ÿØÿà JFIF ` ` ÿþ
The post नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा सात बुँदे यासोक घोषणापत्र जारी appeared first on sumhatlungtimes.
]]>६ पुष २०८२, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको घुम्ति बैठक तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको अन्त्ररक्रिया सात बुँदे यासोक घोषणा–पत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ।
स्थानीय तहहरुलाई स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गर्न दवाव दिन, सञ्चारमैत्री कार्यक्रम तय गर्न साथै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल, अन्तरक्रिया गर्दै विकास निर्माण, सेवा प्रवाह र जनजीविकालाई सहज बनाउने सन्दर्भमा पैरवी गर्ने अभियानको सुरुवात महासंघको पाँचथर शाखाले यासोकबाट गरेको हो।
महासंघ पाँचथर शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न बैठक र कुम्मायक गाउँपालिकाको कार्यालयमा भएको अन्तरक्रियाबाट सात बुँदे घोषणापत्र जारी गरिएको सचिव रविन्द्र काफ्लेले बताए।
घोषणापत्रः
स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रमको सुरुआतमा रुपमा मिति २०८२ साल पुस ०५ गते विशिष्ट धार्मिक महत्व बोकेको कुम्मायक मन्दिर माङहिममा कार्यसमितिको नियमित बैठक शाखाका अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भइ ऐतिहासिक यासोक बजारमा अवस्थित कुम्मायक गाउँपालिकाको कार्यालयमा सम्पन्न वृहत अन्तरक्रियाबाट देहायबमोजिम ‘यासोक घोषणापत्र’ जारी गरिएको छ ।
१. यो भेला आम सरोकारवालाहरुको राय र परामर्शका आधारमा यथाशीघ्र स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन कुम्मायक गाउँपालिका सहित पाँचथर जिल्लाका सबै स्थानीय तहहरुलाई आव्हान गर्दछ ।
२.यो भेला स्थानीय र ग्रामीण पत्रकारिताको विकासका लागि स्वरोजगारमूलक स्थानीय सञ्चार माध्यमहरुको सम्वद्र्धन र सवलीकरणमा स्पष्ट नीति तय गरी पर्याप्त बजेट विनियोजन गर्न, पत्रकारहरुका लागि लेखन वृत्ति, प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालनमा ल्याउन सबै स्थानीय तहहरुलाई आग्रह गर्दछ ।
३. यो भेला पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षालाई विशेष ध्यान दिन र सामाजिक सञ्जालका माध्यमबाट पत्रकारहरु माथि भइरहेको दुव्र्यवहार, दुरुत्साहन र समाचार लेखेकै आधारमा लाञ्छित गर्ने प्रवृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरोकारवालाहरु र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।
४. यो भेला कुम्मायक÷कुस्सायक लगायत धार्मिक पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार विकास र प्रचारप्रसार मार्फत पर्यटन विकासमा स्पष्ट कार्यक्रम र पर्याप्त बजेटको ब्यवस्था गर्न तीनै तहका सरकार समक्ष आग्रह गर्दछ ।
५. यो भेला कुम्मायक गाउँपालिका सहित पाँचथरका सुक्खाग्रस्त क्षेत्रमा रहेको खानेपानी लगायत आधारभूत मानवीय पूर्वाधार अभावको समस्या समाधानका लागि विशेष प्याकेज ल्याइ बढ्दो बसाइसराईं रोक्न र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने गरी नीति, कार्यक्रम र बजेट निर्माण गर्न तीनै तहका सरकारको विशेष ध्यानाकर्षण गराउँदछ ।
६. यो भेला सूचना प्रविधि र आम सञ्चारको बढ्दो विकासले आम जनमानसले तथ्य बुझ्न कठीन परेको अवस्थामा राज्यका हरेक निकायमार्फत मिडिया साक्षरताका कार्यक्रम सञ्चालन गर्न र व्यवायीक पत्रकारीता, पेशागत सुरक्षा, क्षमता विकास, सामाजिक सुरक्षा, पत्रकार प्रोत्साहन तथा लेखनवृद्धीको व्यवस्थाका लागि आग्रह गर्दछ ।
७. यो भेला नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष तथा मिडिया उद्यमी कविन्द्र शेर्माको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै वहाँ लगायत समस्यामा रहेका सम्पूर्ण पत्रकारको सहयोगमा सबै तहका सरकार समक्ष जोडदार माग गर्दछ ।
नेपाल पत्रकार महासंघ पाँचथरको यो भेला सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने कुम्मायक गाउँपालिका सहित सबैप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछौँ ।
The post नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा सात बुँदे यासोक घोषणापत्र जारी appeared first on sumhatlungtimes.
