको संरचनागत अवस्था हो। तर तपाईंले सुरु गर्नुभएको “आदिवासी लेखक संघ” समेत वर्गीय मुद्धालाई प्राथमिकतामा राख्नुको साटो जातीयताको क्लष्टर–गन्ध ज्यादा बोकेर आएको देखिन्छ। यसरी जातीयतामा मात्र सीमित हुनु त सत्ताधारीहरूको Divide And Rule नीतिको निरन्तरता जस्तो लाग्छ। कतै ‘आदिवासी आवरण’ पनि हिटलरको आर्य–सर्वश्रेष्ठताको पथमा त छैन भन्ने शंकाको सुविधा पछिल्ला गतिविधिहरुले दिएको छ।

आजको विश्वमा प्रश्न के हो भने, Exonym स्वीकार गर्ने कि Endonym अपनाउने ? यहीँमा विवाद अड्किएको छ। तर संसारभर आदिवासी र उपनिवेशीकृत समुदायहरू अहिले Decolonization को वकालत गरिरहेका छन्। तपाईं त झन् हामीलाई बारम्बार Maya Angelou र Chinua Achebe पढाइरहनुहुने व्यक्तित्व। त्यसैले अझ अचम्म लाग्छ, कसरी तपाईं अहिले लिम्बू–राईमै समस्या देखेर, सत्ताले सिर्जना गरेको False Consciousness नै हामीमाथि थोपर्न खोज्दै हुनुहुन्छ ?

“फरकलाई फरकमै छोड्ने” भन्ने पोस्टमोर्डनिस्ट तर्क अन्ततः नश्लीय विभाजनलाई मजबुत बनाउने उपकरण मात्र हो। तर संसारभरका आदिवासीहरूको साझा पीडा एउटै छ– भूमि खोसिनु, श्रम लुटिनु, आवाज दबिनु। फरक त केवल पात्र र लोकेसनका नाम मात्र हुन्। तर हामी भने पात्रको नाममै अल्झिरहेका छौँ। यदि हामीलाई Decolonization स्वीकार्य छ भने अबको बाटो Endonym नै हो। सधैँ एकल नश्लवादी सत्तालाई प्रश्न गरिरहने तपाईं कसरी Exonym मोहमा पर्नु भएको छ, यो बुझिनसक्नुको छ।

तपाईंले मुन्दुम÷मुन्धुमका कस्मोजेनिक विषयका आधारमा राई र लिम्बू अलग्गै देख्नुभयो। तर वैज्ञानिक दृष्टिले हेर्दा, राई र लिम्बूबीचको Y-DNA Haplogroup D-M174 र O3-M122 ले साझा जेनेटिक पृष्ठभूमि देखाउँछ। लिपि वा विश्वासको आधारमा विभाजन गर्नु त अझ अवैज्ञानिक हुन्छ। हाम्रो विश्वास, लिपि र वर्गीकरण समय–समयमा हामीले नै बनाएका र बदलिएका हुन्। त्यसलाई स्थिर सत्य ठान्नु वा त्यसकै आधारमा विभाजन गर्नु इतिहास र विज्ञान दुबैको विरोध हो।

लिपिबारे अर्को कुरा– संसारमा सयौँ भाषा छन्, जसको आफ्नै लिपि छैन। भाषा अस्तित्वमा रहन लिपि अनिवार्य हुँदैन। नेपाली हामी देवनागरीमा लेख्छौँ, अंग्रेजी Roman मा। इतिहासकार थ्गYuval Noah Harari ले लेखेझैँ लिपिको आविष्कार सौन्दर्यका लागि होइन, प्रशासनिक रेकर्ड राख्न (Memory overload हल गर्न) का लागि भएको हो। त्यसैले सिरिजंगा लिपि प्रयोग नगरे पनि राई भाषाले जीवन्तता गुमाएको छैन, देवनागरीमै लेखेर चलेको छ। सिरिजंगा लिपि अरू भाषामा व्यवहारिक छ वा छैन, यो भाषाविज्ञहरूको बहसको विषय हो, राजनीतिक हतियार बनाइनु गलत हो।

दाई !
समाधान केवल “फरकलाई स्वीकार्ने” होइन, वर्गीय एकता निर्माण गर्ने हो। लिपि साँस्कृतिक सम्पदा हो, तर लिम्बूहरूको मात्र पेवा होइन। यसलाई अझ सर्वजनमुखी बनाउन सकिन्छ कि सकिँदैन, यो भाषाविज्ञहरूले निर्णय गर्ने कुरा हो। हाम्रो काम भनेको साझा पीडा सम्झनु हो– भूमिहीनता, शोषण र वञ्चना।

साँचो संघर्ष त्यहीँ विरुद्ध हो– जसले हाम्रो भूमि खोस्यो, हाम्रो श्रम लुट्यो भन्ने लाग्छ।
के साँच्चै थाक्नु भएको हो र दाइ ?
धेरै बोलेँ कि दाजु गल्ती भए क्षमा चाहन्छु।
तपाईँलाई धेरै सम्झना छ।
सेवारो

तपाईंको शुभचिन्तक
बलिन्द्र योङहाङ चोङ
फरक आयाम/सम्भव समूह
हाल चैं परदेशी, द.कोरिया
२० अगस्ट २०२५

(प्रस्तुत सामग्री बलिन्द्र योङहाङको फेसबुकबाट जस्ताको तस्तै लिईएको हो। सं.)

नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा विभाग प्रमुख राजन मुकारुङले आफ्नो फेसबुक वालमा गरेको पोष्ट हेर्नुहोस्ः

The post ‘फरकलाई स्वीकारौं’ भन्ने राजन मुकारुङलाई योङहाङले चिट्ठी लेख्दै भने– ‘साँच्चै थाक्नुभएको हो ?’ appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4452/feed 0 4452
सम्पादकीय: सामाजिक न्याय सहितको व्यवसायिक पत्रकारिता हाम्रो प्रतिबद्धता https://sumhatlungtimes.com/details/2025/4248 https://sumhatlungtimes.com/details/2025/4248#respond Thu, 17 Jul 2025 02:38:03 +0000 https://sumhatlungtimes.com/?p=4248 १ साउन २०८२, पाँचथर। १९५८ (वि.सं.) गोरखापत्रको प्रकाशनसँगै सुरु भएको नेपाली पत्रकारिताको इतिहास १२४ वर्ष पुरानो छ । यद्यपि वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्तीपछि मात्र नेपाली पत्रकारिताको आधुनिक विकासक्रम सुरु भएको मानिन्छ । सात सालको राजनीतिक परिवर्तपछि सरकारी स्वामित्वभन्दा बाहिर…

The post सम्पादकीय: सामाजिक न्याय सहितको व्यवसायिक पत्रकारिता हाम्रो प्रतिबद्धता appeared first on sumhatlungtimes.

]]>

१ साउन २०८२, पाँचथर। १९५८ (वि.सं.) गोरखापत्रको प्रकाशनसँगै सुरु भएको नेपाली पत्रकारिताको इतिहास १२४ वर्ष पुरानो छ । यद्यपि वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्तीपछि मात्र नेपाली पत्रकारिताको आधुनिक विकासक्रम सुरु भएको मानिन्छ । सात सालको राजनीतिक परिवर्तपछि सरकारी स्वामित्वभन्दा बाहिर नागरिकस्तरबाट पत्रकारिताको अभ्यास सुरु भए तापनि वि.सं. २०१७ को ‘कू’ पछि तीस वर्षे पञ्चायतकालीन कालरात्रीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुग्यो । वि.सं. २०४६ को परिवर्तनपछि व्यवसायिक पत्रकारिताको विकासले ठूलो छलाङ् मार्याे ।

नेपाली पत्रकारिता आज फराकिलो आयाममा अघि बढिरहेको छ । ‘छापा’बाट ‘डिजिटल’सम्म पुगेको छ । नेपाल टेलिभिजनको नियमित प्रशारण वि.सं. २०४२ हुँदै अघि बढेको विद्युतीय पत्रकारिताको विकास आज अनलाइन सञ्चार माध्यमसम्म आइपुग्दा नेपाली पत्रकारिताको शैली र स्वरुपमा ठूलो परिवर्तन आएको छ । हामी एआइ (AI) Artificial Intelligence अर्थात् कृतिम बुद्धिमताको युगमा आइपुगेका छौं । प्रविधिले उपलब्ध गराएको सुबिधाले सहज वातावरण सिर्जना गरेको छ र उति नै अप्ठ्याराहरु पनि थपेको छ । त्यसैले आजको पत्रकारितामा अवसरसँगै चुनौतीको चाङ् पनि छ ।

अनलाइन सञ्चार माध्यमको रुपमा सुम्हात्लुङ टाइम्सले यात्रा प्रारम्भ गरेको दुई वर्ष पूरा भएछ । यो आरोह–अवरोहमा हामीले थुप्रै तीता–मीठा मात्र होइन रोमाञ्चक अनुभूति पनि संगाल्यौं । अनलाइन पत्रकारिताको यो दुई वर्षे अवधीले हामीलाई धेरै कुरा सिकायो । जुन हाम्रो निम्ति उत्साहप्रद छ । हामीले हाम्रो अनलाइन न्यूज पोर्टल धधध।कगmजबतगिलनतष्mभक।अयm संगै अफिसियल युट्युव च्यानल र फेसबुक पेज मार्फत् समाचार, विचार र अन्य सञ्चार सामग्री उत्पादन एवम् प्रकाशन–प्रसारण गर्दै आएका छौं । खासगरी ओझेलमा परेका र पारिएका, अनि ठूला भनिएका सञ्चारमाध्यमको दृष्टि नपुगेका अथवा प्राथमिकतामा नपरेका विषय र शन्दर्भ हामीले प्राथमिकतामा राख्दै आएका छौं ।

कुनै पनि सञ्चार गृह आफैंमा एक प्रतिपक्षी हो । सञ्चार गृहले सधैं प्रतिपक्षको भूमिकामा आफूलाई उभ्याउनुपर्छ भन्ने विश्वव्यापी मान्यता रहिआएको छ । सुम्हात्लुङ टाइम्स यहीँ मान्यतालाई आत्मसात गरेर अघि बढिरहेको छ र बढ्नेछ । सत्ता र शक्तिको आडमा त्यसैको पछि दगुर्ने प्रवृत्तिको पत्रकारिताले सामाजिक न्याय सहितको व्यवसायिक पत्रकारिताको मूल्यबोध गराउन सक्दैन भन्नेमा हामी स्पष्ट छौं । पत्रकारितामा आलोचनात्मक चेत म¥यो भने त्यो मुर्दा पत्रकारिता हुन्छ । त्यस्तो पत्रकारिताले सिमित संस्था वा व्यक्तिलाई खुसी त बनाउछ, तर समाजमा चेतना प्रवाह गर्न सक्दैन, सामाजिक न्यायको निम्ति पैरवी गर्न सक्दैन र अग्रगामी रुपान्तरणको महान यात्रामा आफूलाई समाहित गरेर गर्वानुभूति गर्ने अवसरबाट बञ्चित हुन्छ । यसो र फेरि पत्रकारिता अराजकताको पराकाष्ठा पनि होइन । प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रताको नाममा आचार संहिता, पत्रकारिताको सिद्धान्त, मूल्य–मान्यतालाई धुलीसात पार्ने हर्कतको सुम्हात्लुङ टाइम्स सधैं भत्र्सना गर्दछ । कुनै पनि बहानामा स्वतन्त्र प्रेसमाथि हुने प्रहार र पत्रकारिताकै खोल ओढेर पत्रकारितालाई नै बद्नाम गर्ने किसिमका क्रियाकलाप निन्दनीय विषय हुन् ।

दुई वर्षे यात्रामा सुम्हात्लुङ टाइम्सले थुप्रै घुम्ति र कुइनेटाहरु पार ग¥यो । पाँचथरको फिदिमबाट सामुदायिक पत्रकारिताको आवाज बोकेर अनलाइ एवम् डिजिटल माध्यमबाट विश्वभरी पुग्ने हाम्रो ध्येय छँदैछ । यो छोंटो अवधीमा हामीले वैकल्पिक सञ्चारको सिद्धान्तलाई आत्मसात गर्ने प्रयास ग¥यौं । जो आगतमा पनि गर्नेछौं । यो प्रयासले केवल सूचना दिने मात्र नभइ चेतना निर्माण, नागरिक शसक्तिकरण र संवादमा कहीं न कहीं, कतै न कतै योगदान पुग्यो भन्ने हामीले विश्वास लिएका छौं ।

दोस्रो वर्षगाँठको शन्दर्भमा हाम्रा प्रिय पाठक तथा श्रोता, विज्ञापनदाता, सुभचिन्तक एवम् श्रद्धेय लेखकवर्गप्रति हार्दिक आभार व्यक्त गर्दछौं । यस अवसरमा प्रकाशित सुम्हात्लुङ टाइम्स (विशेषाङ्क–२) तपाईंलाई स–प्रेम समर्पण गर्दछौं । ०

The post सम्पादकीय: सामाजिक न्याय सहितको व्यवसायिक पत्रकारिता हाम्रो प्रतिबद्धता appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4248/feed 0 4248
सिसेःक्पा तङनामको भ्रम र यथार्थता https://sumhatlungtimes.com/details/2025/4245 https://sumhatlungtimes.com/details/2025/4245#respond Thu, 17 Jul 2025 01:23:44 +0000 https://sumhatlungtimes.com/?p=4245 – मधुराज केरुङ १.पृष्ठभूमि १ साउन २०८२, पाँचथर। लिम्बुहरूले आफूलाई याक्थुङ् भनेर चिनाउँछन् । याक्थुङ भनेको स्वनाम हो भने लिम्बू परनाम पहिचान हो । विशेष गरी उनीहरूका साँस्कारिक कार्यहरूमा माङजिरी माङयाक्थुङसा अर्थात् खस भाषामा देवताका सन्तान र सुसुवेङ लालावेङ वा…

The post सिसेःक्पा तङनामको भ्रम र यथार्थता appeared first on sumhatlungtimes.

