ÿØÿà JFIF  ` ` ÿþš Uncategorized Archives - sumhatlungtimes https://sumhatlungtimes.com/details/category/uncategorized Tue, 09 Dec 2025 14:21:20 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 https://sumhatlungtimes.com/wp-content/uploads/2023/07/cropped-cropped-sumhatlung-times-logo-scaled-1-32x32.jpg Uncategorized Archives - sumhatlungtimes https://sumhatlungtimes.com/details/category/uncategorized 32 32 221513686 द.कोरियामा चासोक तङनाम ५०८५ उधौली पर्व (न्वागी पूजा) अनुष्ठान भव्यका साथ सम्पन्न । https://sumhatlungtimes.com/details/2025/4653 https://sumhatlungtimes.com/details/2025/4653#respond Tue, 09 Dec 2025 14:18:08 +0000 https://sumhatlungtimes.com/?p=4653  दक्षिण कोरिया ०९ डिसेम्बर २०२५ चासोक तङनाम येले तङबे ५०८५ उधौली पर्व (न्वागी पूजा) अनुष्ठान ०७ डिसेम्बर २०२५ दक्षिण कोरिया को राजदानी सौलमा सम्पन्न भएको थियो । किरात याक्थुङ चुम्लुङ दक्षिण  कोरियाका अध्यक्ष विनोद सौदेनको अध्यक्ष्यता र नेपाली राजदूतावासका राजदूत…

The post द.कोरियामा चासोक तङनाम ५०८५ उधौली पर्व (न्वागी पूजा) अनुष्ठान भव्यका साथ सम्पन्न । appeared first on sumhatlungtimes.

]]>

 दक्षिण कोरिया ०९ डिसेम्बर २०२५

चासोक तङनाम येले तङबे ५०८५ उधौली पर्व (न्वागी पूजा) अनुष्ठान ०७ डिसेम्बर २०२५ दक्षिण कोरिया को राजदानी सौलमा सम्पन्न भएको थियो । किरात याक्थुङ चुम्लुङ दक्षिण  कोरियाका अध्यक्ष विनोद सौदेनको अध्यक्ष्यता र नेपाली राजदूतावासका राजदूत डा. शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्ष शुभराज भोम्जन, एन आर एन कोरियाका अध्यक्ष पार्वती मोक्तान, पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौला, चुम्लुङ बुसान शाखाका अध्यक्ष प्रताप इधिङगो, जेजुदो शाखाका अध्यक्ष सुष्मा, छल्लादो शाखाका भूपेन्द्र फागो लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा, र बाट टोलीको उपस्थिति रहेको थियो । भने कोरियामा रहेका सक्रिय राजनैतिक एवम सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाका वरिष्ठ उपाध्यक्ष मनोज मादेम्बाले स्वागत मन्तव्य दिएका थिए भने निवर्तमान अध्यक्ष दिर्ज काङ्‌भाले चासोक तङनामको बारेमा विस्तृत वर्णन गरेर प्रकाश पारेका थिए । लिम्बू मौलिक परिकारहरु याङ्‌बेन, वमयुक (तिते), फाक्सा (सुगुरकों मासु), वासा (कुखुराको मासु), तोङ्बा, थि, किनिमको आचार, चाम्रे र सेलरोटी राखिएको थियो । यि मौलिक परिकारको अलावा लिम्बू मौलिक नृत्य केलाङ र यालाङ समेत प्रस्तुत गरिएको थियो । कोरियामा रहेका लिम्बू गायक गायिका द्वारा लिम्बू भाषिक गीत पालाम हाक्पारे आदि पस्किएको थियो । कार्यक्रममा किरात राई यायोक्खाको तर्फबाट साकेला नृत्य समेत प्रस्तुत गरिएको थियो ।

चासोक तङनाम भनेको के हो ?