]]>The post फिदिम–६ सिवा मगरगाउँमा यस वर्ष पनि माघ्या सकराटी मेला लाग्ने appeared first on sumhatlungtimes.
]]>२९ मंसिर २०८२, पाँचथर। फिदिम नगरपालिका–६ सिवा स्थित मगरगाउँमा यस वर्ष पनि पुष २५ गतेदेखि माघ १ गतेसम्म पूरुष तथा महिला फुटबल प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सहित माघ्या सकराटी मेला लाग्ने भएको छ।
मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा सदा झैं यस वर्ष पनि लाङ्घाली युवा क्लवको आयोजनामा खेलकुद प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रमको साथमा मेला लाग्ने भएको हो।
मेलाको अवसरमा पुष २५ गतेदेखि पूरुष तथा महिला फुटबल प्रतियोगिता हुनेछ। माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूरुष तर्फको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। उपविजेताले नगद ३० हजार ३ सय ३३ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक लाङ्घाली युवा क्लवका अध्यक्ष सुवाश सारुले बताए।
त्यस्तै महिला तर्फको विजेताले नगद २० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण–पत्र त्यस्तै उपविजेताले नगद १० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ। पूरुष–महिला दुबै तर्फका वेष्ट किपिङ, वेष्ट प्लेयर र हाई स्कोररलाई पनि पुरस्कार प्रदान गरिने क्लवका सचिव सनम सारुले बताए।
प्रतियोगिताको प्रबद्र्धकको रुपमा फिदिम नगरपालिका, ६ नं.वडा कार्यालय रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल मगर संघ, फिदिम–६, लखनथापा आटैकान कृषक समूह र शिखर कृषक समूह फिदिम–६ रहेका छन्।
मेलामा मगर मुदायको साँस्कृतिक नाच हुर्रा नाच सहित मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने स्थानीय शेर बहादुर सारु (रोशन)ले जानकारी दिए।
The post फिदिम–६ सिवा मगरगाउँमा यस वर्ष पनि माघ्या सकराटी मेला लाग्ने appeared first on sumhatlungtimes.
]]>The post यूएईमा विविध कार्यक्रमकासाथ चासोक तङनाम मनाइयो appeared first on sumhatlungtimes.
]]>भुमि ईधिङ्गो लिम्बू यम्भामी
२४ मंसिर २०८२, यूएई। किरात याक्थुङ चुम्लुङ यूएईको आयोजनामा यूएईको बरदुबई स्थित एभरेष्ट क्लव याक एण्ड यतिको हलमा याक्थुङ (लिम्बू)हरुको मौलिक साँस्कृतिक चाड चासोक तङनाम–२०८२ भव्यतापूर्वक मनाइएको छ।
कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्ष पोबो थेबे सेमीले सभापतित्व गरेका थिए। कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति, प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगत, सावला साम्बा भवानी अन्छङ्बो र आमन्त्रित अतिथिहरुबाट दीयो बाली, राष्ट्रगान गाएर गरिएको थियो।
याक्थुङ (लिम्बू)हरुले नयाँ पाकेको अन्न सर्वप्रथम प्रकृति र विभिन्न माङ् साम्माङहरुलाई चढाएर मात्र खाने प्रचलन छ। यहीँ न्वागी परम्परा नै चासोक तङनाम हो। कार्यक्रममा यहीँ परम्परालाई पछ्याउदै सावला साम्बा आन्छङ्बोबाट विधिपूर्वक चासोक थिसोक सम्पन्न गरिएको थियो।
कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङ यूएईकी उपाध्यक्ष रष्ना लिम्बूले गरेकी थिइन्। आमन्त्रित अतिथिहरुलाई चुम्लुङ यूएईका बरिष्ठ उपाध्यक्ष गोबिन्द कुमार लुम्फुङवाको स्वागत मन्तब्य मार्फत स्वागत गरिएको थियो। त्यसैगरी याक्थुङ सयङ सङ्जुम्भो यूएईका बरिष्ठ उपाध्यक्ष लोकेन्द्र सम्बाहाम्फे मिषेक, संघीय लिम्बुवान सामाजिक मञ्च यूएईका उपाध्यक्ष लक्किराज बेघा मुक्साम खाम्बेक, अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्चका अध्यक्ष बिक्रम पन्धाक मिसाम र प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगतले चासोक तङनामको शुभकामना मन्तब्य राखेका थिए।
मन्तब्य राख्ने क्रममा अन्तर्रास्ट्रिय प्रवास समन्वय मञ्चका अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघ यूएईका प्रमुख संरक्षक तथा किरात याक्थुङ चुम्लुङ यूएईका सल्लाहकार श्री बिक्रम पन्धाक मिसामले यूएईमा आबद्ध याक्थुङ लिम्बूहरुको एकता साथै समन्वय गरि एकै ठाउमा कार्यक्रम गर्नको लागि सुझाव दिएका थिए। त्यसैगरी प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ यूएईका अध्यक्ष भागरथी कुमार भगतले कार्यक्रममा आफ्नो मौलिक पहिरन अनिवार्य लगाउन आव्हान गरेका थिए।
औपचारिक कार्यक्रमकै क्रममा याक्थुङ लिम्बुहरुको मौलिक परम्परा येबालाङ् सावला साम्बा भवानी अन्छङ्बोले प्रस्तुत गरेका थिए। त्यस्तै हाक्पारे साम्लोका मुख्य कलाकार चेसुङ इलामेली र साथमा तुम्याहाङ खड्क पन्धाक, लाजेसा सिङ्जाङ्गो, दुर्गा कुरुङबाङ र मेन्छ्यातर्फ पार्वती थलङ, मिना तबेबुङ, अबिना सम्बाहाम्फे र रनिता बेघाले साथ दिएका थिए।
साथै २०२५–२०२७ कार्यसमितिका मनोनित सल्लाहकारहरुलाई प्रमाण पत्र हस्तान्तरण र सोही अवसरमा निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कमल लावती र निबर्तमान उपाध्यक्ष तथा सल्लाहकार आइन्द्र बिक्रम वाजिहाङ साम्माङलाई दोषल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमका मुख्य प्रायोजक थुप्पोको थेबे लिम्बू समाज यूएई, साथै BTCC INTERNATIONAL, संघीय लिम्बुवान सामाजिक मञ्च यूएई, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति यूएई, युमा साम्यो महासभा यूएई, याक्थुङ सयङ सङ्जुम्भो यूएई, गोर्खा ज्वेलरी, शुभयात्रा ट्राभल्स, किरात राई यायोक्खा शाखा यूएई, राजु कुरुम्बाङ्, राम कुरुम्बाङ्, दल बहादुर लिम्बू, कमल लावती, लोकेन्द्र पालुङ्वा, सबिता लिम्बू, सोम सेनेहाङ लिम्बू, बिनिता बान्तवा राई, बिक्रम वजिहाङ साम्माङ, रुपा राई, बहादुर राई, जमुना राई, बिराज केरुङ, खड्ग सिन्जाङ्गो, योगेश निङ्लेकु, प्रेम चेम्जोङ्, बिक्रम पंधाक मिसाम, खड्क पंधाक र सुदिप गुरुङलाई स–धन्यबाद