]]>

– मधुराज केरुङ

१.पृष्ठभूमि
१ साउन २०८२, पाँचथर। लिम्बुहरूले आफूलाई याक्थुङ् भनेर चिनाउँछन् । याक्थुङ भनेको स्वनाम हो भने लिम्बू परनाम पहिचान हो । विशेष गरी उनीहरूका साँस्कारिक कार्यहरूमा माङजिरी माङयाक्थुङसा अर्थात् खस भाषामा देवताका सन्तान र सुसुवेङ लालावेङ वा सुसुवा लिलिम याक्थुङ : सा सुसुवा लिलिमका सन्तान भनेर आफूलाई पुकार्छन् (माबुहाङ, २०६९ : १) । उनीहरू याक्थुङ भूमिमा थातथलो भएका सर्वप्राचीन जाति हुन् । मुन्धुम अनुसार उत्तरमा साया मुदेन् (चीन–तिब्बत), दक्षिणमा तेमेन वलङ (भारतवर्ष), पूर्वमा सुम्रोती उम्रोती (ब्रह्मपुत्र), र पश्चिममा थोसु वरुम्मा परुम्माओनु, योसु पारामावा ककामावा (माथि अरूणदेखि तल कोसी), सम्म पुष्टि हुन्छ (तुम्याहाङ, २०७४ : २९) । उनीहरू आफूले बोल्ने भाषालाई याक्थुङ पान भन्ने गर्छन् । यो भाषा भोट–बर्मेली परिवारको पूर्वीय शाखा अन्तर्गत बोडिक उपशाखाको हिमाली वर्गको पूर्वी किराँती भाषा हो (काइँला, २०६७ : १०) । यस जातिको आफ्नै समृद्ध लिपि छ, यसलाई किरात सिरिजङ्गा लिपि भनिन्छ । आफ्नै मौलिक जीवनदर्शन छ यसलाई मुन्धुम भनिन्छ । मुन्धुमले मार्गनिर्देशन गरे अनुरुप आफ्नो सम्पूर्ण संस्कृति र कर्मकाण्डहरु सम्पन्न गर्ने गर्छन् । यस जातिको टेरिटोरी पूर्वी लिम्बुवानको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्थुम आदि जिल्लाहरु हुन् । यस ठाउँहरु बाहेक अन्यत्र काठमाडौं उपत्यका, चितवान, भारतको सिक्किम, दार्जिलिङ र युरोपका विभिन्न ठाउँहरुमा छरिएर बसेका छन् । यी जातिको आफ्नो फरक मूल्यमान्यता, आस्था, विश्वास, आदर्श, जीवनशैली, समाजव्यवस्था, मनोविज्ञान, अर्थप्रणाली र वैश्विक दृष्टिकोण रहेको छ । प्रकृतिपूजक भनेर चिनिने यस जातिको ऋतु परिवर्तनसँग सम्बद्ध विभिन्न मौलिक चार्डपर्वहरु छन् । यी जातिले कक्फेवा तङनाम, याक्वा तङनाम, सिसेःक्पा तङनाम, वालिहाङ तङनाम, चासोक् तङनाम आदि मौलिक चार्डपर्वहरु मनाउने गर्छन् । यस आलेखमा अन्य चाडपर्वहरुको बारेमा थाति राखेर सिसेःक्पा तङनामको बारेमा मात्र चर्चा गर्ने प्रयत्न गरिएको छ ।

२.सिसेःक्पा तङनाम लिम्बू जातिको मौलिक चार्ड हो कि होइन ?
सिसेःक्पा तङनाम लिम्बू जातिको मौलिक पर्व हो कि होइन भन्ने विषयमा थुप्रै मत मतान्तरहरु देखिएका छन् । विषेश गरेर नेम्बाङ (सन् २०१५) को पृष्ठ २०–२३ मा साउने सङ्क्रान्ति मौलिक चार्ड नभएर हिन्दू पर्व नै हो भनेर ठोकुवा गरेका छन् । उनले गोविन्द्रप्रसाद सापकोटा, कान्तिपुर दैनिक, १०, जुलाई, १९९३ लाई उदृत गर्दे लेख्छन् “साउने सङ्क्रान्तिमा श्रीसत्यनारायणको व्रत लिने, कण्डारक राक्षसको पूजा गर्ने र संस्कृतमा मन्त्रोच्चारण गर्ने जुन कार्य गरिन्छ, त्यो विशुद्ध हिन्दू धार्मिक संस्कार हो । यसबाट साउने सङ्क्रान्ति लिम्बू चाड नभई हिन्दू पर्व नै भएको पुष्टि हुन्छ” । नेम्बाङको यस तर्क कुनै गतिलो तथ्यमा आधारित देखिदैंन । उनले जम्माजम्मी गोविन्द्रप्रसाद सापकोटाको लेखको आधारमा आफ्नो दलिल पेस गरेका छन् । लिम्बू जातिको सिसेःक्पा तङनामलाई हिन्दूवादी साउने सङ्क्रान्तिको आधारमा प्रष्ट्याउने प्रयास गरेका छन् । नेम्बाङको अन्टोलजी नै हिन्दूकृत भएको देखिन्छ । कतिपय चार्डपर्वहरु एउटै समय र मितिमा पर्नु सुखद संयोग मात्रै हो । नेम्बाङले अरु कुनै बैज्ञानिक आधार उल्लेख गरेका छैनन् ।

सिसेःक्पा तङनाम लिम्बू जातिको मौलिक चार्ड होइन भन्ने अर्काजना दिलेन्द्र कुरुम्बाङका तर्क छ “यो चार्ड पूरै हिन्दू क्यालेन्डर र तिथिमितिको आधारमा छ । हिन्दूहरुले आफ्नै देवीदेवताको पूजा आराधना गर्छन् । यस चार्डमा हाम्रो कुनै देवी देवताको पूजापाठ नगरिनुले अरुकै पर्वलाई स्वीकार गरेका मात्र हुन्” (भेटघाटको छलफलमा) । कुरुम्बाङको यस तर्कमा हिन्दू क्यालेन्डरमा तिथिमिति मिलेको कुरालाई संयोग मात्र मान्न सकिन्छ । संसारका चार्डहरु कतिपय एउटै समयमा पर्छ । दोस्रो कुरा लिम्बू मौलिक चार्डपर्वहरुमा आफ्नो देवीदेवताहरुको पूजाआराधना गर्नेपर्छ भन्ने केही छैन । तसर्थ कुरुम्बाङको यस तर्क पनि विश्वासयोग्य र वैज्ञानिक छैन ।

अब सिःसेक्पा तङनामको बारेमा लावती (२०६२), र लिम्बू गाउँका त्तुत्तुतुम्याहाङ फेदाङमा, साम्बा, येबा र येमानीहरुले भन्ने दुईवटा आख्यानहरु यस प्रकारको छ ।

पहिलो आख्यानः
माङहाङ राजाको शासन कालमा ठूलो अनिकाल लागि मानिसहरु भोकभोकै मर्न थाले । उतिबेला माङहाङ राजाले तागेरा निङवाभूमाङसँग प्रार्थना गर्नुभो । तागेरा निङवाभू माङले सपनामा भन्नुभयो बिहान उठेर तिम्रो बारिमा हेर्नु र अन्नबाली उम्रेको देख्यौ भने खानु भन्ने उपदेश दिनुभयो । बिहान उठेर बारिमा हेर्दा साँच्चै मकै, सिमी र अन्नहरु पाकेको देख्यो र सबैलाई चुम्लुङमा बोलाएर बारिबाट टिपेर खाऊ भन्ने आदेश दियो । जनताहरु सबै खुशी भए र सालैपिच्छे तागेरा निङवाभूमाङको पूजा अर्चना गर्दे सालबसाल यो पर्व मनाउन थाले भन्ने आख्यान छ ।

दोस्रो आख्यानः
जब मानिस जाति प्रगतिको पथमा लम्किदै गएर माङहाङ राजाको पालामा आइपुग्दा घमण्डको पोखरीमा चुर्लुम डुब्न पुगे । सृष्टिकर्ता तागेरा निङवाभूमाङको पूजा अर्चना गर्न छाडे । मानिसहरु घमण्डले बेलुन जत्तिकै फुलिन थाले । यस्तो अवस्था देखेर तागेरानिङवाभू माङले मानिसहरुलाई चेतावनीको लागि पृथ्वीमा लामो समयसम्म खडेरी लगाईदिनुभो । यसको परिणामस्वरुप बालीनाली वनस्पती, कुवा, ताल, पोखरी र खोलानालाहरु सुके । पृथ्वीबासी मानिस र चराचर जगतमा हाहाकार मच्चियो । पशुप्राणीहरु सबै भकाभक मर्न थाले । यस्तो अवस्था देखेपछि माङहाङ राजा अति नै दुःखि हुनभयो र यसको उपाय खोज्न ठूलो चुम्लुङ बोलाउनुभयो । यस बैठकमा सबै राजाहरुले आ–आफ्नो धारणाहरु राखे । अन्तिम वक्ता निङवाहाङ नामका ज्ञानी मन्त्री उठेर भने “महाराज यो दैवी विपत्ति भएको हुँदा यसको उपाय हामी पत्ता लगाउन सक्दैनौं । उपाय पत्ता लगाउने काम हाङफेदाङमा (मुख्य राजगुरु) लाई नै जिम्मेवारी दिनुपर्छ । उहाँले नै यसको समाधान गर्नुहुन्छ” । भन्ने प्रस्ताव सर्वसम्मतले पारित भयो । त्यसपछि यसको समस्या समधान गर्ने जिम्मेवारी हाङफेदाङमाले पायो । हाङफेदाङमा बिहानै उठेर नुवाइधुवाई गरेर चोखोनितो भएर माङसँग बलबुद्धि माग्नुभयो । त्यसपछि बर्षा हुन थाल्यो र विउविजनहरु उम्रन थाले भन्ने आख्यान छ ।

यी दुई आख्यानहरु मिथमा आधारित छन् । मिथक भनेको सत्य पनि हुन सक्छ काल्पनिक पनि हुन सक्छ । मिथकशास्त्रीहरुले मिथक भनेको सुदूर अतितको घटना हो भनेका छन् । मिथकबाट नै हामी हाम्रो इतिहास र परम्परा बुझ्न सहयोग मिल्छ । हाम्रो पूर्खाहरुले कसरी संघर्ष गरे र को को थिए ? सभ्यताको विकासक्रममा घटित अनेक कथाकिंवदन्तीहरु नै मिथक भएर बाँचेका हुन्छन् । प्रस्तुत आख्यानहरु पनि लिम्बू जातिको परम्परासँग सम्बद्ध छन् । लिम्बू जातिको सम्पूर्ण इतिहास अलिखित हुने भएकोले श्र्रुतिशास्त्रलाई नै विश्वास मान्नुपर्ने हुन्छ र हाम्रा पूर्खाहरुले परापूर्वकालदेखि अपनाइल्याएका संस्कार र संस्कृतिहरुलाई नै अनुसरण गर्नुको बिकल्पन पनि छैन । जुन पर्वमा आफूलाई पाउन सकिन्छ कि सकिदैंन भन्ने सवाल मात्रै प्रधान विषय हो । चाडपर्व भनेको मानवनिर्मित साँस्कृतिक सम्पदा भएकाले आफ्नो दर्शन, जीवनगाथा, परिवेश र कथाव्याथाहरुसँग मेल खान्छ भने त्यो मौलिक संस्कृति हो भन्दा अत्युक्ति हुँदैन । सिसेःक्पा तङनाम मुलतः लिम्बू जातिको भोक र तिर्खासँगको संघर्षको इतिहास हो । मुन्धुममा लिम्बू पूर्खाहरुले उहिल्यै डरलाग्दो खडेरी र भोकमारी सहन गरेर उत्तरजीवितता सञ्चालन गरेका अनगिन्ती मार्मिक कथाहरु पाइन्छ । ठूलाठूला समस्याहरु आइपर्दा तागेरा निङवाभुमाङको उपदेश र सुझाव मुताविक कार्य गरे समस्याहरुको निदान भएको भेटिन्छ । सिसेःक्पा तङनाम लिम्बू जातिको कृषि प्रणालीसँग सम्बन्धित चार्ड हो यसमा दुईमत छैन । यसमा लिम्बू पूर्खाहरुको दुःख र दुर्भिक्षको याथार्थिक कहानी छ तसर्थ सिसेःक्पा तङनाम मौलिक लिम्बू चार्डपर्व हो भन्दा फरक पर्देन । मौलिक चार्ड नै हो भन्ने कुरा यसको दर्शन, मूल्यमान्यता र पद्धतिले नै आफै पुष्टि गर्छ । जस्तै ः सिसेःक्पा लिम्बू शब्द हो । जसलाई पर्वते भाषामा साउने सङक्रान्ति भनिन्छ । तङनाम पनि लिम्बू शब्द हो जसलाई पर्वते भाषामा चार्ड भनिन्छ । यसमा सर्वप्रथम तागेरा निङवाभूमाङलाई सेवा अर्चना गर्नु, पाकेको अन्नबाली र फलफूल चढाउनु जस्ता कार्यहरु प्रकृतिपूजक लिम्बू जातिले अपनाउने विधि र विश्वास हो । यसमा अनिवार्य रुपमा प्रयोग गरिने सिःसेक्पा फूल लिम्बूवानको विभिन्न क्षेत्रहरुमा पाइन्नु, र यसै समयमा मात्र फुल्नु । हाम्रा पूर्खाहरुले हरेक बर्ष सक्नात् गर्नु (अनिकाल देखाउनु) र अनिकाल खेदाउँदा आवश्यक पर्ने सबै सामगी्रहरु स्थानीय तहमा प्राप्त हुनु, सबै चाडपर्वहरुको चक्रिय सम्बन्ध देखिनु आदिले पनि सिसेःक्पा तङनाम मौलिक लिम्बू चार्डपर्व हो भन्ने कुराको पुष्टि गर्छ ।

बस्तुत ः सिसेःक्पा तङनाम लिम्बू पूर्खाहरुले अनादिकालदेखि नै मनाउँदै आएको मौलिक चार्ड हो । यो चार्ड प्रायः श्र्रावण एक गतेका दिन मनाउने गरिन्छ । अनिकालदेखि मुक्त भएको खसीउत्सवको चार्ड हो ।

३.सिसेःक्पा तङनाम मनाउने सामग्री र विधिशास्त्र
३.१. आवश्यक सामग्रीहरु
यस तङनामलाई मनाउन विभिन्न प्रकारको सामग्रीहरुको आवश्यक पर्छ । ती सामग्रीहरुलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।
क. सिसेःक्पा फूल (क्लेरेरेन् फ्रोन) अनिवार्य ख. अडेरी (सिदिङबा) ग. हर्कटो (युक्मिबा) घ. कुरिलो ङ. कुकुर दाइनो च. बरपिपलको पात छ. सिस्नो ज. विभिन्न फलफूलहरु झ. बाबियो ज. बाबियोको कुचो झ. नयाँ पाकेका अन्नहरु ञ. थाल ट. नाङलो ठ. डोको ड. अगुल्टो वा राँको ढ. काउलोको पात लगायतका सामग्रीहरुको आवश्यक पर्छ ।

३.२.सिसेःक्पा तङनाम मनाउने विधिशास्त्र
सिसेःक्पा तङनाम मनाउने आफ्नै प्रकारको विधिशास्त्र छ । साउन १ गतेका दिन मनाउने यस चार्डमा सर्वप्रथम बिहानै उठेर नुवाइधुवाई गरेर चोखोनितो भएर सर्वशक्तिमान तागेरा निङवाफु माङको सेवा गर्ने गरिन्छ । त्यसपछि खेतबारीमा पाकेको अन्नहरु जस्तै ः मकै, सिमी, भटमास, खोर्सानी लगायतका माथि उल्लेख गरिएका सामग्रीहरु भेलाउने काम गरिन्छ । दिउँसो घाम अस्ताउने समयमा बाबियोको डोरीमा फलफूल र नयाँ पाकेका अन्नबालीहरु बाँधेर राखिन्छ । यसरी उनिएका फलफूलहरुलाई घरको वरिपरी टाँगेर राख्ने गरिन्छ । यसलाई साक्नामच्योङ भन्ने गरिन्छ । त्यसपछि सबै जना एकै ठाउँमा जम्मा हुने र घर–घर कुना–कुनाबाट, चुलाबाट, सिकुवाहरुमा थाल बजाउँदै, नाङलो ठटाउँदै र सिस्नोले कुट्दै अनिकाल खेदाउन थालिन्छ । अनिकाल खेदाउँदा भनिने मुन्धुम यस प्रकारको हुन्छ ।
सर्लङ….सोए….सर्लङ..सोए ।।
साक्नाम् पेगे? या?नाम् ते?ओ ।।
साक्नाम् पेगेओ?, हिङनाम् ते?ओ ।।
साक्नाम् पेगे? नुवाम् ते?ओ ।।
साक्नाम् पेगे? हाङहाङनाम् ते?ओ ।।
मेन्नुमेन्दा पेगे?ओ, नुमाताम ते?ओ ।।
तुक्मा लाःक्मा पेगे?ओ, नुमावामा ते?ओ ।।
लाम्बो खक्वा पे?गेओ, याम्जाःङवा ते?ओ ।।
तुक्मा लाक्मा तुङ् पे?गे, नुमातामा ।। ते?ओ ।।
डी.बी. आङबुङ (स्रोत ः युटुब)
नेपाली अनुवाद–
सर्लङ…सोए…सर्लङ…सोए ।।
अनिकाल जाउ, सहकाल आउ ।।
अल्पायु जाउ, दीर्घायु आउ ।।
गरिबी जाउ, समृद्धि आउ ।।
रोग्यता जाउ, अरोग्यता आउ ।।
दुःख बिराम जाउ, स्वास्थ्य आउ ।।