लिम्बू सभ्यताको समय चक्र, प्रकृति अनुष्ठान र सामुदायिक नैतिकताको समाहार स्वरूप विकसित भएको एक गहिरो कृषि आधारित सांस्कृतिक उत्सव हो । यो केवल चाड मात्र होइन; लिम्बूहरूका लागि समय, भूमि र अस्तित्वबीचको पारस्परिक सम्बन्धलाई सैद्धान्तिक रूपमा संरक्षित गर्ने एक सांस्कृतिक दार्शनिक व्यवस्था हो । ‘चासोक’ शब्दले बाली–वालीको फसल, अन्न, उत्पादन र जीवन निर्वाहको स्रोतलाई जनाउँछ भने ‘तङनाम’ ले धार्मिक अनुष्ठानिक विधि तथा सामूहिक आचरणलाई सूचित गर्छ । यसैले चासोक तङनामलाई प्रकृति, कृषि र सामुदायिक जीवनप्रणालीको समन्वित ‘जीवन दर्शन’को रूपमा बुझिन्छ । यस चाडको मूलमा प्रकृतिमार्फत उपलब्ध ‘दान’ फसल, पानी, माटो, घाम, वर्षालाई पुर्खा, भूमि देवता र प्रकृतिको चेतन शक्तिप्रति कृतज्ञता प्रकट गर्ने अनुष्ठानिक अभ्यास छ । लिम्बू दार्शनिक दृष्टिमा प्रकृति निर्जीव वस्तु होइन, एक सक्रिय नियामक शक्ति हो, जसले मनुष्यको श्रम, समय र नैतिकताको मूल्यांकन गर्छ । त्यसैले चासोक तङनाम केवल उत्सव हैन; यो लिम्बू विश्वदृष्टिको मूलभूत आधार मानिस, प्रकृति र पूर्वजबीचको त्रिकोणात्मक सम्बन्ध लाई पुनःस्थापित गर्ने वार्षिक पुनर्स्मरण प्रक्रिया हो । इस्पित–युम्बा तथा साम्बा येम्बाहरूले सञ्चालन गर्ने नफुङ–थिम्फुङ (अनुष्ठानिक विधि) चासोकको दार्शनिक केन्द्र हो, जहाँ फसललाई केवल आर्थिक वस्तु नभई जीवन ऊर्जाको ‘पवित्र शरीर’ (sacred embodiment) रूपमा व्याख्या गरिन्छ । यस अनुष्ठानमा अन्नको पहिलो भाग पुर्खालाई अर्पण गरिनु, कामनाका प्रतीक बस्तु चढाइने, र सामुदायिक भोज साझा गरिनु सामूहिक एकताको अनुष्ठानिक पुनर्निर्माण हो । यसले लिम्बू समाजमा ‘साझा समृद्धि’ (collective wellbeing) को आदर्श कस्तो ऐतिहासिक–सांस्कृतिक संरचनाबाट उत्पन्न भयो भन्ने प्रश्नलाई शैक्षिक रूपमा अर्थपूर्ण बनाउँछ ।

 

चासोक तङनामलाई लिम्बूहरूको कृषि–पंचाङ्गको समयसूचक विधि पनि मानिन्छ । फसल चक्र, वर्षाको लय, कृषिकर्मको श्रमशक्ति र सामुदायिक उत्पादन प्रणाली सबै यस चाडसँग गाँसिएका छन् । यसैले चासोक तङनाम सामाजिक अर्थतन्त्र, पर्यावरणीय ज्ञान र आध्यात्मिक चेतनाको संगमस्थल बनेको छ । आधुनिक सांस्कृतिक अध्ययनमा यस उत्सवलाई ‘environmental ritual epistemology’ प्रकृतिसँग जोडिएको ज्ञानको अनुष्ठानिक बौद्धिकताको उत्कृष्ट उदाहरणका रूपमा अध्ययन गर्न सकिन्छ । समसामयिक परिप्रेक्ष्यमा चासोक तङनाम केवल सांस्कृतिक अभ्यास नभई पहिचान राजनीतिसँग पनि सम्बन्धित छ । उपनिवेशिक इतिहास, भाषा क्षय, आधुनिकताको दवाव र सांस्कृतिक विस्थापनका बिच यो चाड लिम्बू जातीय अस्तित्वको पुनःदाबी (re-assertion) हो, जसले समुदायलाई संरचनात्मक परिवर्तनभित्र पनि आफ्नो पुरानो दार्शनिक आधारमा उभिन सघाउँछ । आजको शैक्षिक विमर्शमा यसलाई सांस्कृतिक पुनरुत्थान (cultural revitalization) र सामुदायिक शक्ति निर्माण (community resilience) को महत्त्वपूर्ण केस–स्टडीका रूपमा विश्लेषण गर्न सकिन्छ। यसरी चासोक तङनाम लिम्बू जीवनदर्शनको सांस्कृतिक, आध्यात्मिक, आर्थिक र दार्शनिक वर्गहरूको अन्तर्सम्बन्धलाई प्रकट गर्ने जीवित चाड हो जहाँ फसल केवल अन्न होइन, अन्नमार्फत प्रकृतिले दिएका संकेतहरू, पुर्खाले छोडेका मूल्यहरू र समुदायले बनाएको ऐतिहासिक चेतनाले एउटै अनुष्ठानमा रूपान्तरित हुन्छ । यसैले यो परम्परा PhD स्तरको अध्ययन र अनुसन्धानका लागि अत्यन्त उपयुक्त विषय हो, जसले आदिवासी ज्ञान–प्रणाली, प्रकृति मानव सम्बन्ध, सामुदायिक दार्शनिकता र आधुनिक पहिचान राजनीतिसँग प्रत्यक्ष संवाद खोल्छ ।