मायाको चिनो हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बिशेष अतिथिहरुमा क्रमशः नेपाली समाज यूएई, सवाला साम्बा भवानी अन्छङ्बो, किरात याक्थुङ चुम्लुङ यूएईका तुम्याहाङ/सल्लाहकारहरु, याक्थुङ सयङ सङ्जुम्भोका प्रमुख संरक्षक साथै किरात याक्थुङ चुम्लुङ यूएईका संस्थापक सदस्य तुम्याहाङ् काजिमान लिबाङ, किरात याक्थुङ चुम्लुङ यूएई क्षेत्रिय समिति शारजाह अध्यक्ष लाजेशा सिंजाङ्गो, अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्च, संघीय लिम्बुवान सामाजिक मञ्च यूएई, संघीय लिम्बुवान सामाजिक मञ्च यूएई क्षेत्रिय समिति अलऐन, थुप्पोको थेबे लिम्बू समाज यूएई, युमा साम्यो महासभा यूएई, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति यूएई, याक्थुङ सयङ सङ्जुम्भो अबुधाबी यूएई, आदिवासी जनजाति युवा महासंघ, नेपाल–शाखा, यूएई त्यसै गरी अतिथिहरुमा तमु समाज यूएई, नेपाल मगर संघ शाखा यूएई, तामाङ समाज यूएई, किरात राई यायोक्खा शाखा यूएई, नेवाः पुचः युएई, शेर्पा किदुक यूएई, थारु कल्याणकारिणी सभा यूएई, प्रवासी भुजेल समाज सेवा समिति यूएई, सुनुवार सेवा समाज यूएई, कुमाल समाज यूएई, नेपाल आदिवासी जनजाती महासंघ यूएई, ताप्लेजुङ समाज सेवा समिति यूएई, सुनसरी समाज यूएई, पथरी सनिश्चरे समाज यूएई, फोनिज यूएई लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।
औपचारिक कार्यक्रम महासचिव भुमी ईधिङ्गो लिम्बू र सचिव दिलिप हाङ आङदेम्बेले सञ्चालन गरेका थिए भने अन्त्यमा कार्यक्रमलाई किरात याक्थुङ चुम्लुङ यूएईका अध्यक्ष साथै सभापति पोबो थेबे सेमीले उपस्थित अतिथिहरुलाई चासोक तङ्नामको शुभकामना दिंदै आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएर औपचारिक कार्यक्रमको समापन गरेका थिए।
साँस्कृतिक बिभाग प्रमुख संगीता कुरुम्बाङले साँस्कृतिक कार्यक्रमको संयोजक गरेका थिए भने उपाध्यक्ष मनिषा सुब्बा र माङ्सेबुङ आइडल बिजेता तथा गायक दिनेश योङहाङले सञ्चालन गरेका थिए। साँस्कृतिक तर्फ केलाःङ्, या?लाःङ्, गायन तथा नृत्य प्रस्तुत गरि कार्यक्रमको अन्त्य गरिएको थियो। साँस्कृतिक कलाकारहरु गायकहरु दिनेश योङहाङ, मिलन तामाङ, सुन्दर योङ्हाङ, सुरेश लामा, प्रदिप पुन मगर, हाक्पारे तथा केलाःङ् कलाकारहरु चेसुङ इलामेली, खड्क पन्धाक, लाजेसा सिङ्जाङ्गो, दुर्गा कुरुम्बाङ, दुर्गा थोक्लेन, हेम फोम्बो, दिनेश योङहाङ, मिना तबेबुङ, टिका फियाक, अबिना सम्बाहाम्फे, पार्वती थलङ, नृत्य कलाकार मनिषा सुब्बा इङ्गाषा, अल्येन लिम्बू, भारती सुब्बा, सम्झना लिम्बू, सुजता कुरुम्बाङको बेजोड प्रस्तुति रहेको थियो।
The post यूएईमा विविध कार्यक्रमकासाथ चासोक तङनाम मनाइयो appeared first on sumhatlungtimes.
]]>The post दक्षिण कोरियामा चलचित्र ‘चे’को 15 फेब्रुअरी 2026 मा प्रदर्शन गरिने appeared first on sumhatlungtimes.