यसरी पश्चिमतिर खेदाएर आफूले बोकेको राँको, अगुल्टो र अररीको काँडाले बाटो छेकिन्छ यसलाई साक्लाम्धेक भनिन्छ । आफूहरुले लगेको सामग्रीहरु सबै उतै फालिराखिन्छ । त्यसपछि खुट्टाको कुर्कुच्चाले थेचारेझै गरी फेरी यता फर्केर नआउ है भन्दै बाटो छेक्ने मुन्धुम वाचन गरिन्छ–
साक्नाम् मेन्नुःङङे पेगे?ओ ।।
केनुःङगर मिधप्पु चिओ? केजारो ।।
सिदिःङबा तिःङ्ले चिउःक् केजारो ।।
यक्मिबा फेयारें चिहेंक् केंजारो ।। (डी.बी. उही)
नेपाली अनुवाद–
अनिकाल नफर्कि जाउ है ।।
यदि फर्किस भने त
अगुल्टोको पोलाई खालास् ।।
अररीको काँडाले घोचि खालास् ।।
युक्मिबाको कटाइ खालास् ।।
यसरी अनिकाललाई खेदाएर बाटो छेकेपछि फेरि चुपचाप घर फर्किने गरिन्छ । यस अनिकाल खेदाउँदा वाचन गरिने शब्दहरु आफैमा लोककविता हो । यसलाई साक्नात् पेन्युक भनिन्छ ।

४.सिसेःक्पा तङनामको महत्ता
सिसेःक्पा तङनामको महत्ता यति नै छ भनेर सीमितिकरण गर्न सकिदैंन । सर्बप्रथम यस चार्ड लिम्बू जातिको मौलिक पर्व भएकोले सम्बन्धित जातिलाई स्वसंस्कृतिको पालन गर्न प्रेरित गर्छ । कसरी आफ्ना पूर्खाहरुले प्रकृतिसँग संघर्ष गर्दे भोक र तिर्खालाई समन गरे भन्ने कुरालाई बुझाउन मदत पु¥याउँछ । साउन १ गतेका दिन मनाइने यस चार्डपर्वले असारे कामको चटारोबाट छुटकारा पाएको समय हुनाले सबै आफ्ना आफन्त र छोराछोरीहरुसँग पनि भेटघाट गर्न सकिने हुन्छ । कुनै पनि चार्डपर्व विशेष दिनमा मनाइने हुनाले यसले सामाजिक सद्भाव, आत्मीयता, मायाप्रेम, भाइचारा, मेलमिलाप र निकटता बढाउँछ । शुभकामना आदान–प्रदान गर्ने कार्यले सबैमा जोस, जाँगर र हौसला समेत बढाउँछ । मनोबैज्ञानिकहरुका अनुसार यस्ता चार्डपर्वहरु आफैमा थेरापी हुन् । जसले शारिरिक, आत्मिक, मनोबैज्ञानिक र सामाजिक समस्याहरुलाई हल गर्न मदत गर्छ । अहिले सूचना र प्रविधिको अतिसय प्रयोगले अटिजम जस्ता रोगहरुबाट मुक्त गराउन पनि सहयोग पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा अहिले पश्चिमी संस्कृति अनुकरण गरिरहेका पुस्ताहरुलाई आफ्नो मौलिक संस्कृति अंगिकार गर्नमा सहयोग पु¥याउँछ र म को हुँ ? मेरो खास संस्कृति के हो ? मेरा मौलिक चार्डपर्वहरु के के हुन ? भन्ने बारेमा बुझ्ने अवसर पनि प्राप्त गर्छन् ।

५.निष्कर्ष
विभिन्न आधारहरुबाट सिसेःक्पा तङनाम लिम्बू जातिको मौलिक चार्ड हो भन्ने कुरा पुष्टि हुन्छ । यो चार्ड प्रत्येक बर्षको श्रावण १ गतेका दिन मनाउने गरिन्छ । अनिकाल खेदाउने र सहकाल बोलाउने यस चार्डमा नयाँ पाकेका अन्नबाली र फलफूलहरु चढाउने गरिन्छ । आज आत्तरिक र बाह्य साँस्कृतिक उपनिवेशका कारण यस प्रकारका मौलिक चार्डपर्वहरु दिनदिनै लोप हुँदै गइरहेको छ । अब यस प्रकारका चार्डपर्वहरुलाई आफ्नै मूल्यमान्यता, परम्परा र विधिअनुरुप मनाउनुपर्छ । अनि मात्रै आफ्नो पहिचान बलियो हुन्छ । यसरी चार्ड पर्वहरु मनाउने क्रममा अतिरञ्जित र भड्किलो रुपमा नभएर आफ्नो औकात अनुसार मनाउनु जान्नुपर्छ । नेपाली उखान “घाँटी हेरी हाड निल्नु” भन्ने उक्तिलाई हृदयङगम गर्नुपर्छ ।

सन्दर्भ सामग्री 
काइँला, बैरागी (२०६७), लिम्बू–नेपाली–अङ्गेजी शब्दकोश, (तेस्रो संस्मरण) काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान । 
तुम्याहाङ, अमर (२०७४), किरात याक्थुङ् जाति चिनारीका आयामहरू, काठमाडौँ : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । 
नेम्बाङ, बीर (सन् २०१५), माङहुप् ः मौलिक लिम्बू चाड, लिम्बुवान : दिलसिङ मेन्याङबो ‘मेन्निसा’ । 
माबुहाङ, अर्जुन (२०७९), लिम्बू जातिको मुन्धुम र इतिहास, तेह्थुम : हरिश्चन्द्र माबुहाङ र भीम माबुहाङ । 
लावती, येहाङ (२०६२), आदिबासी लिम्बू जातिको सङ्क्षिपत परिचय, लिम्बुवान : दिलबहादुर लावती ।

The post सिसेःक्पा तङनामको भ्रम र यथार्थता appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4245/feed 0 4245
फेक लिङ्क र ह्याकरबाट कसरी जोगिने ? यस्ता छन् ६ महत्वपूर्ण सुझाव https://sumhatlungtimes.com/details/2025/4025 https://sumhatlungtimes.com/details/2025/4025#respond Sun, 01 Jun 2025 15:07:19 +0000 https://sumhatlungtimes.com/?p=4025 – प्रदिप अधिकारी हाल बढ्दै गएको सामाजिक सञ्जाल स्क्यामिङ (फेक लिङ्क क्लिक गर्न लगाउनु र, फेक अकाउन्ट बनाएर नजिकका साथिहरुलाई इन्फरमेसन तथा पैसा माग्नु) बाट धेरै व्यक्तिहरुले सास्ती पाइराख्नु भएको छ । यस समस्याबाट छुटकारा पाउन र सचेत बनाउन तपसिलका…

The post फेक लिङ्क र ह्याकरबाट कसरी जोगिने ? यस्ता छन् ६ महत्वपूर्ण सुझाव appeared first on sumhatlungtimes.

]]>

– प्रदिप अधिकारी

हाल बढ्दै गएको सामाजिक सञ्जाल स्क्यामिङ (फेक लिङ्क क्लिक गर्न लगाउनु र, फेक अकाउन्ट बनाएर नजिकका साथिहरुलाई इन्फरमेसन तथा पैसा माग्नु) बाट धेरै व्यक्तिहरुले सास्ती पाइराख्नु भएको छ । यस समस्याबाट छुटकारा पाउन र सचेत बनाउन तपसिलका सुझाव दिन कोसिस गरेको छु।

१. सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईंहरुले बनाउनु भएको सामाजिक सञ्जाल मुख्यतः फेसबुकमा Two – Factor Authentication (लगइन् गर्ने क्रममा कोड प्राप्त भई लगिन हुनु) यो Feature ले तपाईंको अकाउन्ट सुरक्षाको लागि सबैभन्दा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ।

२. हप्ताको एक पटक जसरी आफ्नो सवारी साधन चेक गर्नुहुन्छ त्यसरी नै आफ्नो सामाजिक सञ्जाल भित्र अपरिचित व्यक्तिले प्रवेश गरि इ–मेल तथा फोन नम्बर परिवर्तन गरेको हुन सक्छ राम्रोसँग चेक गर्नुहोला।

३. महिनाको Minimum एक पटक पासवर्ड परिवर्तन गर्नुहोला।

४. तपाईंको मेसेन्जर तथा कमेन्ट सेक्सनमा देखापर्ने जुनसुकै लिङ्कमा सोचेर मात्र क्लिक गर्नुहोला।

५. अहिले ह्याकरले कसैको अकाउन्ट ह्याक गरि उक्त अकाउन्टबाट नजिकका साथीहरुलाई विभिन्न समस्या देखाई पैसा ठगेको उदाहरण प्रशस्तै पाइन्छ, र यसबाट पनि सचेत रहनुहोला।

६. अहिले विभिन्न मनोरञ्जनात्मक स्क्यामिङ तथा प्रलोभन (तपाईको अनुहार कुन सेलिब्रेटी सँग मिल्छ, दैनिक ५००० आम्दानी हुने अनलाइन जागिरको लागि लिङ्कमा क्लिक गर्नुपर्ने, तपाईं भविष्यमा के बन्नुन्छ ? जस्ता मनोरञ्जनात्मक स्क्यामिङ र मार्क जुकरवर्गले पेज सेयर गर्ने मध्ये एक जनालाई एक करोड दिने जस्ता प्रलोभन)हरु आइरहेका छन्। यो कुराबाट पनि सचेत रहनुहोला।

सामाजिक सञ्जाल पनि एउटा व्यापक ई–समुदाय हो। जसमा देशहरु बिचको सिमानामा जस्तो कुनै व्यक्ति तपाईंको क्षेत्रमा प्रवेश गर्न गाह्रो हुँदैन र उक्त ई–समुदायमा क्रिमिनलहरु पनि बिगबिगि रहेका हुन्छन् र जतिबेला पनि तपाईंको साइबर दुनियाँलाई क्षति पु¥याउन सक्छन्।

मेरो अनुभवः
केही महिना अगाडि मेरो वाट्स एपमा अपरिचित मोबाइल नम्बर बाट तपाईंलाई दैनिक साधारण टाक्स गरेबापत ५०००–१०००० सम्म आम्दानी हुन्छ भन्ने मेसेज आयो। मलाई अगावै यो स्क्यामिङ हो भन्ने कुरा थाहा थियो, किनभने मैंले यहीँ तरिकाको स्क्यामिङ बाट ठूलो रकम गुमाएको भन्ने समाचार कहीँकतै पढेको थिएँ।

तर मलाई यसको भित्री प्रक्रियामा पुगि बुझ्नु थियो। त्यसपछि मैंले उसले भने अनुरुप टाक्स पूरा गरें। टाक्सहरुमा मुख्यतयाः इन्स्टाग्राम को तीन वडा Random Post एयकत लाइक गरी स्क्रिन सर्ट सोही व्यक्तिलाई पठाउनुपर्ने थियो। त्यसरी नै मैंले टाक्स गरे बापत मेरो ई–सेवामा रु.४०० भुक्तानी तुरुन्तै प्राप्त भयो।

यसपछि मलाई वाट्स एप बाट टेलिग्राममा कुनै अपरिचित व्यक्तिको (Receptionist) प्रोफाइल सेयर गरियो र टेलिग्राममा कुरा हुन थाल्यो। टेलिग्रामको रिसेप्सनिस्ट भनाउँदो अपरिचित व्यक्तिबाट एउटा च्याट ग्रुपमा एड गरियो र त्यहाँ लगभग तीन सय जना सदस्यको ग्रुप थियो। त्यो ग्रुपमा Task Create, Task Completed देखि Payment Success सम्मको प्रकियाहरुको स्क्रिन सर्ट पठाउने क्रम चलिरहेको थियो।

मैंले पनि एउटा २००० को टाक्समा भाग लिएँ। ग्रुपमा पिन गरिएको Task Instructions बमोजिम मैंले पनि टाक्स गरेर १५ मिनेटमा सक्काए र भुक्तानिको लागि रिसेप्सनिस्टमा QR फर्वार्ड गरिदिएँ। मलाई तुरुन्तै रु.२००० भुक्तानि भयो। झट्ट हेर्दा साँच्चै जस्तो देखिने, अनुभव हुने त्यो ग्रुपमा भएको सबै व्यक्तिको च्याटलाई हेर्दा।

मैंले सोही ग्रुपमा भएको एक जना मेम्बरलाई प्राइभेट मेसेज गरेर बुझ्न खोजें। सो व्यक्तिबाट रिप्लाई आएन। त्यसपछि क्रमै सँगले ३–४ जनालाई मेसेज गर्दा पनि रिप्लाई नआएपछि फेरि एक स्टेप अगाडी बढ्ने निर्णय गरें। अब रु.२५००० को टाक्स थियो र त्यस टाक्समा enroll हुन चाहन्छु भनि Request गरें। यो टाक्स गर्न रु.१५,००० जम्मा गर्नुपर्छ भन्ने Response आयो। त्यसपछि मात्र Confirm भएँ रु.१५,००० जम्मा गरेपछि यो रकम फिर्ता आउँदैन।

यति सजिलै पाँच/दश मिनेटमा २०–२५ हजार कहाँ कमाइन्छ ? त्यहीँ भएर सचेत रहनुहोला। कुनै अपरिचित व्यक्तिबाट आएको मेसेजलाई Response नगर्नुहोला। केही समय अगाडि मात्र यहीँ स्क्याममा परि काठमाडौंमा एकजना विद्यार्थीले लाखौं रकम गुमाएका थिए।

(पंक्तिकार फिदिम नगरपालिका पाँचथरका सूचना प्रविधि अधिकृत हुनुहुन्छ। सं.)

The post फेक लिङ्क र ह्याकरबाट कसरी जोगिने ? यस्ता छन् ६ महत्वपूर्ण सुझाव appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4025/feed 0 4025
सम्पादकीयः मुक्कुमलुङ विवाद, वार्ता र संवादबाट समाधान खोज ! https://sumhatlungtimes.com/details/2025/3518 https://sumhatlungtimes.com/details/2025/3518#respond Sun, 26 Jan 2025 09:53:18 +0000 https://sumhatlungtimes.com/?p=3518 १३ माघ २०८१। ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वको प्रशिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा) क्षेत्र यतिबेला अशान्त छ। मनोकांक्षा पूरा हुने विश्वासले वर्षेनी लाखौं श्रद्वालु भक्तजन पुग्ने मुक्कुमलुङ (पाथीभरा) क्षेत्र तनावग्रष्त बन्नु आफैंमा शुभ कुरो होइन। मुक्कुमलुङ (पाथीभरा) पुग्ने भक्तजन र पर्यटकका…

The post सम्पादकीयः मुक्कुमलुङ विवाद, वार्ता र संवादबाट समाधान खोज ! appeared first on sumhatlungtimes.