The post द.कोरियामा चासोक तङनाम ५०८५ उधौली पर्व (न्वागी पूजा) अनुष्ठान भव्यका साथ सम्पन्न । appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4653/feed 0 4653
किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा 2nd KYC Jeju Do Open Knockout Football Tournament कार्यक्रम सम्पन्न । https://sumhatlungtimes.com/details/2025/4567 https://sumhatlungtimes.com/details/2025/4567#respond Mon, 29 Sep 2025 13:20:14 +0000 https://sumhatlungtimes.com/?p=4567 दक्षिण कोरिया २९ सेप्टेम्बर २०२५  किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा सातौ वार्षिकोत्सव तथा कोरियन चाड छुसकको पावन अवसर पारेर 2nd KYC Jeju Do Open Knockout Football Tournament २०२५ सेप्टेम्बर २७ तारिक कार्यक्रम सम्पन्न गरेको छ । खुल्ला नकाउट…

The post किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा 2nd KYC Jeju Do Open Knockout Football Tournament कार्यक्रम सम्पन्न । appeared first on sumhatlungtimes.

]]>

दक्षिण कोरिया २९ सेप्टेम्बर २०२५ 

किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा सातौ वार्षिकोत्सव तथा कोरियन चाड छुसकको पावन अवसर पारेर 2nd KYC Jeju Do Open Knockout Football Tournament २०२५ सेप्टेम्बर २७ तारिक कार्यक्रम सम्पन्न गरेको छ ।

खुल्ला नकाउट फुटबल प्रतियोगीतामा ८ टिम सहभागीता 1,Khumak Fc-A 2, Khumak Fc-B 3, Sangshan Sewa Fc-A 4, Sangshan Fc-B 5, K.Y.C FC 6,Habuk Fc 7, K.R.Y Fc 8,Jeju Student मध्ये (द्धितिय) उप-विजेता आयोजक टिम KYC Fc ले ६ लाख वोन, ट्रफिक, मेडल र प्रमाण-पत्र र विजेता Khumak Fc-A ले १० लाख वोन, ट्रफिक, मेडल र प्रमाण-पत्र प्राप्त गरेका थिए भन्ने High score पुजन राई, Best player विकल राई र Best Goalkeeper सुरेस नेम्बाङ पाएका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता सुष्मा नाल्बो, प्रमुख अतिथि आदीबासी जनजाति महासंघ जेजूदो शाखा अध्यक्ष दिल बहादुर मगर, बिशेष अतिथि कि.या. चु जेजूदो शाखा संरक्षक सुमन हाङस्रोङ, अतिथि एन्आरएन्ए जेजूदो शाखा अध्यक्ष गोकुल शर्मा, नेपाल तामाङ घेदुङ जेजूदो शाखा अध्यक्ष बिमल तामाङ, किरात राई यायोक्खा जेजूदो शाखा अध्यक्ष कोपिल राई, माउटेन्ट एभरेष्ट रेष्टुरेन्टका संचालक धर्मराज गौतम, नमस्ते नेपाल रेष्टुरेन्टका संचालक सुनिता व्लोन तामाङ लगायतको उपस्थितिमा औपचारिकता कार्यक्रम गरेको थियो । 

The post किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा,दक्षिण कोरिया द्धारा 2nd KYC Jeju Do Open Knockout Football Tournament कार्यक्रम सम्पन्न । appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4567/feed 0 4567
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको २५ औँ वार्षिकोत्सव “रजत जयन्ती तथा वनभोज कार्यक्रम एकसाथ ६ र ७ सेप्टेम्बरमा हुदै । https://sumhatlungtimes.com/details/2025/4471 https://sumhatlungtimes.com/details/2025/4471#respond Sat, 23 Aug 2025 09:04:24 +0000 https://sumhatlungtimes.com/?p=4471 दक्षिण कोरिया २३ सेप्टेम्बर 2025 किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा “रजत जयन्ती विशेष भेटघाट तथा बृहत वनभोज कार्यक्रम–२०२५” आयोजना गर्ने भएको छ । सौल केन्द्र, बुसान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा दक्षिण कोरियाको अति…

The post किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको २५ औँ वार्षिकोत्सव “रजत जयन्ती तथा वनभोज कार्यक्रम एकसाथ ६ र ७ सेप्टेम्बरमा हुदै । appeared first on sumhatlungtimes.