]]>काठमाडौँ :चलचित्र ‘चे’ दक्षिण कोरियामा विशेष प्रदर्शन हुनेभएको छ | १५ फेब्रुअरी २०२६ का दिन सौलमा प्रदर्शन गरिने आयोजक समितिका गगन जबेगु ‘खाम्बेक’ले बताए |
चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् भन्ने कथामाथि निर्माण भएओ हो | आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ | विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थल सकिएपछि याक्थुङ समुदायमा चे/लासनै प्रमुख समस्याकोरुपमा उभिएको यथार्थ घटनालाई चित्रण गरिएको छ |
चलचित्र ‘चे’ले याक्थुङ सिने अवार्ड – २०८१, FLF Award – २०२४, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२, बिराट म्युजिक एण्ड फिल्म्स अवार्ड – २०८१, बिशेष चलचित्र पुरस्कार – २०८१ (चलचित्र विकास बोर्ड), NIFF Award UK – 2025 मा उत्कृष्ट अवार्ड तथा पुरस्कार प्राप्त गरेको छ |
याक्थुङ फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा लेखक/निर्देशक/निर्माता सागर केरुङ, छायांकन युबराज राइ, निर्माता इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ, सम्पादन पर्शु थलङ्, ब्याकराउण्ड म्युजिक मोनी ताम्लिङ, कला निर्देशक उदय बेघा, शृङ्गार अमृता जवेगु, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बु, सागर केरुङ, स्वर इन्दु फोम्बो, नोगेन लिम्बु, राजेन्द्र केरुङ, तुलसा लिम्बुको रहेको छ भने सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ,कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्खेवा, तिर्थ मादेम्बा, राजु घिमिरे, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योङया, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा लगायतले अभिनय गरेका छन् |
चलचित्रको ट्रेलर हेरुहोस : https://www.youtube.com/watch?v=fs6GDBKXpw8&t=17s
चलचित्रको गीत सुन्नुहोस: https://www.youtube.com/watch?v=CgMSh-S8icw&list=RDCgMSh-S8icw&start_radio=1
The post दक्षिण कोरियामा चलचित्र ‘चे’को 15 फेब्रुअरी 2026 मा प्रदर्शन गरिने appeared first on sumhatlungtimes.
]]>The post सागर केरुङ लिखित पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न appeared first on sumhatlungtimes.
]]>काठमान्डौ – लिम्बू भाषाको पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न भएको छ | मंगलबार काठमान्डौस्थित किङ स्टुडियोमा रेकर्डिङ भएको हो | सागर केरुङको शब्द, यासेली योङहाङको लय संकलन, निरन्ता नेम्बाङ र सुमन लिम्बूको स्वर रहेको पालामलाइ याम नेयोङहाङ र माया तामाङ लिम्बूले निर्माण गरेका हुन् | ट्रयाजेडी विषयवस्तुमा निर्माण भएको पालामलाइ चाडै नै भिडियो सार्वजानिक गरिने निर्माता माया तामाङले बताइन् |
The post सागर केरुङ लिखित पालाम ‘चइत्’ को रेकर्डिङ सम्पन्न appeared first on sumhatlungtimes.
]]>The post रवि सेर्मा निर्देशित चलचित्र ‘मिम्लेन् फूङ’ धरानमा प्रदर्शन हुने appeared first on sumhatlungtimes.