]]>

१३ माघ २०८१। ताप्लेजुङ जिल्लामा अवस्थित पूर्वको प्रशिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा) क्षेत्र यतिबेला अशान्त छ। मनोकांक्षा पूरा हुने विश्वासले वर्षेनी लाखौं श्रद्वालु भक्तजन पुग्ने मुक्कुमलुङ (पाथीभरा) क्षेत्र तनावग्रष्त बन्नु आफैंमा शुभ कुरो होइन। मुक्कुमलुङ (पाथीभरा) पुग्ने भक्तजन र पर्यटकका सुविधाको लागि भन्दै त्यस क्षेत्रमा केवलकार निर्माणको प्रक्रिया र काम अघि बढेसँगै मुक्कुमलुङ (पाथीभरा) अशान्त बन्न पुगेको हो।

पाथीभरा मुक्कुमलुङ केवलकार प्रा.लि.ले त्यहाँ केवलकार निर्माणको प्रक्रिया अघि बढाएसँगै विवाद सुरु भएको हो। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति निर्माण भई मुक्कुमलुङमा ‘नो केवलकार’ आन्दोलन जारी छ भने निर्माण कम्पनीले स्थानीय प्रशासनको सुरक्षामा केवलकार निर्माणको काम अघि बढाएको छ। यसै क्रममा केवलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा २०८१ कार्तिक २३ गते केवलकार बनाउन नदिने र दिने पक्षबीच झडप हुँदा ६ जना घाइते भएका थिए।

त्यसयता मुक्कुमलुङ (पाथीभरा) क्षेत्र अशान्त छ। यो अशान्तिले २०८१ माघ १२ गते उग्र रुप लियो। ‘नो केवलकार समूह’ र प्रहरीबीच झडप हुँदा अश्रुग्याँससँगै गोली चलेको छ। मुक्कुमलुङ (पाथीभरा)को तल्लो फेदीभन्दा केही माथि फुङलिङ नगरपालिका–११ बलुडाँडामा भएको यस घटनामा परी आन्दोलनकारी र सुरक्षाकर्मी दुबैतर्फ घाइते भएका छन्। झडपको क्रममा तथा प्रहरीको गोली लागि आन्दोलनरत पक्षका यामबहादुर लिम्बू, मंगल लाओती, सगुन लाओती र धर्म पालुङवा घाइते भएका छन्। घाइतेमध्ये गम्भिर अवस्थाका यामबहादुर, सगुन र धर्मलाई जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचार पश्चात विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुयार्ईएकोमा त्यहाँ उपचार सम्भव नभएपछि आइतबार दिउँसो नेपाली सेनाको हेलिहप्टर मार्फत् थप उपचारका लागि काठमाडौं लगिएको छ।

घटनामा घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको अवस्था सामान्य रहेको बताइएको छ। आन्दोलनरत पक्षले भने कतिपय घाइतेहरु अझै सम्पर्कमा आउन नसकेका जनाएको छ। स्थिति नियन्त्रणभन्दा बाहिर जाने भएपछि हवाई फायर गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले बताएका छन्। आन्दोलनरत पक्षले भने मुक्कुमलुङ संरक्षणकर्मीमाथि प्रहरीले अन्धाधुन्द लाठिचार्जपछि गोली प्रहार गरेर राज्य आतंक मच्चाउने काम भएको आरोप लगाएको छ।

पवित्र धार्मिक स्थलमा गोली चल्नु आफैंमा शुभ संकेत होइन। पाथीभरा मुक्कुमलुङ केवलकार प्रा.लि.ले फुङलिङ नगरपालिबाट निर्माण अनुमति लिएर तल्लोफेदीदेखि मुक्कुमलुङ (पाथीभरा) डाँडा नजिकसम्म २.७ किलोमिटर केवलकार निर्माणको काम सुरु गरेको हो। तर ‘नो केवलकार’ समूहले केवलकार निर्माणले पवित्र धार्मिक स्थललाई व्यापारिकरण गर्ने कार्य हुने, मुन्धुमी, आध्यात्मिक स्थल र शक्तिपुञ्जको रुपमा रहेको मुक्कुमलुङमाथि धार्मिक, साँस्कृतिक अतिक्रमण हुने, त्यहाँको पर्यावरणमा नकारात्मक असर पर्ने, सबैको धार्मिक आस्थाको केन्द्रलाई मुनाफा कमाउने कम्पनीलाई सुम्पिन नहुने माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन्।

शनिबारको घटनापछि मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायत संघ–संस्थाले विभिन्न सात बुँदे माग राख्दै २०८१ माघ १५ देखि मेची हाइबे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरुमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका छन्। यसबाट सर्वधारण नागरिकले अझै दुःख पाउने निश्चित छ। मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा भएको उक्त घटनालाई लिएर राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै तत्काल आन्दोलनरत पक्षसँग संवाद गरी समस्याको समाधान खोज्न नेपाल सरकार समक्ष माग गरेको छ। आन्दोलनरत पक्षलाई पनि संयम्ता अपनाउन आग्रह गरेको छ।

घटना सम्बन्धमा जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, किरात याक्थुङ चुम्लुङ संघीय समिति, लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं.प्रदेश समिति लगायतले विज्ञप्ती जारी गरेका छन्।

धार्मिक आस्थाको केन्द्रमा यो हदसम्मको घटना हुनु आफैंमा राम्रो होइन। यो दुःखद परिस्थितिमा सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। राष्ट्रिय तथा अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्थाहरुलाई स्थलगत अनुगमन गरी मानव अधिकार रक्षा एवंम् बिबाद निरुपणका लागि भूमिका निर्वाह गर्न अनुरोध गर्दछौं। आन्दोलनरत पक्षलाई संयम्ता अपनाउन साथै सम्बद्ध पक्ष र नेपाल सरकारलाई तत्काल वार्ता र संवादको माध्यमबाट आन्दोलनरत पक्षको जायज माग र असन्तुष्टिलाई सम्बोधन गर्दै विवाद समाधान गर्न आग्रह गर्दछौं।

The post सम्पादकीयः मुक्कुमलुङ विवाद, वार्ता र संवादबाट समाधान खोज ! appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/3518/feed 0 3518
अमेरिका जलिरहेछ https://sumhatlungtimes.com/details/2025/3491 https://sumhatlungtimes.com/details/2025/3491#respond Wed, 15 Jan 2025 12:46:26 +0000 https://sumhatlungtimes.com/?p=3491 बिबश बेनाम १५ जनवरी २०२५, अमेरिका। अमेरिकाको घरहरू कस्ता हुन्छन् ? हप्ता भरिको प्रश्न । मेरो मस्तिष्क भित्र यो प्रश्न पछि सम्म घुमिरह्यो । चट्ट परेको । चिल्लो अनि टिलिक्क टल्केका अग्ला–अग्ला थुम्का जत्रा चिटिक्कका घरहरु होलान् । माथि हेरि पठाउँदा…

The post अमेरिका जलिरहेछ appeared first on sumhatlungtimes.

]]>

बिबश बेनाम
१५ जनवरी २०२५, अमेरिका। अमेरिकाको घरहरू कस्ता हुन्छन् ? हप्ता भरिको प्रश्न । मेरो मस्तिष्क भित्र यो प्रश्न पछि सम्म घुमिरह्यो । चट्ट परेको । चिल्लो अनि टिलिक्क टल्केका अग्ला–अग्ला थुम्का जत्रा चिटिक्कका घरहरु होलान् । माथि हेरि पठाउँदा टोपी फुत्त भुईमा खस्ने होला । ५०-६० तला लिफ्टमा कसरी जाने होला ? आदि इत्यादि । पीरहरु त यस्तै यस्तै पो आरेल्लक !

तर यी घरहरू मेरो कल्पनाभन्दा बाहिर नै रहे। एक वर्षसम्म मैले कहीँ कतै पनि देखिनँ । जतै पनि एउटै घर, एउटै आङ्गन, एउटै बगैंचा अनि एउटै फूल । धनी र गरीवको अस्पताल एउटै । काले र गोरे दुवैको उही र उस्तै चिहान ।

आङ्गन पनि एउटै, गाडी पनि एउटै । को धनी को गरिब । को असक्त अनि को सशक्त अझै पनि छुट्याउनु मुस्किल छ मलाई । भाषामा “यु“ भनेपछि सकियो । हजुर नमस्कार खाईबक्सियोस्। लाइबक्सियोस् होइसिन्छ भनिरहनु परेन।

एउटै मोबाईल, एउटै भाषा । प्रशासन फाँटतिर गयो रङ्गीबिरङ्गीका कर्मचारीहरु, एयरपोर्टतिर गयो रङ्गीबिरङ्गीका कर्मचारीहरु । कति मज्जाले बोलेका गफ गरिरहौं जस्तो दुःख सुख सबै सुनाउ जस्तो ।
लु म त अक्क न वक्क परे ।।।

एक वर्षपछि जब डा. टंक सेलिङको साथमा न्युयोर्क पुगेँ । किरात याक्थुङ चुम्लुङ (कियाचु) पूर्व अध्यक्ष सुमन थाम्सुहाङ लिम्वु मिरकको नेतृत्वमा न्यूयोर्क शहर घुम्ने मौका पाएँ । एउटा कालो चिल्लो भवनको ३० तल्ला माथि पुग्यौं । बार रहेछ । जस्टिन बिबरको गीत गुन्जिरहेको थियो । हामी पनि कुइरेनिहरुको हुल छिचोल्दै बार्दलीको छेउनेरको टेबलमा बस्यौ । एटलान्टिक महासागरबाट ठोक्किन्दै आएको बतास संग जिस्किन्दै बियरको चुस्की लिन थाल्यौ । महासागरको हावाले कपाल फुरुरुरु हल्लाउँदा मज्जा लागेको थियो । खसीको फिला खायौँ। बारुल्ले–बारुल्ले भएपछी टंक सेलिङ जीले अंग्रेजी गीतको तालमा आफ्नो दुइटै हात हुचिलले जस्तो फिजाएको अहिले जस्तो लाग्छ । त्यसको भोलिपल्ट एउटा भवनको ३७ तलामाथि क्यासिनो खेल्न गयौ । र लगत्तै डोनाल्ड ट्रम्पको नांगो डान्स बारमा २७ तला माथि उक्लियौ ।

आहा !
त्यसपछि पो मलाई बल्ल महसुस भयो ।
म साँच्चै नै अमेरिका आएको रहेछु । अर्को साल पूर्ब कियाचु अध्यक्ष वीरेन्द्र हाङ लावुङ लिम्वुको नेतृत्वमा न्युयोर्क शहर थप घुम्न पाइयो। ट्रम्प टावर सहित विभिन्न टावरहरू घुमियो। त्यसपछाडि मलाई गम्भीर महसुस भयो अमेरिका साँच्चै सुन्दर रहेछ। बल्ल भेटियो कल्पनाका भवनहरू। यी भवनहरु जर्जिया, बोस्टन, न्युयोर्क, सिकागो, क्यालिफोर्निया जस्ता मुख्य शहरहरुमा रहेछन् ।

वास्तवमा अमेरिका विकास र सिस्टमले अमेरिका भएको रहेछ तर मैले चिल्ला अग्ला भवनहरुमा अमेरिका खोजिरहे ।

केन्द्रीकृत प्रणालीले जनआकांक्षालाई सम्बोधन गरेर जनतालाई शासन व्यवस्थामा सहभागी गराएको रहेछ ।
अधिकार र आर्थिक अवसरको समान प्रयोग गर्न दिइएको रहेछ ।

वर्गीय, जातीय, भाषिक लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गरेको रहेछ ।

राज्य सञ्चालनमा समावेशिता, हिस्सेदारी र स्वामित्व स्थापना गरेको रहेछ । अमेरिका त्यो पो रहेछ ।।

ओरिगनमा पनि त्यही हस्पिटल, बोस्टनमा पनि त्यही हस्पिटलमा, वासिङ्गटनमा पनि त्यही स्कुल, मेरीलेन्डमा पनि त्यही स्कुल, अमेरिका त्यो रहेछ ।

मैले यति कुरा बुझ्न कुइरेको ७ वर्ष भरिया हुनुपरो ।

मलाई थुप्रै साथीहरुलाई सोध्छन्, वैना त्यहाँका घरहरू कस्ता हुन्छन् हो, हेर्दा हेर्दै खरानी भइजान्छन त ?

साथी, प्रश्न सहि गर्नुभयो ।
अमेरिकाको घरहरू आगो प्रतिरोधात्मक घरहरु होइनन् ।

घरको वजन कम राख्नलाई काठहरु द्वारा निर्माण गरिएको हुन्छ । काठ भित्र रुवा प्रयोग गरेर वालहरु उठाइएको हुन्छ । जसले गर्दा घर भित्र न्यानोपन राख्छ । घरलाई आकर्षक बनाउनको लागि बाहिरबाट विभिन्न किसिमका प्रिन्टेट गाताहरु प्रयोग गरिएको हुन्छ । त्यसले घर आकर्षक देखिन्छ ।निदाल र मुख्य खम्बाहरुमा चाहिँ बडेमानको फलामहरु प्रयोग गरिएको हुन्छ ।

जलिसकेको क्यालिफोर्नियाको तस्वीर राम्ररी हेर्नुभयो ?
ती देखिएका चारकुने जस्ता सेता सेता सबै फलामका अवशेषहरु हुन ।

अर्को कुरा भित्रभित्रै ग्यास पाइपलाईनहरु जडान गरिएको हुन्छ । कुनैबेला केपी ओलीले भनेका थे नि ‘घर–घरमा पाइपवाट ग्या’ यहि देखेर भनेको रहेछ ।

यहाँका घरहरुबाट भुकम्प र आँधी हरीबाट भने सहजै बँच्न सकिन्छ । तर आगोबाट कदापी बच्न सकिन्न । त्यसैले होला फायर हाईडृलहरु पनि बाक्लो राखिदिएको हुन्छ । फायर हाइड्रीलको अगाडि गाडी पार्किङ्ग गरेमा कडा कार्वाहिको पनि ब्यवस्था छ ।

त्यसैले अमेरिका सरकारले सकेसम्म बढी पैसा घरमा नराख्नु नै भन्छ । जति नै नगद भएतापनि घर गाडी किन्नुपरेमा त्यो नगद पैसाले काम काट्दैन । त्यो नगद पैसाको महत्व उति हुँदैन । त्यो पैसा राज्यमा खर्च गर र क्रेडिट स्कोर बनाउ भन्छ । यदि तपाईंको क्रेडिट स्कोर राम्रो भयो भने तपाईँसँग पगितो पैसा नभएता पनि क्रेडिट स्कोरको आधारमा तपाईंलाई घर गाडी जोड्न सक्नुहुनेछ।

ठूला गफ के गर्नु अमेरिकाको घरहरु ५ मिनेटमा आगोको रापबाट स्वाहा हुन्छ। दाम भने सुनिसक्नु छैन ।
अमेरिकामा पछिल्लो समयमा अत्याधुनिक घरहरु बनाउन थालिएका छन् । पातलो बस्ती, फराकिलो, चारैतिरबाट घाम छिर्ने हावा छिर्ने र चारैतिरबाट भाग्न सजिलो खाले बनाएका छन ।

एउटा घरको ग्यास पाइप जल्यो भने टोलभरिको सखाप हुने मेरो अनुमान छ। घर घरमा टोल टोलमा ग्यासको पाइपको लाइन पनि खतरा हुने रहेछ।

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले यो गति बेहोर्नु परिरहेको छ । यो दुखद घडीमा यति लेख्ने हिम्मत गरियो । अमेरिका जलिरहेछ ।

The post अमेरिका जलिरहेछ appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/3491/feed 0 3491
त्यो फेदेन, यो फिदिम https://sumhatlungtimes.com/details/2024/2311 https://sumhatlungtimes.com/details/2024/2311#respond Sun, 21 Jul 2024 04:32:39 +0000 https://sumhatlungtimes.com/?p=2311 प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं. – मंगल बेघा ६ साउन २०८१, पाँचथर। परिवर्तन संसारको रित मात्र नभएर प्रकृतिको नियम पनि हो । कुनै कालखण्डमा भएका संरचना,…

The post त्यो फेदेन, यो फिदिम appeared first on sumhatlungtimes.

]]>
प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं.