]]>

दक्षिण कोरिया २३ सेप्टेम्बर 2025

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा “रजत जयन्ती विशेष भेटघाट तथा बृहत वनभोज कार्यक्रम–२०२५” आयोजना गर्ने भएको छ ।

सौल केन्द्र, बुसान, जेजूदो र छल्लादो शाखाहरुको संयुक्त आयोजनामा दक्षिण कोरियाको अति शुन्दर충청남도 태안군 원북면 신두해변길 199 स्थानमा २०२५ सेप्टेम्बर ६ र ७ तारिक (शनिवार/आईतबार) कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रमका आकर्षणहरु

कार्यक्रममा लिम्बू जातिको मौलिक नाच–के:लाङ, धान नाच (या:लाङ), हाक्पारे, ख्याली लगायतका सांस्कृतिक प्रस्तुति हुनेछन् । साथै छेलो हान्ने (प:लुङ), म्युजिकल चेयर, हाँडी फुटाउने, विच फुटसल जस्ता रमाइलो खेलकुद प्रतियोगिता संगै सुन्दर सामुन्द्रीक दृश्य अवलोकन, विच स्विमिङ, आकर्षक रिसोर्ट, मिष्ठान्न भोजन, BBQ समेत हुनेछन् ।

आफ्नो मौलिक संस्कार सँस्कृतको संरक्षण, प्रर्वद्धन साथै एकआपसीमा सम्बन्ध लाई प्रगाढ बनाउँदै लिम्बू खानपानको स्वादमा कोरियामा रहेका (याक्थुङ) लिम्बू दाजुभाई तथा दिदीबहिनीहरू एवम्  गैर लिम्बू दाजुभाई तथा दिदीबहिनीहरूमा सहभागिताका लागि आयोजक टिमले हार्दिक विनम्र साथ निमन्त्रणा गरेको छन ।

स्थान- 충청남도 태안군 원북면 신두해변길 199

मिति- २०२५/०९/ ६ र ७ तारिक (शनिवार/आईतबार)

समय- बेलुकि ०९:०० बजे

 

बस प्रस्थान मिति,स्थान र समय:

मिति-२०२५/०९/०६ तारिक शनिवार

सऊल दोङदेमुन यक २ नं. गेटबाट: ०४:०० PM

सुवन यक १३ नं. गेटबाट: ०५:०० PM (कसम रेष्टूरेण्टको अगाडी पट्टी)

 

सहभागिता शुल्क:

पुरूष- ११००००₩

महिला – ९००००₩

कप्पल – १८००००₩

बैँकको नाम – २२१४८११९१०२०१२(IBK)

Name – SAUDEN RAJAN

सम्पर्क नं.

विनोद सौदेन – ०१०-७६१७-४९१५ (सऊल)

अर्जुन सुब्बा – ०१०-५७२१-५२६० (बुसान)

सुस्मा नाल्बो – ०१०-५३२२-२७३२ (जेजूदो)

सन्देश ईजम – ०१०-८११९-६३५१ (छल्लादो)

The post किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको २५ औँ वार्षिकोत्सव “रजत जयन्ती तथा वनभोज कार्यक्रम एकसाथ ६ र ७ सेप्टेम्बरमा हुदै । appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4471/feed 0 4471
हेवाँ खोलामा मोडुलर ब्रिज जडानको काम धमाधम हुँदै https://sumhatlungtimes.com/details/2025/4390 https://sumhatlungtimes.com/details/2025/4390#respond Wed, 06 Aug 2025 10:47:54 +0000 https://sumhatlungtimes.com/?p=4390 २१ साउन, २०८२ पाँचथर । मेचि राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाँखोलामा मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको छ । हेवाँखोलामा शनिवार विहानदेखि मोडुलर ब्रिज जडानको काम शुरु गरिएको हो । भारतबाट लङचिङ किड्स तथा प्राविधिक…

The post हेवाँ खोलामा मोडुलर ब्रिज जडानको काम धमाधम हुँदै appeared first on sumhatlungtimes.

]]>

२१ साउन, २०८२ पाँचथर । मेचि राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाँखोलामा मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको छ ।

हेवाँखोलामा शनिवार विहानदेखि मोडुलर ब्रिज जडानको काम शुरु गरिएको हो । भारतबाट लङचिङ किड्स तथा प्राविधिक ल्याएर जडान सुरु गरिएको सडक डिभिजन कार्यलय इलामले जनाएको छ । डिभिजनका एक प्राविधिकका अनुसार अहिले मोडुलर ब्रिज जडानको काम धमाधम भइरहेको र प्राविधिक समस्या नआए करिव एक महिना भित्रै ब्रिजबाट यातायात सञ्चालन हुनेछ ।

हेवाँखोलामा जेठ–३१ गते जडानको अन्तिम चरणमा पुगेर बेलिब्रिज भाँचिएको थियो । ब्रिज भाँचिदा तिन जनाको मृत्यु र तीन जना घाइते भएका थिए ।  ७० मिटर लामो मोडुलर ब्रिज पुनः जडान गर्न यसपटक जडान गर्ने सबै प्राविधिक भारतीय छन् ।