]]>धरान – लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान ८ : १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो | विहिबार धरानमा याक्थुङ् फिल्म्सद्वारा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक रनवीर लिम्बू ‘रवि सेर्मा’ले जानकारी दिएको हो | याक्थुङ् फिल्म्सद्वारा निर्मित चलचित्र ‘मिम्लेन् फूङ्’ प्रेम, पीडा, सामाजिक कुसंस्कार, आत्म-जागरणको यात्रा, युद्धमा श्रीमान गुमाएकी विधुवाले समाजको हेला, औपनिवेशिक मूल्य–मान्यतासँग जुध्दै, आफ्नो प्रेम र व्यक्तिगत स्वतन्त्रताबीच उभिएर अन्ततः नयाँ पहिचान दिने साहसिक कथामाथि निर्माण गरिएको बताइएको छ |
ताप्लेजुङको बोखिम, कुन्जारी, वरक्पा, काँडे भन्ज्याङ, हेन्छेबुङ, फावाखोला लगायत ऐतिहासिक एवम् रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्रमा कथा/पटकथा/संवाद आशराज बोखिम, निर्देशन रनवीर लिम्बू (रवी सेर्मा), निर्माता आशराज बोखिम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, हरिमाया मादेन, क्यामरा सुमन तामाङ, सम्पादन अनिल कुमार महर्जन, गीत सुवर्ण नेम्बाङ, नेत्र प्रसाद बोखिम, संगीत आशराज बोखिम, स्वर मनु नेम्बाङ, आशराज बोखिम, व्याकराउण्ड म्युजिक अशोक राई, साउण्ड इन्जिनियर मिन विष्ट रहेका छन् भने हरिमाया मादेन, जीवन केदेम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, रेन्सा खेवा लिम्बू, कमिता तुम्बापो, नेत्र बोखिम, मैना बोखिम खोयाहाङ लगायतले अभिनय गरेका छन् |
दुइदशक अघि ‘क्येबा कोक्मा’ जस्ता लोकप्रीय चलचित्र निर्माण गरेका सेर्माका दुइ चलचित्रहरु ‘सेमीफूङ्’ र ‘मिम्लेन् फूङ्’ प्रदर्शनमा आइरहेको छ | https://www.youtube.com/watch?v=-RpUTQpvQ6I&t=7s
The post रवि सेर्मा निर्देशित चलचित्र ‘मिम्लेन् फूङ’ धरानमा प्रदर्शन हुने appeared first on sumhatlungtimes.
]]>The post किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले चासोक तङनाम मनाउने तयारी गर्दै । appeared first on sumhatlungtimes.
]]>०२ डिसेम्बर २०२५ दक्षिण कोरिया
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया याक्थुङ (लिम्बू)हरुको महान पर्व चासोक तङनाम मनाउने तयारीमा जुटेको छ ।
‘हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक हौऔं’ भन्ने नाराकासाथ कियाचु दक्षिण कोरियाले सदाझैं येले तङबे ५०८५ (वि.सं.२०८२) को चासोक तङनाम शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी मनाउने तयारी गरेको हो ।
दक्षिण कोरियाको सउलमा डिसेम्बर ०७ तारिख आइतबार केन्द्रले मनाउने र अन्य शाखाहरुमा क्रमशः जेजुदो शाखामा २०२५ डिसेम्बर १३ तारिख शनिबार साँझ, बुसान डिसेम्बर २१ तारिख र छल्लानाम्दोमा डिसेम्बर २८ तारिखमा कार्यक्रम गर्ने तयारी रहेको छ ।
विधिवत रुपमा चासोक थिसोक पुजा, शुभकामना आदान प्रदानसँगै याक्थुङ कलाकारहरु पेपराज माबुहाङ, मिथुन तुम्बापो, भीम सागर मादेम्बा, ईन्द्र सम्बाहाम्फे र गायिका मन्दिरा नेम्बाङको साथमा साँस्कृतिक कार्यक्रम हुने कियाचु दक्षिण कोरिया केन्द्रका अध्यक्ष बिनोद सौदेनले बताए ।
विगतको बर्षहरुझैं यस बर्ष पनि आफ्नो भाषा, संस्कृति, कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरू वम्युक, कोदोको जाड (थिः), याङ्बेन, सेलरोटी, फाक्सा (सुँगुरको मासु), चाम्रे लगायत मौलिक खानपिन सहित केलाःङ् (च्याब्रुङ नाच), हाक्पारे, ख्यालि, पालाम, या?लाङ् (धान नाच) प्रस्तुत गरिनेछ ।
दक्षिण कोरियामा रहेका याक्थुङ (लिम्बू) समुदाय तथा गैर याक्थुङ (लिम्बू) नेपालीहरुलाई समेत कार्यक्रममा सहभागि भइदिन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका आयोजकले आग्रह संगै निमन्त्रणा गरेको छ ।
The post किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले चासोक तङनाम मनाउने तयारी गर्दै । appeared first on sumhatlungtimes.