– मंगल बेघा

६ साउन २०८१, पाँचथर। परिवर्तन संसारको रित मात्र नभएर प्रकृतिको नियम पनि हो । कुनै कालखण्डमा भएका संरचना, ढाँचा, इकाई, सम्बन्ध, परम्परा वा विश्वासमाथि समयक्रमसँगै अर्को स्वरुपमा हुने रुपान्तरण नै परिवर्तन मान्न सकिन्छ । प्रयुक्त लेखको शीर्षक ‘त्यो फेदेन, यो फिदिम’ मा यहीँ परिवर्तनको अवस्थालाई चित्रण गर्ने जमर्को गरिएको छ । इतिहासको कुनै कालखण्डमा रहेको ‘फेदेन’ वर्तमान अवस्थाको फिदिममा रुपान्तरण हुँदा परिवर्तन भएका विषयहरु यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ । विशेष गरी, सामाजिक परिवर्तन एवंम् विकासका दृष्टिकोणले यहाँ भएको परिवर्तनलाई नियाल्ने प्रयास गरिएको छ ।

उद्विकासका आधारमा हेर्दा ‘फेदेन’ भन्ने स्थानको नाम याक्थुङ (लिम्बू) भाषावाट रहन गएको हो । ‘फे’ को अर्थ सम्म र ‘देन’ को अर्थ स्थान वा ठाउँ हो ।1 यसरी हेर्दा फेदेन भन्नाले सम्म स्थान वा ठाउँ भन्ने बुझिन्छ । पहाडी भौगोलिक क्षेत्रमा प्रायःजसो समथर भू–भाग बिरलै मात्र पाइने भए तापनि फेदेन बजार भने समथर भौगोलिक अवस्थितिमा नै रहेको हुनाले जसरी फेदेनका अर्थ लगाउने गरिएको छ, यसको भू–बनोटले प्रष्ट पारेको हुनाले यसमा सायदै दुई मत नहोला । यहीँ फेदेन भन्ने स्थानको नाम अपभ्रंश हुँदै अहिले फिदिम भएको हो ।

प्रसिद्ध लेखक Gillin and Gillin ले भनेका छन्– “सामाजिक परिवर्तन जीवनका स्वीकृत रीति वा चरणमा आउने परिवर्तन हो, चाहे त्यो भौगोलिक अवस्थिति, साँस्कृतिक साधनहरु, जनसंख्या बनौट, विचारधाराहरुमा परिवर्तन, समूहभित्र प्रचार वा आविष्कारले ल्याएको परिवर्तन हो ।”2 यी लेखकले भने झैँ वास्तवमा गतिशील समाजका विभिन्न पक्षहरुमा आउने परिवर्तन सामाजिक परिवर्तन हो । सामाजिक परिवर्तनका विभिन्न तत्व एवं पक्षहरु छन् । जनसांख्यिक, राजनीतिक, साँस्कृतिक, आर्थिक, प्राविधिक, मनोवैज्ञानिक, वातावरणीय एवंम् वैचारिक तत्वले सामाजिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ । समाज परिवर्तन एउटा क्रान्तिकारी र अर्को योजनावद्ध रुपमा हुने गर्दछ ।

पाँचथर सदरमुकाम फिदिम बजारको पुरानो तस्विर । तस्विर स्रोतः भवानी तावा

विकास बहुआयामिक प्रक्रिया हो । विकासका हरेक प्रक्रियामा आम जनताको अर्थपूर्ण सहभागिता रहनु पर्दछ भने न्यायोचित रुपमा उपलब्धीको वितरण समेत यसको अनिवार्य सर्त हो । विकासका सन्दर्भमा Fred Rigs भन्छन्– “विकास एउटा क्रान्ति हो । सामाजिक संरचना र उच्च तहको सामाजिक परिचालनमा वृद्धि गरी प्रतिव्यक्ति आम्दामी बृद्धि गर्ने प्रयास गर्दछ ।”3 यसर्थ, विकासले भौतिक पूर्वाधार मात्र नभएर सामाजिक विकासका विभिन्न आयामहरुमा समृद्धिको सपना देख्ने र त्यसलाई पूरा गर्ने जमर्को गर्नु पर्दछ ।

सामाजिक परिवर्तन र विकासका दृष्टिकोणले यस ठाउँको चरित्रलाई हेर्दा धेरै नै परिवर्तन भएको पाउन सकिन्छ । त्यसलाई यहाँ क्रमशः प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

भौगोलिक रुपमा हेर्दा नेपालको पूर्वी पहाडी भेगमा पर्ने पाँचथर जिल्लाको फिदिम नगरपालिकामा फिदिम बजार रहेको छ । यो बजार सदरमुकाम र जिल्लाको सबैभन्दा ठूलो बजार समेत हो । इतिहास हेर्दा नेपालका पूर्वी भेगका केही समथर र पहाडी क्षेत्रमा लिम्बुवान राज्य थियो । यस क्षेत्रको तत्कालिन लिम्बुवानका १० राज्य मध्ये पापोहाङ राज्यमा पान्थर रहेको थियो ।4 यसै गरी, लिम्बुवानका १७ थुम मध्ये पान्थर (नुभो उत्तर) थुममा फेदेन रहेको थियो ।5 जब नेपाललाई ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो, सो समयपछि बनेको पाँचथर जिल्लामा सो स्थान रहन गयो । पाँचथर जिल्लालाई ४१ गाउँ विकास समितिमा विभाजन गरिदा यो ठाउँ फिदिम भनेर नै नामाकरण गरियो । समयको विकास क्रमसँगै नगरोन्मुख गाउँ विकास समिति हुँदै नगरपालिकामा रुपान्तरण गरिएको थियो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रिक शासन व्यवस्था कायम गरेसँगै मुलुक पुनःसंरचनामा गयो । यस अनुसार मुलुकलाई ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहमा विभाजन गरिएको छ । पाँचथर जिल्लालाई ७ गाउँपालिका र १ नगरपालिका सहित जम्मा ८ स्थानीय तहमा विभाजन गरिएको छ । जिल्लाको एक मात्र नगरपालिकाको रुपमा रहेको फिदिम नगरपालिकामा साविकका फिदिम, चोकमागु, लुम्फाबुङ, सिवा, रानीटार, लुङरुपा, नांगीन र याङनाम गाविसहरु समावेश गरिएको छ । यस नगरपलिकालाई १४ ओटा वडाहरुमा विभाजन गरिएको छ । यस नगरपालिकाको भौगोलिक अवस्थिति हेर्दा समुद्र सतहबाट १,३८० फिट, फिदिम–४ माझिटार देखि १०,७३७ फिट लुङरुपाको छिन्तापुडाँडा उचाइमा अवस्थित छ । यस नगरपालिकाको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ ।6 यसरी हेर्दा स्थानीय निकाय र स्थानीय तह हुँदा फेदेन (फिदिम) को भूगोल थपिँदा क्षेत्रफल परिवर्तन भएको पाइन्छ ।

जनसंख्या र बसोबासका दृष्टिकोणले हेर्दा लिम्बुवानमा लिम्बूहरु कहाँवाट कसरी यो क्षेत्रमा प्रवेश गरे भन्नेमा भिन्न भिन्न मत पाउन सकिन्छ । इतिहासकार इमानसिंह चेम्जोङले तीनतिरवाट लिम्बूहरु आएका बताए पनि अन्वेषक तथा इतिहासका अध्येता कृष्णविक्रम नेम्बाङका अनुसार लिम्बुवानमा अहिले झुरुप्प देखा परेका लिम्बूहरु एकै ठाउँ, एउटै दिशा र एकै पटक आएका मानव हैनन् ।7 लिम्बुवान क्षेत्रका प्रमुख बासिन्दा लिम्बू भएको आधारमा हेर्दा लिम्बुवानको भुगोलभित्र रहेको फेदेनका प्रमुख बासिन्दा याक्थुङ (लिम्बू)हरु हुन् भन्न सकिन्छ । पछि लिम्बुहरुले अन्य मानिसको बसोबास गराएको विश्वास लिन सकिन्छ । बजारको जग बसाउने र विस्तार गर्ने चरणमा यहाँको घर परिवार जनसंख्या न्यून थियो । समय क्रमसँगै बजार बिस्तार भएसँगै गाउँगाउँवाट यस ठाउँमा बसाई सर्नेका लहर चलेपछि यहाँको जनसंख्या वृद्धि भएको पाउन सकिन्छ । स्वास्थ्य, शिक्षा, यातायात, रोजगारीको अवसर लगायत सुबिधाले गर्दा मासिन गाउँवाट शहर पस्ने क्रम चल्यो । अझ जनयुद्धको प्रभाव पूर्वमा परेसँगै गाउँवाट सदरमुकाम बसोबास गर्ने लहर चलेसँगै यहाँको जनसंख्या वृद्धि भएको देखिन्छ । वि.स. २०५८ अनुसार फिदिमको जनसंख्या पुरुष ६८८९ र महिला ६७७४ गरी जम्मा १३,६६३ रहेको देखिन्छ । वि.स. २०६८ मा यहाँको जनसंख्या पुरुष ८,३६८ र महिला ९,०३१ गरी जम्मा जनसंख्या १७३९९ पुगेको देखिन्छ । यसै गरी, जनगणना २०७८ मा यहाँको जनसंख्या महिला २४,८१६ र पुरुष २३,६७० गरी जम्मा ४८,४०५ रहेको छ ।8 यसका आसपासका अन्य गाविसहरु समेत यसैमा गाभेर नगरपालिकाको भूगोल बिस्तार गरिएकाले पनि जनसंख्या वृद्धि भएको पाउन सकिन्छ ।

ड्रोन क्यामेराबाट लिइएको वर्तमान फिदिम बजारको तस्विर ।

पूर्वाधार विकासका हिसावले फेदेनलाई हेर्दा मूख्य बाटोका रुपमा रहेका पुरानो बैंक लाईन–ठाडो लाईन हुँदै शनिबारे निस्कने बाटो नै बजार क्षेत्रका रुपमा रहेको थियो । सो ताका यस बजारमा कच्ची घरहरु मात्र बनेका थिए । यातायात सुविधाका लागि मेची राजमार्ग बिस्तार हुने क्रममा सडकको इलाईटमेन्ट परिवर्तन भएपछि बजार क्षेत्र पनि सोही सडक आसपास बिस्तार हुने क्रम बढ्यो । सवारी साधन सुविधा सुचारु भएपछि फिदिम बजार क्षेत्रका रुपमा विकास हुन थाल्यो । अहिले फिदिम बजारभित्र मूख्य सहित सबै शाखा सडकहरु कालोपत्रे भएका छन् । बजार क्षेत्र भित्र ठूला र सुबिधा सम्पन्न भवनहरु निर्माण भएका छन् भने झुप्रा घरहरु करिब भेटिदैनन् । अझ पाँचथरको च्याङथापुदेखि बैतडीको झुलाघाटसम्म जोड्ने मध्यपहाडी लोकमार्गले छोएका १० ओटा बजारहरुलाई नमुना बजारका रुपमा विकास गर्ने सरकारको योजना अनुसार फिदिम बजार समेत छनोट हुनुले व्यवस्थित बजार बिस्तार र अन्य भौतिक पूर्वाधार विकासका गतिविधिहरु निरन्तर रुपमा निर्माण भईरहेका छन् । फिदिम बजारको आकर्षणका रुपमा ओम्देन (रमिते) भ्युटावर, बीपी पार्क निर्माण भईसकेका छन् भने गणेशमान सिंह स्मृति पार्क, महभीर क्षेत्रको पार्क निर्माणाधिन अवस्थामा रहेका छन् । नागरिकले हिजो प्रयोग गरेको टुकीको बदलमा विद्युत, दाउरा र स्टोभको बदलामा ग्याँस र विद्युतीय चुल्होको सुबिधा उपभोग गरिरहेका छन् । पूर्वाधार विकासका आयामहरुले यी सब सम्भव भएका हुन् ।

शैक्षिक दृष्टिकोणले हेर्दा फेदेन बजार भन्दा आसपास रहेका स्थानमा पहिले शैक्षिक गतिविधि भएको पाउन सकिन्छ । पूर्वकै प्रतिष्ठित शैक्षिक प्रतिष्ठानका रुपमा छिमेकी जिल्ला तेह्रथुमको चुहानडाँडामा क्याम्पस सञ्चालन हुँदा यहाँ उच्च तहको अध्ययन अध्यापन गर्ने वातावरण थिएन । जब पाँचथर बहुमुखी क्याम्पस २०३९ सालमा स्थापना भयो, त्यसपछि मात्र फिदिममा उच्च शिक्षा अध्ययन अध्यापनको लहर चलेको पाइन्छ । हालः यो क्याम्पसमा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन चलिरहेको छ । विद्यालयको इतिहास हेर्ने हो भने पनि आङसराङ स्थित जयनारायण मावि (तत्कालिन श्रीमार्गदेवी आधार पाठशाला) पहिले नै स्थापना भएको देखिन्छ ।9 जिल्ला सदरमुकाम फिदिम बजारमा अवस्थित फिदिम (तत्कालिन प्रसादसिंह) माविको स्थापना भएपछि यहाँ पठनपाठनको सुरुवात भएको देखिन्छ । यसपछि आसपासका क्षेत्रमा समेत सामुदायिक विद्यालय र नीजि विद्यालयहरु स्थापना एवं सञ्चालन भएपछि बजारले शैक्षिक विकासमा फड्को मारेको देखिन्छ ।

झण्डै ६ दशक अघिको फिदिमस्थित गणतन्त्र चोक र चारबरे। तस्विर स्रोतः लक्ष्मण लाओती

साँस्कृतिक रुपले हेर्दा यस क्षेत्रका आदिवासी याक्थुङ (लिम्बू)ले संस्कृति र अधिकारको संरक्षण गर्न संघर्ष गरेको पाईन्छ । यस सन्दर्भमा लिम्बुवान क्षेत्रमा लामो अध्ययन अनुसन्धान गरेका Lionel Caplan ले भनेका छन्– ‘‘लिम्बुहरु साँस्कृतिक अतिक्रमणलाई रोक्ने प्रयन्त गर्छन् र आफ्नो विशिष्ट संस्कृतिमाथि जोड दिएर छुट्टै समुदायको रुपमा रहन चाहन्छन् ।’’10 मान्दै आएको आफ्नो मौलिक संस्कार, संस्कृति रितिरिवाज एवंम् परम्पराहरु क्रमशः लोप हुँदै गएको पाउन सकिन्छ । विशेष गरी, यहाँ लाग्ने मेला, पर्व, विवाह, बर्खान्त लगायतका साँस्कृतिक कार्यहरुमा यहाँको संस्कृति झल्कने या?लाङ (धाननाँच), के?लाङ (च्याब्रुङ), ख्याली, हाक्पारे आदि अवलोकन गर्न पाइएको स्थानीय ज्येष्ठ नागरिकहरु बताउँछन् । पालाम गाएर नै महिला पुरुषबीच चिनजान, साइनो केलाउने र धान नाच्ने गरिन्थ्यो । समयको विकास क्रमसँगै अहिले यहाँको खास संस्कृति लोप हुने क्रममा पुगेको आभाष हुन्छ । या?लाङ, के?लाङ लगायतका लिम्बू समुदायको जीवन पद्धतीसँग जोडिएका साँस्कृतिक क्रियाकलापहरु अहिले कुनै औपचारिक कार्यक्रमको मञ्चमा पुगेका छन् । बजारको बिस्तारसँगै आफ्नो घरमा हुने विवाह समारोह अहिले सुबिधा सम्पन्न होटलमा आयोजना गर्न थालिएको छ । यसरी होटलमा आयोजना गरिने विवाहमा संस्कृतिको रुपमा प्रयोग गरिने बन्दुक पड्काउने कुरै भएन । हरेक घर घरमा गरिने चासोक पर्व अहिले कुनै संस्थाको व्यानारमा मञ्चमा आयोजना गर्न थालिएको छ । नेपाली संस्कृतिमा नभएको जन्मदिन केक् काटेर होटलतिर मनाउन थालिएको छ ।

आर्थिक हिसाबले हेर्दा ४० को दशकसम्म फिदिम सामान्य आर्थिक गतिविधि हुने केन्द्रको रुपमा स्थापित थियो । हटिया तथा स–साना पसलबाट मानिसहरु वस्तु तथा नगदको विनिमय गर्दथे । यस बजारमा यातायातका साधनको सुबिधा बिस्तार भएसँगै ठूला लगानीका व्यावसाय पनि सञ्चालन आउनुका साथै आर्थिक गतिविधि तिव्र रुपमा विकास भएको देखिन्छ । सुबिधा र सुरक्षाका लागि बजार पस्ने लहरले गर्दा बजारको जनसंख्या मात्र बढेन, यहाँका हरेक आर्थिक गतिविधिहरुमा तिव्रता ल्यायो । घरजग्गाको भाउ बढ्यो । फलस्वरुपः ठूला भवनहरु, व्यवस्थित होटल, विभिन्न सामग्री पाउने पसलहरु सञ्चालनमा आए । यसले यहाँको आर्थिक गतिविधिमा प्रभाव पारेको देख्न सकिन्छ ।