२०८० साल असार–२ गते हेवा खोलाको पुल बाढीले बगाएपछि राखिएको बेलिब्रिज पनि २०८१ साल असोजमा बगाएको थियो । अहिले हेवाँखोलामा अस्थायी डाईसर्वसन मार्फत यातायात सञ्चालन भइरहेको छ ।

The post हेवाँ खोलामा मोडुलर ब्रिज जडानको काम धमाधम हुँदै appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4390/feed 0 4390
नेफिन जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस मनाए संगै तेस्रो अधिवेशन सम्पन्न । https://sumhatlungtimes.com/details/2025/4378 https://sumhatlungtimes.com/details/2025/4378#respond Mon, 04 Aug 2025 15:14:29 +0000 https://sumhatlungtimes.com/?p=4378 ०४ अगष्ट २०२५ दक्षिण कोरिया   नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस तथा तेस्रो अधिवेशन ०३ अगष्ट २०२५ तारीख आइतबार कार्यक्रम सम्पन्न गरेको छ ।  संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि अगष्ट ९…

The post नेफिन जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस मनाए संगै तेस्रो अधिवेशन सम्पन्न । appeared first on sumhatlungtimes.

]]>

०४ अगष्ट २०२५ दक्षिण कोरिया  

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस तथा तेस्रो अधिवेशन ०३ अगष्ट २०२५ तारीख आइतबार कार्यक्रम सम्पन्न गरेको छ ।  संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९५ देखि अगष्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार विश्वभर विश्व आदिवासी दिवस मनाउदै आइएको छ ।

कार्यक्रमको मुख्य आयोजक महासंघ जेजुदो शाखा रहेको साथै सहआयोजकको रुपमा महासंघ आवद्ध जेजुदो शाखामा रहेको जातीय संस्थाहरू रहेका थियो ।  रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता, सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिबासी जनजातिहरूको एकता भन्ने मूल नाराका साथ गर्न लागिएको हो ।

प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको अध्यक्ष बिशन राई, बिशिष्ठ अतिथि नेफिन दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष शुभराज बोम्जन, बिशिष्ठ अतिथि नेफिन दक्षिण कोरियाको महासचिव दयाराम राना मगर, बिशिष्ठ अतिथि नेफिन दक्षिण कोरिया बूसान शाखा अध्यक्ष परी गुरुङ, नेपाल आदिबासी जनजाति महासंघ जेजूदो शाखा, दक्षिण कोरियाको संरक्षक अर्जुन तुम्बापो, प्रमुख सल्लाहकार सुमन हाङस्रोङ, विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न व्यवसायमा आवद्ध प्रतिनिधिहरु लगायत उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सभाध्यक्ष का. अध्यक्ष दिल बहादुर मगरले गर्नु भए संगै कार्यक्रम सचिव रिचा व्लोन तामाङले संचालन गरेका थिए ।  

दिल बहादुर मगर सर्वसम्मतले अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ  बरिष्ठ उपाध्यक्ष सरिता (सरु) राई उपाध्यक्ष सन्तोष नेम्बाङ, सानुमाया तामाङ र जनकासी गुरुङ, महासचिव रिचा व्लोन तामाङ, पुरन घर्ति मगर, कोषाध्यक्ष तुल ब. मगर, सदस्यहरु अनिता महर्जन, राज कुमार राई, सुकुलाल रुम्बा, रिता धिमाल र कुमार पुन निर्वाचित भएका छन । निर्वाचन मण्लडमा संयोजक अर्जुन तुम्बापो सदस्यमा सुमन हाङस्रोङ र सुनिता व्लोन रहेका थिए । निर्वाचित कार्य समिति लाई निर्वाचन समिति संयोजकले  शपथ ग्रहण गराउनु भएको थियो ।

The post नेफिन जेजुदो शाखा, दक्षिण कोरियाले ३१औं विश्व आदिवासी दिवस मनाए संगै तेस्रो अधिवेशन सम्पन्न । appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4378/feed 0 4378
पाँचथरमा कोदालो प्रहार गरी श्रीमतीको हत्या,  श्रीमान पक्राउ https://sumhatlungtimes.com/details/2025/4355 https://sumhatlungtimes.com/details/2025/4355#respond Fri, 01 Aug 2025 05:13:50 +0000 https://sumhatlungtimes.com/?p=4355 १६ साउन, २०८२ पाँचथर । पाँचथरको फिदिम १ नाम्दु स्थित ससुराली घरमा श्रीमानले कोदालोको पासोले प्रहार गरी श्रीमतीको हत्या गरेका छन । फालेलुङ गाउँपालिका -७ आहाले घर भई हाल ससुरालीमा आएका २७ वर्षिय महेन्द्र तामाङले आफ्नै श्रीमती २२ वर्षिय अनु…

The post पाँचथरमा कोदालो प्रहार गरी श्रीमतीको हत्या,  श्रीमान पक्राउ appeared first on sumhatlungtimes.