]]>The post तेह्रथुमको आठराई–६ चुहानडाँडामा चासोक तङ्नाम मनाइयो appeared first on sumhatlungtimes.
]]>१५ मंसिर २०८२, तेह्रथुम। जिल्लाको आठराई गाउँपालिका–६ चुहानडाँडामा चासोक तङ्नाम २०८२ को अवसरमा तक्सोःक् थिसोःक् तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
मौलिक संस्कृतिको संरक्षणमा सक्रिय याक्थुङ तङ्नाम संरक्षण समिति, आठराई, तेह्रथुमको आयोजनामा चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो। सोमबार बिहान परम्परागत विधि अनुसार तक्सोःक् थिसोःक् गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो।
दिउँसो आयोजित औपचारिक कार्यक्रमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, म्याङलुङ नगरपालिका तेह्रथुमका नगर प्रमुख सञ्जय कुमार तुम्बाहाम्फेले गरेका थिए। कार्यक्रममा पक्लुङ् (छेलो हान्ने) र केलाःङ् प्रतियोगिता गरिएको थियो।
त्यस्तै धान नाच, साकेला नाच, संगिनी नाच, झाँक्रि नाच, तामाङ सेलो जस्ता मौलिक साँस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो। मौलिक संस्कृतिको संरक्षण र यसलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताइएको छ। सो अवसरमा तारा बहादुर कन्दङवा द्वारा लिखित ‘कृषि क्रान्तिको प्रतीकः उधौली पर्व र अरु लेखहरु’ नामक पुस्तकको विमोचन समेत गरिएको थियो।
कार्यक्रममा लोकप्रिय गायक कुशल थलङ र गायक सुमन सानु कुरुम्बाङ लगायत कलाकारहरुको प्रस्तुती पनि रहेको थियो। कार्यक्रम याक्थुङ तङ्नाम संरक्षण समितिका अध्यक्ष तारा बहादुर कन्दङ्वाको अध्यक्षतामा सम्पन्न भएको समितिका महासचिव रुपा कन्दङ्वाले बताइन्।
समितिले गत वर्ष पनि यहीँ स्थानमा भव्य रुपले चासोक तङ्नाम मनाएको थियो।
The post तेह्रथुमको आठराई–६ चुहानडाँडामा चासोक तङ्नाम मनाइयो appeared first on sumhatlungtimes.
]]>The post फालेलुङको थाप्लिडाँडा सिर्लिङगे टारमा तेश्रो फालेलुङ पर्यटन महोत्सव हुने appeared first on sumhatlungtimes.
]]>४ मंसिर, २०८२ पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बरको संगमस्थल थाप्लि डाँडा–सिर्लिङगी टारमा तेस्रो फालेलुङ पर्यटन महोत्सव लाग्ने भएको छ। तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङको आयोजनामा मंसिर १२ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो।
आयोजकका अध्यक्ष योगेन्द्र सावदेन (लेन्जो) का अनुसार गाउँपालिकाको आर्थिक सहयोग तथा प्रवर्द्धनमा महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ। फालेलुङ गाउँपालिकामा पर्यटन प्रवर्द्धनका उद्देश्यले पछिल्ला वर्षहरूमा दुई वटा पर्यटन महोत्सव नियमित रूपमा आयोजना हुँदै आएका छन्। गत वर्ष चैतमा सम्पन्न गरिएको महोत्सव यसपटक मंसिरमै आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
समुद्री सतहबाट करिब ३ हजार मिटरको उचाइमा अवस्थित थप्लि डाँडाबाट सगरमाथा, कंचनजंगा, कुम्भकर्ण, मकालु लगायतका हिमशृङ्खलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा हेरिएको छ। साथै, दुर्लभ वन्यजन्तु ‘रेड पाण्डा (हाप्रे)’ पाइने क्षेत्र भएकाले यसको संरक्षणमा पनि गाउँपालिकाले विशेष भूमिका खेलेको छ।
यस पटकको महोत्सवमा वडा स्तरीय महिला–पुरुष फुटबल प्रतियोगिता तथा खुल्ला पुरुष म्याराथन मुख्य आकर्षण रहनेछन्। ३ हजार मिटरको उचाइमा आयोजना हुने फुटबल प्रतियोगिता चुनौतीपूर्ण र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। मंसिर १२ गतेदेखि सुरु हुने फुटबल प्रतियोगिताको फाइनल मंसिर १५ गते हुनेछ।