सञ्चार र प्रविधिका आधारमा हेर्दा यो बजारले धेरै नै ठूलो फड्को मारेको पाइन्छ । विगतमा भएको हुलाक मार्फत पत्राचार गरेर सूचना आदान प्रदान गर्ने चलन अपवाद बाहेक करिब अन्त्य नै भएको छ । समग्र मुलुकले यस क्षेत्रमा गरेको लगानी र स्थानीयले गरेका अभ्यासका आधारमा यो सुबिधाको उपभोग गर्न मानिस सक्षम भएका छन् । कुनै बेला रेडियो नेपालले निश्चित समय गर्ने प्रसारणको भरमा सूचना, समाचार र मनोरञ्जनका सामग्रीहरु अहिले बजारभित्र नै स्थापना भएका एफ.एम. रेडियो, अनलाईन पोर्टलहरु, समाजिक सञ्जाल लगायतले मानिसको हात हातमा पुर्याएको छ । यसै गरी, राष्ट्रिय र क्षेत्रीय टेलिभिजन स्थापनामा चलेको प्रतिस्पर्धाले नागरिकको पहुँचमा सूचनाका माध्यम पुगेका छन् । हरेक व्यक्तिसँग हुने मोबाइलको प्रयोगले रेडियो, घडी, टर्चलाईटको प्रयोगकर्ता एकाधमा सीमित बनाएको छ ।

नमूना शहरको रुपमा विकास भइरहेको पाँचथर सदरमुकाम फिदिम। तस्विरः गिरिराज बाँस्कोटा

टुङग्याउनीमा,
बेलाबखत हुने कुराकानीमा बाल्टिन र लाल्टिनको नाम ठिक उल्टो भयो भनेर प्रसङ्ग आउने गर्छ– बल्ने चिज नै नभएको सामग्रीलाई बाल्टिन र कुनै वस्तु लगाउने ठाउँ नभएको तर बल्ले सामग्रीलाई लाल्टिन भनियो भरेर । यसको सन्देश हो– कुनै पनि ठाउँ वा वस्तुको नाम राखिँदा आर्थपूर्ण हुनु पर्दछ । र, त्यसको इतिहास मेटिनु हुन्न । स्थान नामको महत्वलाई मनन् गर्दै भारतको ठूलो शहर बम्बईले आफ्नो मौलिक नाम मुम्बई नै राखेको छ । हाम्रै नजिकैको फालेलुङ गाउँपालिकाको मुकामका रुपमा रहेको परिवर्तित नाम थोक्लिम्बालाई मौलिक नाम थकेपुङ राख्ने निर्णय पालिकाले गर्यो । यसरी हेर्दा ‘फेदेन’ देखि ‘फिदिम’ सम्मको लामो यात्रामा यस बजारले धेरै आरोह अवरोहहरु पार गर्यो । यस बजारको मौलिक नाम सच्याउन अधिकार प्राप्त स्थानीय तहले कदम चाले इतिहास र संस्कृतिको सम्मान हुनेछ । अर्को विषय, मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग, तामोर कोरिडोर, फिदिम–फालोट सडक, राँके–रवि–भेडेटार सडकको सुबिधा लगायतले यस स्थानको बजार अझै बढेर जाने सम्भावना देखिन्छ । विशेषतः मौलिक संस्कृतिको प्रवद्र्धन सहित पर्यटनको माध्यमबाट आर्थिक उपार्जनमा टेवा पुर्याउँदै समृद्ध नागरिक र समृद्ध शहरको अठोट पूरा गर्न सकिन्छ ।


1 https://www.phidimmun.gov.np
2 भोजेन्द्र अर्याल, सामाजिक परिवर्तन र विकासको अध्ययन/पेज नं. १
3 भोजेन्द्र अर्याल, सामाजिक परिवर्तन र विकासको अध्ययन/पेज नं. ३४
4 भवानी बराल र कमल तिगेला, लिम्बुवानको राजनीति/पेज नं. ३१
5 अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावती, दश लिम्बुवान सत्र थुमको नीति/पेज नं. १५६
6 https://www.phidimmun.gov.np
7 कृष्णविक्रम नेम्बाङ, इतिहास पहिचान
8 https://censusnepal.cbs.gov.np
9 राप्रकाश समथिङ, तथ्याङकमा पाँचथर/पेज नं. ३६
10 लिओनेल कपलान, अनु– राजेन्द्र सुब्बा, पूर्वी नेपालमा लिम्बु जातिको कपिट र सामाजिक फेरबल/पेज नं. २०२

सन्दर्भ सामग्रीः
अर्याल भोजेन्द्र, सामाजिक अध्ययन र विकासको अध्ययन २०६८, काठमाण्डौ : ज्ञानकुञ्ज प्रकाशन
कप्लान लियोनल, अनु सुब्बा राजेन्द्र पूर्वी नेपालमा लिम्बु जातिको किपट र सामाजिक फेरबदल सन् २०१०, काठमाण्डौ जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र
गुरुङ रामप्रकाश समथिङ, तथ्याङ्कमा पाँचथर २०६९, विराटनगर तारा सुदर्शन र प्रदर्शन गुरुङ
दुलाल क्षेत्री डा. देवी, पाँचथरको इतिहास २०६९, काठमाण्डौ सक्सेस फाउण्डेशन
नेम्बाङ कृष्णविक्रम, इतिहास पहिचान २०७८, ललीतपुर ः मुन्धुम एकेडेमी
बराल भवानी र तिगेला कमल, लिम्बुवानको राजनीति २०६४, धरानः भानेन्द्रकुमार लिम्बू
माबुहाङ अर्जुनबाबु र लावती लक्ष्मण, दश लिम्बुवान सत्र थुमको नीति २०७८, काठमाण्डौं : तेजेन्द्र कुरुम्बाङ

https://censusnepal.cbs.gov.np

https://www.phidimmun.gov.np

 

The post त्यो फेदेन, यो फिदिम appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2024/2311/feed 0 2311
अनिकाल खेदाउने चाँडः सिसेक्पा तङ्नाम https://sumhatlungtimes.com/details/2024/2292 https://sumhatlungtimes.com/details/2024/2292#respond Wed, 17 Jul 2024 10:46:15 +0000 https://sumhatlungtimes.com/?p=2292 – रुकमान केरुङ लिम्बू नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने एक मूलबासी÷आदिवासी अन्तर्गतको जाति हो, याक्थुङ (लिम्बू) जाति। लिम्बू जातिको आफ्नै मौलिक भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, अस्तित्व र पहिचान छ । लिम्बुवान (अरुण पूर्वका नौ जिल्ला समेटेको भू–भाग)…

The post अनिकाल खेदाउने चाँडः सिसेक्पा तङ्नाम appeared first on sumhatlungtimes.

]]>

– रुकमान केरुङ लिम्बू

नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने एक मूलबासी÷आदिवासी अन्तर्गतको जाति हो, याक्थुङ (लिम्बू) जाति। लिम्बू जातिको आफ्नै मौलिक भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, अस्तित्व र पहिचान छ । लिम्बुवान (अरुण पूर्वका नौ जिल्ला समेटेको भू–भाग) लाई मूल थातथलो मान्ने लिम्बू जातिको बसोबास नेपालको विभिन्न ठाउँहरू, भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, मिरिक, कालिम्पोङ, आसाम, मणीपूर आदि भू–भागहरूमा लिम्बूहरूको उल्लेख बसोबास पाइन्छ।

त्यस्तै अन्य विभिन्न देशहरू भुटान, वर्मा (म्यानमार), सिंगापुर, मलेसिया, अमेरिका, अस्ट्रेलिया लगायत युरोपका विभिन्न देशहरूमा पनि लिम्बूहरूको बसोबास पाइन्छ। लिम्बूहरूले देश तथा विदेशका विभिन्न क्षेत्रहरूमा संगठित भएर आफ्नो पहिचान बचाउने तथा आपसी सरसहयोग र सद्भाव कायम गरिरहेका छन्। लिम्बू जातिको आफ्नो भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, अस्तित्व र पहिचानहरूको संरक्षण, प्रबद्र्धन तथा पुस्तान्तरणको निम्ति आफ्नै मूल्य–मान्यताका विभिन्न चाँडपर्वहरू समय अनुकूल मनाउदै आइरहेका छन्।

लिम्बूहरूले आफ्ना चाँडपर्वहरूलाई लिम्बू भाषामा तङ्नाम भन्ने गर्दछन् । लिम्बू समुदायमा विशेष महत्व भएका केही तङ्नामहरू ः

१, यक्वा तङ्नाम
२, सिसेक्पा तङ्नाम
३, चासोक तङ्नाम
४, कक्फेवा तङ्नाम
५, वलिहाङ तङ्नाम

माथि उल्लेखित तङ्नामहरू मध्ये यक्वा–सिसेक्पा–चासोक–कक्फेवा तङ्नामहरू कृषि अन्नबालीहरू लगाउने र बालीनाली उठाउने सम्बन्धी एक किसिमको वार्षिक चक्रका रुपमा मान्ने गरेको देखिन्छ । जस्तै, पहिलो चाँडको रूपमा यक्वा तङ्नाम– चैत्र÷वैशाख महिनामा पर्ने गर्दछ। यो समयमा नयाँ बाली लगाउने र बालीनाली सप्रियोस भनी पूजाआजा गर्ने चलन रहिआएको छ।

त्यसैगरी सिसेक्पा– कुनै कुनै बालीहरू सिसेक्पा (साउने सङ्क्रान्ति)को समयमा पाक्ने हुनाले उक्त पाकेको अन्नपातलाई पहिले माङ्लाई पूजाआजा गरी चढाएर नयाँ अन्नहरू खाने चलन छ । त्यसैगरी चासोक तङ्नाम– यक्वा तङ्नाम (चैत्र÷वैशाख) मा लगाइएको बालीनालीहरू असोज÷कार्तिक महिनामा पाक्ने हुँदा पाकेका अन्नबालीहरू इष्ट देवता (युमा साम्माङ्) लाई चढाएर खाने गरिन्छ । कक्फेवा तङ्नाम– माघे सङ्क्रान्तिसम्म आइपुग्दा अन्नपातहरू सकिदै जाँदा बाँकि समय जमिन मुनि फलेका कन्दमूलहरू (तरुल, वनतरुल) इत्यादि खाएर भए पनि जीवन यापन गर्न सकिन्छ भनि कक्फेक्वा तङ्नाम मनाउने गरिन्छ।

परापूर्वकालदेखि लिम्बू परम्परा अनुसार वलिहाङ तङ्नाम कार्तिक महिनामा मनाउने गर्दछन्। वलिहाङ तङ्नामको आफ्नै महत्व र मिथक छ। यी प्रमुख चाँडहरूमध्ये सिसेक्पा तङ्नाम सम्बन्धी केही चर्चा गर्ने जमर्को गरेको छु।

भाषाशास्त्रीय हिसाबले सिसेक्पा भन्नाले (सि + साक + पा ) को अर्थ मरण छेक्ने वा मर्ने तवर वा तरहको अनिकाल छेक्ने चाँड भन्ने बुझाउँदछ। हाम्रा पुर्खाहरूले जीवनयापन गर्ने क्रममा अनिकाल, भोकतिर्खासँग धेरै संघर्ष गर्नुपर्यो। हाम्रा पुर्खाले जङ्गली युगदेखि कृषि युगसम्म आइपुग्दा भोगेका संघर्षहरूलाई पार लगाउने उपाय खोज्दै यो समयमा यो तङ्नाम मनाउन सुरु गरेको देखिन्छ। हाम्रा पुर्खाहरूले जीवन जिउने क्रममा विभिन्न किसिमको दुखकष्टहरू आउने गरेकोले त्यसबाट मुक्ति पाउँने उपायहरू खोज्दै समुदायमा चाँडपर्वहरूको रुपमा मनाउदै भावि सन्ततिहरूमा कहिले पनि यस्तो अनिकाल आइनपरोस, आइपरी हाले पनि त्यसको सामना गर्नको निम्ति सचेत गराउन पनि यो सिसेक्पा तङ्नाम मनाउने गरिन्छ।

सिसेक्पा तङ्नाम मुन्धुममा उल्लेख भए अनुसार राजा माङ्हाङ्को पालामा सावायेत्हाङ्का सन्तानहरुको बस्तीमा साक्चोङ् नाम गरेको अनिकाल मानिसको घरमा प्रवेश गर्यो। ठूलो अनिकाल र भोकमरीका कारण सावायेत्हाङ् गाउँमा हाहाकार मच्चियो। अनिकालको कारण मानिसहरू भोक भोकै मर्न लागे। भोकमरी किन सिर्जना भयो ? भन्ने चिन्ताले राजा माङ्हाङ् तड्पिए। राजाले तागेरा निङ्वाफुमाङ्सँग आराधना गर्न थाले। सपनामा तागेरा निङ्वाफुमाङले “बिहान उठेर तिम्रो बारीमा हेर्नु, अन्न फलेको देख्छौ’’ भन्नुभयो। बिहान बारीमा हेर्न जाँदा भटमास, बोडी आदि उम्रि पाकिरहेको देखेर खुसी भई राजा माङ्हाङ्ले हाङ्चुम्लुङ् बोलाएर सबैलाई पाकेको अन्न ल्याएर खाई बाच्नु भनि निर्देशन दिए।

सावायेत्हाङ् गाउँका जनताहरूले भटमास, बोडी पकाई खाएर अनिकालबाट बाँचे। उनै तागेरा निङ्वाफुमाङ र राजा माङ्हाङ्को सम्झनामा सिसेक्पा तङ्नाम सावायेत्हाङ् गाउँमा प्रत्येक वर्ष मनाउन थाले।

सिसेक्पा तङ्नामको दिन बिहानै नजिकैको जङ्गलमा गई आवश्यक सामग्रीहरू खोजेर तयार गर्ने गरिन्छ । सिदिङ्बा (अडेरी काँडा), युक्निवा (हर्कटो), कुरिल्लो, कुकुरडाइनोको पात, सिस्नु, बरपिपलको पात लगायत खेत बारिमा नयाँ पाकेको अन्न, फलफूलहरूलाई बाबियोको डोरी बनाई त्यसमा सिउरिएर घरको मूलढोका साथै घर वरिपरि टाँग्ने गरिन्छ। जसलाई साक्च्योङ् भन्ने गरिन्छ। साक्नाम् खेदाउनको लागि साँझमा थाल बजाउदै, नाङ्लो ठटाउँदै, सानो डोको बोकेर, अगुल्टो सहित घरको कुना–कुनाबाट मूलखम्बा वरिपरि हुँदै मूलढोकाबाट पश्चिम दिशामा कुनै चौबाटोमा लगी बिर्सजन गर्ने चलन छ।

हामी सानो हुँदा बोजु–आमाहरूले “साक्नाम् पेगेओ, याक्नाम ते?ओ (अनिकाल जाउ सहकाल आउ), नाना पेगेओ, यम्मो मेदेन्नो (परपर जाउ फेरि नआउ)’’ भन्दै साक्नाम्लाई खेदाउनुपर्छ भन्नुहुन्थ्यो। हामी दाजुभाई दिदीबहिनीहरू मिलेर खेदाउने गथ्र्यौँ। साथै बिसर्जन गर्ने क्रममा पनि विभिन्न मुन्धुमहरू फलाक्दै पश्चिमतिर फर्केर खुट्टाले कुल्चिएर घर फर्किने चलन छ। स–परिवार बसेर रमाइलोकासाथ सिसेक्पा तङ्नाम मनाउने चलन रहिआएको छ।

पोर्चुगलमा विगत केही दशकदेखी लिम्बूहरूको बसोबास उल्लेख बृद्धि भईरहेको देखिन्छ। सन् २०१४ मा किरात याक्थुङ चुम्लुङ सामाजिक संस्था गठन गरी लिम्बूहरूबिच पारस्परिक एकता, संस्कार, संस्कृतिको जगेर्ना, पौरवी तथा पुस्तान्तरण आदिमा पहलकदमी गर्दै आइरहेको छ। कियाचु पोर्चुगलले स्थापनाकालदेखि नै प्रत्येक साल विभिन्न चाँडपर्वहरूको अवसरमा कार्यक्रमहरू गर्दै आइरहेको छ।

हालः पोर्चुगल

The post अनिकाल खेदाउने चाँडः सिसेक्पा तङ्नाम appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2024/2292/feed 0 2292
सेन्जेमा तालतिर बरालिँदा https://sumhatlungtimes.com/details/2024/2124 https://sumhatlungtimes.com/details/2024/2124#respond Wed, 22 May 2024 12:18:14 +0000 https://sumhatlungtimes.com/?p=2124 – सन्तोष नेम्बाङ लिम्बू ९ जेठ २०८१। भारतीय साहित्यका महापन्डित राहुल साँस्कृत्यायनको नियात्राको बर्णनले तानेर होला मलाइ पनि नयाँ-नयाँ ठाउँ पुग्न घुम्न मन लाग्छ । उनले आफ्नो उपन्यासमा यात्रा गरेका ठाउँको प्राकृतिक, आर्थिक र सांस्कृतिक जीवन र इतिहासको अन्वेषणका साथै…

The post सेन्जेमा तालतिर बरालिँदा appeared first on sumhatlungtimes.