]]>

१६ साउन, २०८२ पाँचथर । पाँचथरको फिदिम १ नाम्दु स्थित ससुराली घरमा श्रीमानले कोदालोको पासोले प्रहार गरी श्रीमतीको हत्या गरेका छन ।

फालेलुङ गाउँपालिका -७ आहाले घर भई हाल ससुरालीमा आएका २७ वर्षिय महेन्द्र तामाङले आफ्नै श्रीमती २२ वर्षिय अनु राईको हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यलय पाँचथरका अनुसार घटना विहिवार राती करिव १० बजे भएको हो । घरायसी विवादकै क्रममा तामाङले कोदालोको पासोले श्रीमती माथि प्रहार गरेका थिए । गम्भिर घाइते भएकी राईलाई तत्काल जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि झापाको बीएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा आज विहान ४:३० बजे चिकित्सकले मृत घोषणा गरेका छन ।

घटनापछि फरार रहेका तामाङलाई फिदिम नगरपालिका -६ गोलेगाउँबाट प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

The post पाँचथरमा कोदालो प्रहार गरी श्रीमतीको हत्या,  श्रीमान पक्राउ appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4355/feed 0 4355
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्धारा “अञ्जिला” चलचित्र च्यारिटी शो प्रर्दशनबाट संकलित रकम हस्तान्तरण । https://sumhatlungtimes.com/details/2025/4340 https://sumhatlungtimes.com/details/2025/4340#respond Wed, 30 Jul 2025 16:04:14 +0000 https://sumhatlungtimes.com/?p=4340 दक्षिण कोरिया   ३१ जूलाई २०२५ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी नि.कप्तान तथा गोलकिपर बहिनी अन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र “अञ्जिला” को दक्षिण कोरियामा भव्यताका साथ सफलतापूर्वक प्रदर्शनबाट सङ्कलन भएको रकम “अञ्जिला घर तथा फुटवल एकेडेमी निर्माणर्थ” २८ जूलाई…

The post किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्धारा “अञ्जिला” चलचित्र च्यारिटी शो प्रर्दशनबाट संकलित रकम हस्तान्तरण । appeared first on sumhatlungtimes.

]]>

दक्षिण कोरिया   ३१ जूलाई २०२५

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी नि.कप्तान तथा गोलकिपर बहिनी अन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित वायोपिक चलचित्र “अञ्जिला” को दक्षिण कोरियामा भव्यताका साथ सफलतापूर्वक प्रदर्शनबाट सङ्कलन भएको रकम “अञ्जिला घर तथा फुटवल एकेडेमी निर्माणर्थ” २८ जूलाई ०२५/ २०८२ श्रावण १२ गते सोमबारको दिन चेक हस्तान्तरण गरेको छ ।

किरात याक्थुङ चुम्लुङ नेपालको सङ्घीय कार्यालय ललितपुरमा, संघीय अध्यक्ष श्री प्रेम एक्तेन, महासचिव श्री निरन्ती तुम्वापो सचिवालय समितिको साथमा चुम्लुङ कोरियाको कोषाध्यक्ष श्री विरेन खेवा लिम्बू लगायत अन्य चुम्लुङका बृहत उपस्थितिमा अन्जिला तुम्बापो सुब्बाको प्रत्यक्ष उपस्थितिमा एकमुष्ठ रू. १६६८९४९.०० (सोह्र लाख अठ्सठ्ठी हजार नौ सय उनन्चास रूपैयाँ) को चेक हस्तान्तरण गरिएको औपचारिक जानकारी अध्यक्ष बिनोद सौदेनले दिएको छ ।

यसै संग अञ्जिलालाई तुम्बापो समाज सेवा संघ नेपाल, प्रवास शाखा दक्षिण कोरिया बाट पनि रु. १८४,०००.०० (एक लाख चौरासी हजार) तुम्बापो समाज सेवा संघ नेपाल, बिशेष शाखा उपत्यका समितिको उपस्थितमा नन्दु तुम्बापोले चेक हस्तान्तरण गरेको थियो ।

चलचित्र “अन्जिला” को Grand Premiere शो विभिन्न देशहरूमा गरीएको शोहरु मार्फत सङ्कलन भएको रकमले अन्जिलाको नाममा काठमाडौंमा एउटा अत्याधुनिक र सुबिधा सम्पन्न घर निर्माण गरी दिने उदेश्यका साथ  निर्माता प्रेम कुमार श्रेष्ठले कोरिया, हङकङ र यु.के लगायत देशहरुमा च्यारिटी शो प्रदर्शन गरेको थियो ।