खुल्ला पुरुष म्याराथन भने मंसिर १५ गते बिहान ८ बजेबाट सुरु हुनेछ। फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुगबाट फालोट बिओपी क्याम हुँदै महोत्सव स्थल थप्लि डाँडासम्मको ३२ किलोमिटर दौड हुने आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय उत्पादित सामग्रीका स्टल, विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, तीनसिमाना क्षेत्रका प्राकृतिक दृश्य अवलोकन, महिलाहरूको ‘हाडी फोडाइ’ प्रतियोगिता तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
फुटबल प्रतियोगितामा महिला तथा पुरुष पहिलो हुने टोलीले समानरूपमा नगद ५०–५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीले नगद २५–२५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी म्याराथनतर्फ प्रथमले नगद ३० हजार, दोस्रोले २० हजार, र तेस्रोले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
सवै प्रतियोगितामा प्रवेश शुल्क निःशुल्क राखिएको आयोजक सदस्य रतन थाम्सुहाङले जानकारी दिए।
The post फालेलुङको थाप्लिडाँडा सिर्लिङगे टारमा तेश्रो फालेलुङ पर्यटन महोत्सव हुने appeared first on sumhatlungtimes.
]]>The post १५ बुँदे निर्णय गर्दै लिम्बू थरगत थुम समितिहरुको यासःक् भेला सम्पन्न appeared first on sumhatlungtimes.
]]>३० कार्तिक २०८१, पाँचथर। लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ।
पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म चलेको भेला तथा बैठकमा दश थुममध्ये नौ थुम समितिका पदाधिकारी तथा सदस्य सहित लिम्बू थरगत (याक्थुङ सयङ) सहजीकरण समूहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
आइतबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन आयोजना गरेर भेला तथा बैठकका निर्णयहरु सार्वजनिक गरिएको हो। नेपाल पक्षराष्ट्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि (आइएलओ) नं.१६९ र आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (युएनड्रिप)मा भएको कानूनी प्रावधान बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कानून निर्माण र संशोधन गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश भएकाले सो कार्यान्वयन गर्न गराउन पहल गर्ने भेलाले निर्णय गरेको छ।
त्यस्तै राष्ट्रिय, अन्तर्राष्ट्रिय कानून र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र १२ अनुसार याक्थुङ (लिम्बू) आदिवासीहरुसँग सम्बन्धीत परम्परागत प्रथाजनित भूमिलाई सामूहिक सामुदायिक सम्पतिको रुपमा पालिका तथा वडामा अभिलेखिकरण गर्ने पनि भेलाले निर्णय गरेको छ। यो कार्य आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने भनिएको छ।
पूर्व सुसूचित स्वतन्त्र मञ्जुरी (एफपिआइसी)को अधिकारलाई कार्यान्वयन गर्न सबै निकायमा काम गर्ने, याक्थुङ (लिम्बू)हरुको प्रथाजनित संस्था ‘चुम्लुङ’ लाई तीन सय २३ थरहरुमा साथै कतिपय क्षेत्र तथा गाउँ प्रथाजनित संस्था २०८३ साल जेठ भित्रमा पुनर्निर्माण गरिसक्ने, अप्रभंसित भएका स्थान नामहरुलाई प्रत्येक थुमबाट कम्तिमा दश वटाको दरले सम्बन्धीत निकायमा सच्याउनका लागि पहल गर्ने लगायतका १५ वटा निर्णय भएका पत्रकार सम्मेलनमा सहजीकरण समूहका संयोजक नन्द कन्दङवाले बताए।
भेला तथा बैठकका निर्णयहरुः
The post १५ बुँदे निर्णय गर्दै लिम्बू थरगत थुम समितिहरुको यासःक् भेला सम्पन्न appeared first on sumhatlungtimes.
]]>