]]>

– सन्तोष नेम्बाङ लिम्बू

९ जेठ २०८१। भारतीय साहित्यका महापन्डित राहुल साँस्कृत्यायनको नियात्राको बर्णनले तानेर होला मलाइ पनि नयाँ-नयाँ ठाउँ पुग्न घुम्न मन लाग्छ । उनले आफ्नो उपन्यासमा यात्रा गरेका ठाउँको प्राकृतिक, आर्थिक र सांस्कृतिक जीवन र इतिहासको अन्वेषणका साथै यात्रामा आइपरेका कठिनाइहरूको वर्णनले मेरो भित्री मन खिचिरहन्छ । राहुलकै प्रभावको कारण यायावर भिक्षु भइ सारा हिमाल, पहाड, खोचँ, दुन, बेँशी, लेकाली ठाँउहरु घुम्दै जीवनको डायरी लेख्न सँकु । नोकरीको दौरानबुवा प्रेम बहादुरले घुमे जति मैले उतिसारो घुम्ने अवसर पाएको थिइन । यस पटक संयोगले मलाइ ताप्लेजुङको भ्रमण गर्ने अवसर जुर्यो । ओलाङचुङगोलामा सघन शहरी तथा भवन निर्माण आयोजना झापा मार्फत निर्माणाधिनपूर्वाधार निर्माण आयोजनाको स्थलगत अनुगमनको क्रममा भ्रमण गर्ने अवसर मिलेको हो । ताप्लेजुङ सदरमुकामबाट दुर्इ दिनको यात्रा पछि ‌ओलाङचुङगोला पुगियो। हाम्रो यात्राको मुल गन्तव्य भने गोलाभन्दा एकदिन माथीको सेन्जेमाताल पुग्नु थियो ।

बैशाख १७ गते

फूङलिङबाट आयोजना प्रमुख सुदिप पौडेलको अगुवाइमा ओलाङचुङगोला तर्फ प्रस्थान गर्यौ । मनमा कहिले गोला गाँउ र सेन्जेमा ताल पुग्न पाँउ भन्ने हुँटहुँटी र उत्सुकता कायम नै थियो । हाङदेवा पहिरो, लिङतेपको सिंवा बजारबाट तमोर कोरीडीर सडक पच्छ्याउदैछौ । थिवा हुँदै तापेथोक पुग्दा दिनको ३ बज्यो ।सडक नहुँदा तापेथोकबाट फुङलिङसम्म एक दिनको बाटो रहेछ । तमोर किनारमा अवस्थित तापेथोक उपत्यका जस्तो लाग्ने । वरीपरी पहाडै पहाडले घेरिएको । खेतबेसीहरु भएको उब्जाउयुक्त भूमी । इलाममा चारैतिरचियाबारी देखे जस्तो लेलेप पुगुन्जेलसम्म दायाँवाँया अलैचीका बगानै बगान । खोल्सीको कालोहिरा नामले चिनिने अलैची खेती ।आजभोली सुख्खा अलैची प्रतिमनको असीहजार पुगेको सहयात्री खगेन्द्र खतिवडाले सुनाए । स्थानीय तहले यो क्षेत्रलार्इ अलैची जोन नै घोषणा गरेको रहेछ ।

उकालो-ओरालो-साँघुरो भीरको खोच हुँदै करिब ८ घन्टाको सवारी यात्रा पछि लेलेपको इलाडाँडामा बाँस भयो । कच्ची सडकको यात्राले होला प्राय सबैलाइ थकानको महसुस भयो । स्थानीय शेर्पा दिदिको आत्मिय आतिथ्यतासँगै बिहान सबैरै उठने सल्लाह भयो । मलाइ भने चाँडो निद्रा परेन ।यात्रा टोलीका अन्य सदस्यहरु थकानले होला सुस्त-सुस्त घुर्न थाले । मलाइ भने कहिले सेन्जेमा ताल पुगौ जस्तो हँतारोपन जाँगीरहयो । हाम्रो १३ जनाको जम्बो टोलीमा सबैभन्दा खुशी मै नै छु । खुशीले होला इलाडाँडाको हातखुट्टा कठाङ्कग्रिने चिसो हावामा पनि मलाइ जाडोको कुनै महसुस नै भइरहेको छैन ।

बैसाख १८ गते

बिहान हाम्रो यात्रा इलाडाँडाबाट शुरु भयो । हामीलाई यात्राको करिब १ घन्टामा नै प्रकृतिले स्वागत गरिरहेको महसुस हुन थाल्यो । भिरालोमा हानिएर बगेको तमोर खोलाको ‌सुसेलीले हाम्रो कान गुन्जमान बनाएको थियो । कञ्चन, निर्मल घुन्सा र याङमा खोला पहाडको खोचबाट बगेको छ । यो दृश्यले थप आनन्द र हृदयलाई ‌पुलकित तुल्याएको छ। झापाको गर्मीले सताएका  हामीलाई चिसो बतासले स्पर्श गर्दा आनन्दको अनुभूति गरिहेका छौ।

ओलाङ्चुङ्गोला बजार।

इलाडाँडाबाट पहिलो स्थान सुकेपानी पुगियो । सुकेपानीमा तमोरको अग्लो फलामे पुल तर्नु पर्ने । पुलको वाँया पट्टीको लठ्ठा तन्कीएर एकपट्टीको टेक्ने भाग कोल्टे परेको छ ।पुलको मुनी झरना भर्इ बगेको तमोर नदी । झरनाले बनाएको निलो न निलो दह । दायाँवायाँ सुरक्षाको लागी लगाएको तारजाली पनि चुडीएर तुन्द्रुङ्गै झुन्डीएको । हामी अगावै सहयात्री शुसिल बास्कोटा, सुवास खड्का,  फुङलिङ निवासी सीता पोखरेल,र्इ.अभिषेक आचार्य सरले पुलको लठ्ठालार्इ दाँयाबायाँ हातको साहाराले समाउदैपारी तर्नु भयो । अब पुल तर्नेमा म परे । मलाइ उचाइ देखि ‌औधी डर लाग्ने । पोखराको डेभिड फल झरना जस्तै लाग्ने तमोरनदी । दुर्इ ढुङ्गाबीचको कापबाट झरना झै गर्जन्दै, बाफिन्दै ५० मीटर भन्दा तल सम्म बगीरहेको छ । पुलमुनी केही झरेमा पानीको फोहोराले हुत्याएर बेपता हुने डरमर्दो दृश्य । पारीबाट पुलमा जुत्ता चिप्लिएला विस्तारै आउनु भन्ने मधुरो आवाज सुनिन्छ । कसो-कसो गर्दा मेरो आँखाले निलो दहमाथी पुलहिडीरहेको झै देखे । मन फुलेर आयो । ढुकढुकीको चाल झन-झन बढन थाल्यो । कसरी पुल तर्ने मन मनै गम्न थाले । यस्तो अवस्थामा पनि पुल मर्मत गर्न किन नसकेको ? यहाँका बासीहरुले किन यस्तो जोखिम मोलेको ? कि बनाउनै नचाहेको ?

यस्तै के-के सोच्दै पुलवारी थकाइ लागेको बाहाना गरेर बसिरहेको थिए । यतिकैमा उपत्यका निवासी आयुष्मा लम्साल र सृश्टी तिवारी थकित भएर आइ पुगे । उपत्यकाको रहन सहनले होला पुलको यस्तो हालत देखेर झसँङै भएको महसुस गरे । अबुइ कसरी तर्नु नि भन्दै दुवै जना म तिर फर्के । मैलै नि सोचे हिडेको १ घन्टा भा छैन । दायाँ बायाँ हेर्यो  ठाडो उकालो साँघुरो बाटो मात्रै आँखा अगाडी । माथी हेर्यो पहाडको टुप्पाले निलो आकाश छुन खोजे जस्तोमात्र  देखिन्छ । यहाँ पुग्दा त पुलको डरले ताल जाने जाँगर जोस नै रोकौ जस्तो भयो । यतिकैमा तराइबासी जीवछ र अनिल शाहले डराइ डराइ पुलको लठारो समाउदै पाइला बढाए । विस्तारै-बिस्तारै पुलको आधाभाग पुगे पछी लौ डराउनु पर्दैन सबैजना आउनु नभए छोडिएला भन्दै पारी पुगे । हामी पनि आलोपालो गर्दै लठारोमा सम्हालिन्दै बिस्तारै पारी तर्यौ । पारी पुगे पछि भने वल्ल आनन्द महसुस भयो  । अब भने सजिलै ताल पुगिने हौसला पलायो ।

तमोर कोरीडोरको ट्रयाकमा सडक मर्मत कार्यहरु भइ रहेको छ । तमोरको तीरैतीर मार्क गरेर बनाएको सडक खण्ड कहिकतै भने नाकै ठोकिने उकालो । तमोरलाइ बाँया पारेर  हिडेको ४ घन्टा पछी मावा हुँदै जंगिन भन्ने स्थान पुग्दा विहानको ११ बजे छ ।गोला जाँदा र आउदा प्राय सबै यात्रीहरु यही स्थानमा थकाइ मार्दा रहेछन् । यहाँ फाँटीलो चौर भएर पनि होला चौरी खच्चडघोडाहरुलार्इ पनि पानी खुवाउने, भारी विसाइ दिने गरिन्दो रहेछ । यहाँ दुर्इ चौरीगोठ र पाटी रहेछ । गोठमा तातोपानी तताइ माग्यौ । गाँउघरको सदासयता अझै कायम रहेछ । गोठका दिदिले झर्को नमानी हामीलार्इ तातोपानी तताएर दिनु भयो। विहानको चर्को घाममा हिडेर होला बढी थकान लागेको महसुस भयो । इलाडाँडामा शेर्पेनी दिदिले लगाइ दिनु भएको चिउरा,चाउचाउसँगै तातोपानीले भोक मेटायौ ।

तीर्थयात्रीले बनाएका ढुंगाका देउरालीहरु।

सुकेपानीबाट जंगिनसम्मको प्राय सामान्य उकालो बाटो । जंगिनमा कादुरी संस्थाले २०६० सालमा तमोर नदी माथी बनाइ दिएको फलामे पुल रहेछ । यहाँबाट हामीले टन्टलापुर घाममा उकालो बाटोको पाइला बढायौ । यात्राको दौरान वारीपारी तमोरको एकोहोरो सुसाइ सुनिरहेका छौ । विभिन्न प्रजातीका लालिगुँरा फुलीरहेका छन् । बाटोमा घोडा खच्चडले ग्रोब्राएका लिदीका दुर्गन्ध । सहयात्रीहरुको हाँसीमजाकले ठाडो उकालोमा खुट्टा घिस्याएको पतो भने नहुने । जंगिनको पुल तरेर उकालो छिचोले पछि पुन छागाँमाथीको तमोरमा अर्को पुल तर्यौ ।जति उकालो पुग्यो तमोर नदीमा छाँगा र झरना मात्र देखिने । यो पुल छोटो अग्लो भए पनि सुकेपानीमा तरेको पुलजस्तो डरमर्दो भने थिएन । यो पुल तरेपछि भने घुन्सा याङ्गमा जाने अर्को बाटो छुटिन्छ ।

यो पटक गरी हामीले तीन पटक तमोर तर्यौ ।तमोर किनार पच्छ्याउदै गोलातर्फ उकालै उकालो हिड्नु पर्ने । यहाँबाट अझ उकालो अर्को डाँडा छिचोल्नु पर्ने रहेछ । हामी भन्दा करिब ४०० मीटर अघी डाँडामाथी साथीहरुले हामीलार्इ पर्खिरहे । त्यो उकालो छिचोल्न एक घन्टा जतिनै लाग्यो ।डाँडामाथी चिसो हावा बहिरहेको छ । उकालोको थकान मार्दै सबैजना सुस्तायौ । बल्ल डाँडादेखि पारी रातो रङ्गले पोतीएको गुम्बा देखियो । गुम्बा मुनि रहेछ ऐतिहासिक गाँउ ‍ओलाङचुङगोला । अब भने हामीलार्इ गोला पुगे जस्तो भान भयो । तराईको समथर भू–भागमा ‌बसिरहेका हामीलाई उकालो बाटोले बडो सकस पारिरहेको थियो । हामी ‌स्वस्थ छौँ, बलिया छौँ भन्ने भ्रमबाट हामी ‌राम्रै तरिकारले मुक्त भएका थियौँ । म मात्र होइन,‌ हामी पछि आउदै गर्ने साथीहरुको अवस्था पनि उस्तै थियो । यो‌ सबै हाम्रो विलासी जीवनशैली र अस्वस्थकर भोजनको उपज हुनुपर्छ । हामी बेलैमा सचेत हुन पायौँ । गोलापुगियो भन्ने उत्साह एकअर्कालाई छर्दै यात्रा अगाडि बढायौँ । गोला पुग्दा ४ बजेछ । स्थानिय टासी शेर्पाजीको परिवारले तयार पार्नु भएको खाना खाएर आजको यात्रालाइ विट मार्यौ ।

तमोर नदिको किनारमा अवस्थित यो गोलागाँउको वारीपारी भीरैभीरको पहाडले घेरेको देखिन्छ । समुद्री सतहबाट ३२०० मीटर उचाइमा रहेको यो गाँउमा शेर्पा अर्थात वालुङ समुदायको मात्र सामुहिक बस्ती छ । जहाँ करिब६५ घरधुरी परिवारको बसोवास छ ।हालको मतदाता संख्या२८७ जना रहेको पाइयो । प्रशासनिक रुपमा प्रहरी चौकी-भन्सार कार्यालय-सीमा सुरक्षा सशस्त्र प्रहरी वल-एक स्वास्थ्य केन्द्र-फक्ताङलुङ गाँउपालिका वार्ड नं. ७ को वार्ड कार्यालय- प्राथमिक विद्यालय-एनटीसिको टावर – पुरानो एक बौद्द गुम्बा रहेको छ । करिब ४६५ बर्ष पुरानो दिकी छ्योलिङ गुम्बामा बौद्ध परम्परा अनुसार दैनिक पूजापाठकाकर्महरु हुने गरेको छ ।स्थानीयहरुको पेशा भने मुख्य गरी चौरीपालन, छुर्पी र गलैचा उत्पादन रहेछ । आजभोली केही स्थानियहरु पर्यटकहरुको कारण घरवास देखि होटल व्यवसायमा पनि आवद्ध छन् । प्राय जसो युवाहरु राजधानी देखि पश्चिममा मुलुकहरुमा बसोवास गर्दा रहेछन् ।