उक्त चलचित्र दक्षिण कोरियामा बिभिन्न शहरहरुमा कि या चुले प्रर्दशन गर्दै गर्दा फुटबाल महासंघ कोरियाले सहजीकरणको भूमिका निर्वाह गरेको संगै  मार्च २ देखि अप्रिल २७ तारीख सम्म प्रदर्शन गरेका थिए । त्यसमा कि.या.चु बूसान, जेजूदो, छल्लादो शाखा लगायत बिभिन्न संघ संस्थाहरुले एक साथ च्यारिटी शो प्रर्दशन गर्दा २ करोड ९७ लाख १० हजार वन संकलन हुदा १ करोड ३१ लाख १३ हजार १ सय ३१ वन हल भाडा, बिभिन्न प्रचार प्रसार खर्च भई १ करोड ६५ लाख ९६ हजार ८ सय ८७ वन बचत भएकोमा नेपाली रु १६,६८,९४९ रुपियाँ हस्तान्तरण गर्न सफल भएको छ ।

 

The post किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्धारा “अञ्जिला” चलचित्र च्यारिटी शो प्रर्दशनबाट संकलित रकम हस्तान्तरण । appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4340/feed 0 4340
एनआरएनए दक्षिण कोरियाको १०औ राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा पार्वती मोक्तान निर्वाचित । https://sumhatlungtimes.com/details/2025/4322 https://sumhatlungtimes.com/details/2025/4322#respond Sun, 27 Jul 2025 14:49:54 +0000 https://sumhatlungtimes.com/?p=4322 दक्षिण कोरिया २७ जुलाई २०२५ गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको १०औ राष्ट्रिय महाधिवेशन बाट अध्यक्ष पदमा पार्वती मोक्तान निर्वाचित भएका छन् । उनले १५३ मतले प्रतिस्पर्धि हरि प्रसाद भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन् । आज…

The post एनआरएनए दक्षिण कोरियाको १०औ राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा पार्वती मोक्तान निर्वाचित । appeared first on sumhatlungtimes.

]]>

दक्षिण कोरिया २७ जुलाई २०२५

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको १०औ राष्ट्रिय महाधिवेशन बाट अध्यक्ष पदमा पार्वती मोक्तान निर्वाचित भएका छन् । उनले १५३ मतले प्रतिस्पर्धि हरि प्रसाद भट्टराईलाई पराजित गर्दै विजयी भएका हुन् । आज बिहान १०:३० बजेदेखि ५ बजेसम्म अनलाइन भोटिङ गरिएको थियो । ९९१ जनाले निर्वाचनमा आफ्नो मत दिएका थिए । मोक्तानले ५७२ मत र भट्टराईले ४१९ मत प्राप्त गरेका छन् । कुल मतदातको ६९.९९ % मत खसेको थियो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा तारा पुन मगर, उपाध्यक्षमा निरन्जन भण्डारी र मंगल योङहाङ, महासचिवमा कमल भण्डारी, सचिवमा दुर्गा प्रसाद ढकाल र सोनम शेर्पा कोषाध्यक्षमा अर्जुन श्रेष्ठ, यूवा संयोजकमा टेक बहादुर बोहरा, महिला संयोजक मिता गुरुङ, सदस्यहरुमा मनसुन खड्का र आइसा सिटौला पनि निर्विरोध निर्वाचित भएका छन् । आजको निर्वाचनमा आइसीसी सदस्य, एक उपाध्यक्ष, महिला उपाध्यक्ष र सहकोषाध्यक्ष पदमा भने उमेद्वार नै रहेको थिएन । यस अधिवेशनको निर्वाचन मण्डलमा लोचन राईको संयोजकत्वमा, डा. कमला केसी र बाबु काजी श्रेष्ठ सदस्यमा रहेका थिए । नव निर्वाचित कार्यसमितीलाई संयोजक लोचन राईले सपथ ग्रहण गराएका ।

The post एनआरएनए दक्षिण कोरियाको १०औ राष्ट्रिय महाधिवेशन बाट अध्यक्षमा पार्वती मोक्तान निर्वाचित । appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4322/feed 0 4322
वाईसिएल पाँचथरको एक वर्षे वृक्षरोपण अभियान वि.पि. सामुदायिक वन फिदिम बाट सुरु https://sumhatlungtimes.com/details/2025/4187 https://sumhatlungtimes.com/details/2025/4187#respond Fri, 04 Jul 2025 07:00:14 +0000 https://sumhatlungtimes.com/?p=4187 २० असार, २०८२ पाँचथर । योङ कम्युनिष्ट लिग (वाईसिएल) पाँचथरले एक वर्षे वृक्षरोपण अभियान अघि सारेको छ । एक वर्ष भरिमा पाँचथरको विभिन्न क्षेत्रमा ५ हजार बोटविरुवा रोप्न लागिएको वाईसिएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकले बताए । उक्त अभियान शुक्रवार फिदिम…

The post वाईसिएल पाँचथरको एक वर्षे वृक्षरोपण अभियान वि.पि. सामुदायिक वन फिदिम बाट सुरु appeared first on sumhatlungtimes.