बैशाख २० गते

गोलाबाट सेन्जेमा पुगिन्जेल कहिपनि घरपसल नभएकोले विहानको खाना खाएर हिड्ने भयौ । इलाडाँडाबाट गोलापुग्दा उमेश खनाल सरलार्इ अपठ्यारो महसुस भयो । हाम्रो अनुमानमा वहाँलार्इ लेक लाग्यो । तराइवासी साथीहरुले पनि लामो बाटो पहिलो पटक हिडेर होला ताल जाने आट गर्नु भएन ।गोलाबाट सेन्जेमाताल जानेमा हामी ८ जना मात्र भयौ । हाम्रो यात्रा पुन तमोर नदीको किनारै किनार कोरीडीरको बाटो शुरु भयो । वारीपारी धुपीसल्ला,उतिस,लेकाली कटुस,गुराँस, झाडी बुट्यानको हरियालीमा चराचुरुङ्गीको सुमधुर आवाजले मन प्रफुलित छ ।तमोरको पारीपट्टी भीरतीर भीर मौरीको गोला- भीर गौथलीका झुन्ड, चौरीका बथान देखि घोरल चरिरहेको पनि देखियो । हामी चीनसरकारले तिवतेला भन्ज्याङबाट गोलासम्म खोलिदिएको सडक ट्याक पछ्याइ रहेका छौ । कोरोना कारण सडक बन्न रोकिएकोले प्राय सडक खण्डहरुढुङ्गाको ढिस्कानाले पुरिएको छ । कहिकही पाइला र लौरीमात्र टेकेर सडक पार गर्नु पर्ने । दुरभाग्यवस पाइला चिप्लीए तमोरको चिसोपानीमा पुगिने सम्भावना ।दर्जन बढी स्थानमा यसरी सम्हालिएर एकआपसमा हात समाएर बाटो पार गर्नु पर्ने । समुहमा हिडीएर होला बाटोको डरलार्इहाँसीमजाक , गफगाफले यात्रा भने रमाइलो नै भइरहेको छ। जतिमाथी जादै थियौ जाडोको महसुस उति बढदै थियो ।बेला बेला हावा वेगले चलिरहेको छ ।

करिब ३ बजे हामी पाटीलेक पुग्यौ । यहाँबाटबायाँतिर तमोर किनार छोडेर दायाँतर्फसेन्जेमा खोलाकोबाटो पछ्याउनु पर्ने भयो। तुवालो लागे जस्तो सेतै पानी हावाले उडाउन थाल्यो । हिउँ पर्न शुरु गरेको रहेछ ।जीवनमा पहिलो पटक हिँउ परेको अनुभव भइरहेको छ । हिउँ बाक्लो पर्न थाले पछि हामी ठूलो धुपीको फेदमा भेला भयौ । हाम्रो पथप्रर्दशक साम्दे शेर्पाले यसरी बसे बाटैमा रात पर्छ । बरु विस्तारै हिडौ भने । हामी उनले टेकेको हिँउमाथीको पाइला पछ्याउदै उकालो चढ्यौ । लाग्छ हामीले यतिबेला कुनै हिमाल आरोहण गरीरहेका छौ ।  हामी हिड्ने बाटो भरी हिउँ नै हिउँ । स्वास बढेको महसुस भइरहेको छ । बाटोमा म पछी अरु चारजना विस्तारै आइरहेका छन् । साँझको ६ बजे तिर हामी सेन्जेमाको छेर भन्ने स्थान आइ पुग्यौ । यहाँ चौरीका हाँचहरुउघ्राएरहेका थिए । नौलो मान्छे देखेर होला गोठमा भोटे कुकुरहरु भुक्न थाले । माथिल्लो अर्को गोठभित्रबाट धुवाँको मुस्लो उडेको देख्यौ । आजको हाम्रो बास बस्ने गोठ त्यही रहेछ । बाक्लो हिउँ परेर शीरमाथी , बोकेको झोलामाथी हिउँ थुप्रीएर सेतै छ । चिसो हावाको कारण जाडो लागिरहेको छ । जाडोले सबैलाइ कक्याएर होला मुखबाट वाफ निस्कीरहेको छ । बाहिरी जाडोबाट जोगिन हामी हतार हतार गोठभित्र छिर्यौ । भित्र दुइजना बाआमा जस्ता लाग्ने आगो तापेर बसी रहनु भएको थियो । हामीलाइ आगो ताप्न अगेना छोडी दिनु भयो । जाडोले आगो ताप्नु बाहेक अरु विकल्प थिएन । यतिकैमा आमाले तातो स्वादिलो भोटे चिया पिलाउनु भयो । चियाको चुस्की लिदै आमालार्इ सोधे हामी आउने खबर कसरी पाउनु भयो । यहाँ त मोवाइल पनि लाग्दैन नि ? तल छेर भन्ने बाटो हुँदै लस्करै हामी उकालो चढ्दै गरेको गोठबाट आमाले देख्नु भएछ ।हामी पुग्दा भोटे चिया तयार पारी सक्नु भएको थियो ।

साम्दे भाइको वुवा रिन्जी र आमा याङजी नाना मात्र गोठमा बस्नु हुँदोरहेछ । ८० वटाचौरी, तीन वटा भोटे कुकुर सहितको सानो गोठे परिवार । साम्दे भाइ राजधानीतिर विज्ञान संकायमा अध्ययनरत । विदामा ओलाङचुङगोला स्थित घर आउदा बुवाआमा भेटन गोठ पनि पुग्दा रहेछन् । मौका मिल्दा सेन्जेमा ताल घुन्ने यात्रीहरुलार्इ सहयोग गर्दा रहेछन् । रिन्जी र याङ्जीले चौरी पालेरै भए पनि साम्दे छोरालार्इगोलाकै सन्दुक रुइत जस्तै डाक्टर बनाउने धोको रहेछ ।वहाँहरुको चाहना डा. सन्दुक रुइतले जस्तो साम्देले पनि नामसुवास चलाओस् । त्यो साँझ गोठमा नै पाकेको दाल तरकारीसितसादा खाना खायौ । भोली विहान सबेरै उठने शर्तमा गोठभित्रैको न्यानो कुनामा सहज मानी सुत्यौ ।

बैशाख २० गते

रातभरी हिउँ परेर होला विहान एकदमै जाडो भयो । म उठदा गोठका आपाआमापालभित्र आगो तापीरहेका थिए ।साथमा सानो कालो सेतो बाख्रा जस्तो चौपाया देखे । त्यो रात चौरीले डिकी बाछी ब्याएछ । जाडोबाट बाछी जोगाउन बाहिरै मुढा बालेका रहेछन् । आज हाम्रो गोठमा लक्ष्मीको वास भयो भन्दै याङ्गजी आमाले भोटे चिया पिलाउनु भयो ।

सेन्जेमा ताल।

बाहिर वरीपरी घामको किरण पर्न थाल्यो । हिमाल र हिउँ टल्केर आँखै टिप्ला जस्तो हुने । हामीलार्इ जतिसक्दो चाडो सेन्जेमा ताल पुग्ने हतारो ।  विहानको चिया पछि सबै जनासाम्दे भाइको पछि लाग्यौ । केही बेरको हिडार्इ पछीपारी हिउँले भरीएको पहाडको फेदीमा पुग्यौ । फेदीमा कन्चन सफा बगीरहेको सेन्जेमा खोला तर्यौ । अब भने उकालो चढ्नु पर्ने मार्ग आयो । हामी भन्दा अलिक अगाडी झापाका अरु तीनजना यात्री पनि तालतर्फ लम्कन्दै थिए । विस्तारै आउनुहोस् पुगिहालिन्छ नि भन्दै हामीलार्इ हौसला दिन्थे । हामीले विस्तारै हिउँमाथी पाइलाका स्टेपहरु क्रमश बढाइ रहौ । हामी ४८०० मीटर उचाइको सेन्जेमा पहाड चढीरहेका थियौ । धेरै तल सेन्जेमा खोलाले बनाएको सानो उपत्यका । उपत्यकाको खोला छेउमा निकै ठूलो ढुङ्गा । ढुङ्गालार्इ हिउले पुरेर मस्जिद जस्तो देखिने । ढुङ्गामाथी भेडाको उनको लुकुनी लगाएर एक्लो मानिस घाम तापे झै बसिरहेको छ । हामी वरीपरीको हिमाली पहाड नियाल्दै , सातु मकै अदुवा पानी खादै पहाड उक्लीरहेका छौ । घाम क्रमश चर्किन्दै छ । थकान लागेर बस्न मिल्ने ठाउँ हेरी अठेस लागेर बसे । पुन तल ढुङ्गामाथी बसेको एक्लो मानिसमा मेरो नजर पर्यो । हाम्रा गाइड साम्दे भाइलार्इ सोधे – भार्इ को मान्छे अघि देखि बसिरहेको देख्छु किन बाटो भुलेर बसेको हो कि भने । भाइले यो त चितुवा भगाउने मान्छे हो भने । कस्तो मान्छे हो मैले सोधे । उसले भन्यो – चौरी खान हिमालबाट चितुवाहरु गोठतिर झरिरहन्छ । चौरी नखाओस भनेर चितुवा तर्साउने मान्छे बनाएर अस्ती रिन्जी आपाले राखेको, अझै रहेछ । यसो भन्दा मत झसङ्गै भए । मनमा चिसो पसे जस्तो भयो । कता कता डरले होला एकछिन त ढुक ढुकी बढेर आयो । तेसै त उचाइ बढ्दै जाँदा ढुकढुकी बढछ । मलार्इ जगली जनावर भने पछि खुब डर लाग्ने । हिस्रक भएर होला अझ चितुवा भन्दा त झन डर लाग्यो । साथमा सबै जना भएकोले आफ्नो डरछेरुवा भावलार्इ दवाएर राखे । हामी पुन पहाडको शिर नजिक पुग्न लाग्यौ ।

हावा वेगले चलिरहेको छ । बौद्धमार्गीहरुले टाँगेको लुम्दारहरु हावामा फरर गरी फहराइ रहेको छ । अब भने हामी तालको पश्चिम क्षेत्रबाट पाइला टेक्न लागेछौ । आँखाले पल्लो छेउ हिमालको फेदी देखि दायाँबाया वरी परी निलो पोखरीको दृश्यालोकन गर्दै बढीरहेका छौ । पोखरीको पानी स्वच्छ, निर्मल देखिन्छ । पानीमाथी वतासको वेगमा छालहरु पूर्वदिसा बाट पश्चिम बगीरहेको छ । हाम्रो पाइला क्रमश अघी बढीरहेको छ । तालको शुरुवाती भागमा यात्रीहरुले उचाल्न सकेका ढुङ्गा माथी ढुङ्गाको देउरालीहरु बनाएका रहेछन् । सम्झौ आफू सेन्जेमा पुगेको प्रमाण दिन मसिना ढुङ्गाहरुको चाङ्ग लगाएका हुन । हामी ढुङ्गाको देउराली मन्दिर जस्तो चाङहरुबाट छिचोलिन्दै पाइला बढाउदै गयौ ।चिसो हावाको कारण भयङ्कर जाडोपन महसुस गरीरहेका छौ । विहानको १० बजेको छ । घामलागेर हिमाल टिन झै टल्केको छ। हाम्रो नजर माथी हिमालतिर भन्दा मुनी भुँइतिर सोझिएको छ । केही सहयात्रीहरुलार्इ कालो चश्माले ताल आसपास हिडन सहजता मिलेको छ । तालको किनारतिर सिसाजस्तै गरी पानी जमेको छ । सिसा जस्तो बरफ माथी सम्हालिदै हिड्यौ । विस्तारै सबैले तालको पानी अन्जुलीमा लिदै चोखिने क्रमचलिरहेको थियो ।तालको पानी धेरै चिसो लाग्यो ।मेरी हत्केला झन कठाङग्रियो । यतिबेला जोश र तिव्र इच्छाले होला र्इ.सुदिप पौडेल सर तालको पानीमा चोबलिनु भयो । तालको चिसो पानी र मुटु नै काप्ने हावाले होला  वहाँको शरीरसँगै बोली पनि कामीरहेको थियो ।हतार हतार थप न्यानो ज्याकेट, पन्जा , टोपी आदी पहिरिए पछी मात्र विस्तारै बोली फुटाउनु भयो । मैलै पहिलो पटक तालको पानी अन्जुलीमा लिदै पितृहरुलार्इ सम्झे । यतिवेला म दुख, पीडा, थकान, सबैको अन्त्य भएको महसुस गरिरहेको छु । हिउमाथी पदमासनमा मैले ध्यानमा बस्ने जमर्को गरे । ध्यानमा बस्दा हावाको बहावले तालको पानी छचल्कीएको श्रवण गरे । यो श्रवणको अनुभूतिमा मलार्इ स्वर्गिक आनन्दको अनुभूती भइरहेको थियो । जुन अनुभव  म शब्दमा व्याक्त गर्न सक्दिनँ । यस्तो अनुभव गर्नेले मात्रै महसुस गर्ला । सायद, ध्यान वा मेडिटेसनको उच्चतम विन्दुमा त्यस्तै हुन्छ होला । मलाई त्यस्तो अनुभूति भइरहेको थियो ।

सेन्जेमा खोलाको शीर।

हिन्दु पौराणिक ग्रन्थमा समुद्र मञ्चन गर्दा भगवान् शिवको त्रिशूलले पहाड र हिमाल टुक्राएर पानीको मूल फुटाए । जुन मुलको पानी पिएर आफ्नो विषलाई ‌शान्त पार्नुभएको थियो रे । कतै त्यही पानीको कुन्ड सेन्जेमा ताल पो हो कि जस्तो लाग्यो ।हामी सबैले आ-आफ्नो तरिकाले पूजापाठ गर्यौ । पूजा पछीएकछिन चुपचाप भएर मैले प्रकृतिलाई नियालेँ । कति सुन्दर,‌ सौम्य, शान्त र निश्छल । सोचे प्रकृतिको ‌सुन्दरता कति मनमोहक हुन्छ हँ ? पुन मैले पितृहरुसँगै राहुल साँस्कृत्ययनलार्इ सम्झे ।

सकुञ्जेल र बसुञ्जेल मैले ‌ओत् तागेरा निङवाफूमाङ सेवारो भन्दै प्रार्थना गरे । साँच्चै जीवनमा चरमउत्कर्षको अनुभव क्षणिक हुने रहेछ ।करिब एकघन्टा जती तालवरीपरीको सुन्दरतामा रमाउदै वितायौ । फर्कन्दा हामीले पनि ताल आइपुगेको प्रमाण जुटाउन मसिना ढुङ्गाका देउराली बनायौ । भावी दिनमा यस्तो मौका जुरेमा पुन सेन्जेमा आउने मनोकाक्षा सहित हामी फर्कियौँ । उकालोभन्दा केही सहज ओरालो झर्दा हुने नै भयो ।सेन्जेमा पहाडको फेदीमा ५ जना यात्रीहरुसँग जम्का भेट भयो । वहाँहरु पनि ताल पुग्ने गरी तल्लो गोठ छेरबाट हिडनु भएको रहेछ । हामी पुन: चौरीको हाँच, हिउको थुप्रो, लालीगुराँसका फूलले झपक्कै सजिएका डाँडाहरू हेर्दै, आफैँप्रति गौरवान्वित हुँदै फर्कियौँ ।

एउटा यस्तो यात्रा, जसले जीवनभरि नविर्सने सुन्दर अनुभूति दिलाएको छ । यात्राले साहस, आँट, आस्था,‌ विश्वास र धैर्यता सिकाएको छ । अर्को यात्राका लागि हरपल तयार हुन हौसला बढाएको छ ।ए सेन्जेमा ! ए चौरीको हाँच! ए धुपीसल्ला ! ए सल्लेरी गाँउ!ओ याङजी नाना ! मलाइसाथ दिहिरहनू, म तिमीलाई एकपटक मात्र होइन, पटकपटक स्पर्श गर्न चाहन्छु । तिम्रो समीपमा देखि रहन र रम्न चाहन्छु । शिर झुकाएरु नतमस्तक हुन चाहन्छु । मलाई स्वागत गरिरहनू ओयाङजी नाना । तिम्रो सम्झना कुइरो र घामसँगै डुल्दै घुम्दै आइरहेछ । तिमिले रुने होइन हाँस्नु पर्छ, मान्छेको जीवन यस्तै छ । ओ याङजी नाना ।

The post सेन्जेमा तालतिर बरालिँदा appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2024/2124/feed 0 2124