]]>

२० असार, २०८२ पाँचथर । योङ कम्युनिष्ट लिग (वाईसिएल) पाँचथरले एक वर्षे वृक्षरोपण अभियान अघि सारेको छ ।

एक वर्ष भरिमा पाँचथरको विभिन्न क्षेत्रमा ५ हजार बोटविरुवा रोप्न लागिएको वाईसिएल पाँचथरका अध्यक्ष गणेश तुम्रोकले बताए । उक्त अभियान शुक्रवार फिदिम १ स्थित वि.पि. सामुदायिक वनमा वृक्षरोपण गरि उद्घाटन गरिएको छ ।

वृक्षरोपण कार्यक्रममा १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा भौतिक पुर्वाधार योजना मन्त्री इन्द्र बहादुर आङबो, नेकपा माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्क वहादुर नेम्वाङ मिक्सो, नेकपा माओवादी केन्द्र पाँचथर इन्चार्ज सिता थेवे, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण लगायतको उपस्थिति रहेको थियो ।

 

शुक्रवार सम्पन्न वृक्षरोपणमा करिव २ सय विरुवा रोपिएको वाईसिएल पाँचथरले जनाएको छ । जल्दो जलवायु प्रदुषणको संरक्षणका लागि वृक्षरोपणको अभियान अघि सारिएको वाईसिएल पाँचथर अध्यक्ष तुम्रोकले बताए ।

The post वाईसिएल पाँचथरको एक वर्षे वृक्षरोपण अभियान वि.पि. सामुदायिक वन फिदिम बाट सुरु appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4187/feed 0 4187
महावीर पुनको अभियानलाई संघीय लिम्बुवान सामाजिक मञ्च युएईको सहयोग https://sumhatlungtimes.com/details/2025/4123 https://sumhatlungtimes.com/details/2025/4123#respond Mon, 23 Jun 2025 15:14:20 +0000 https://sumhatlungtimes.com/?p=4123 ९ असार २०८२, झापा। संघीय लिम्बुवान सामाजिक मञ्च यूएईले वीरगञ्जमा बन्द अवस्थामा रहेको कृषि औंजार कारखाना सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन आफ्नो आत्मकथा बेच्दै झापा पुगेका नेपाल आविस्कार केन्द्रका महावीर पुनको अभियानलाई आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चले यूएईमा संकलन…

The post महावीर पुनको अभियानलाई संघीय लिम्बुवान सामाजिक मञ्च युएईको सहयोग appeared first on sumhatlungtimes.

]]>

९ असार २०८२, झापा। संघीय लिम्बुवान सामाजिक मञ्च यूएईले वीरगञ्जमा बन्द अवस्थामा रहेको कृषि औंजार कारखाना सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन आफ्नो आत्मकथा बेच्दै झापा पुगेका नेपाल आविस्कार केन्द्रका महावीर पुनको अभियानलाई आर्थिक सहयोग प्रदान गरेको छ।

मञ्चले यूएईमा संकलन गरी पठाएको सहयोग रकम झापा, दमकस्थित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्चको केन्द्रीय कार्यालयमा मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक लगायतले महावीर पुनलाई हस्तान्तरण गरेका थिए।

सो सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्चका महासचिव धनराज सुब्बा फेदापे माइला, प्रान्तीय उपमहासचिव दिलु लिङदेन, प्रान्तीय अर्थसचिव राजेन्द्र निङलेकु लगायतको उपस्थिति रहेको संघीय लिम्बुवान सामाजिक मञ्च, युएईका महासचिव भूमी इधिङ्गो लिम्बू यम्भामीले बताइन्।

पवित्र मनले मुलुकको समृद्धिको अभियानमा लागेका पुनको अभियानमा थोरै भए पनि सहयोग पुगोस भन्ने उदेश्यले संघीय लिम्बुवान सामाजिक मञ्च युएईले अभियानलाई समर्थन सहित आर्थिक सहयोग गरेको मञ्चका अध्यक्ष भिम अधिकारी थक्साङले बताए।

यस कार्यमा आर्थिक सहयोग गर्ने सबैलाई संघीय लिम्बुवान सामाजिक मञ्च युएईले धन्यवाद ज्ञापन गरेको छ।

 

The post महावीर पुनको अभियानलाई संघीय लिम्बुवान सामाजिक मञ्च युएईको सहयोग appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4123/feed 0 4123