ÿØÿà JFIF  ` ` ÿþš sumhatlungtimes https://sumhatlungtimes.com/ Fri, 09 Jan 2026 14:50:10 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.8.3 https://sumhatlungtimes.com/wp-content/uploads/2023/07/cropped-cropped-sumhatlung-times-logo-scaled-1-32x32.jpg sumhatlungtimes https://sumhatlungtimes.com/ 32 32 221513686 फिदिम–६ मगरगाउँमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता सुरु https://sumhatlungtimes.com/details/2026/4776 https://sumhatlungtimes.com/details/2026/4776#respond Fri, 09 Jan 2026 14:50:10 +0000 https://sumhatlungtimes.com/?p=4776 २५ पुष २०८२, पाँचथर। को फिदिम नपा–६ सिवा मगरगाउँमा मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ। लाङ्घाली युवा क्लवले माघ्या सकराटी मेला सँगै आयोजना गरेको प्रतियोगिताको फिदिम नगरपालिका, ६…

The post फिदिम–६ मगरगाउँमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता सुरु appeared first on sumhatlungtimes.

]]>

२५ पुष २०८२, पाँचथर। को फिदिम नपा–६ सिवा मगरगाउँमा मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ।

लाङ्घाली युवा क्लवले माघ्या सकराटी मेला सँगै आयोजना गरेको प्रतियोगिताको फिदिम नगरपालिका, ६ नं.वडाका वडा अध्यक्ष विपन तुम्रोकले गर्नुभएको थियो। प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पूरुष तर्फको खेलमा आयोजकले नाम्दु एफसीलाई २–० ले पराजीत गर्यो।

त्यस्तै आजै सम्पन्न खेलमा पाथीभरा एफसीले फाकफोकथुम एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजीत गर्यो। त्यस्तै टाइब्रेकरमै साब्राङ एफसीले ठाडे एफसीलाई ३–२ र हाङ्योक एफसीलाई मादिबुङ एफसीलाई ३–२ ले नै हरायो ।

माघ १ गतेसम्म चल्ने प्रतियोगितामा पूरुषतर्फ ३२ टिम र महिलातर्फ ८ टिमको सहभागिता रहेको संयोजक केशव मगरले बताउनुभयो। प्रतियोगिताको पूरुषतर्फको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ३० हजार ३ सय ३३ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। महिलातर्फको विजेताले नगद २० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद १० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दुबै तर्फको वेष्ट किपिङ, वेष्ट डिफेन्स, वेष्ट प्लेयर र हाइस्कोररलाई पनि पुरस्कृत गरिनेछ।

मेला एवम् प्रतियोगिताको उद्घाटन मगर साँस्कृतिक झाँकि सहित गरिएको थियो। सो अवसरमा मगर समुदायको कौडा नृत्य र मगर भेषभूषा समेत प्रदर्शनी गरिएको थियो।

मेला समापन एवम् प्रतियोगिता फाइनलको दिन माघ १ गते नेपाल मगर संघ, फिदिम–६ ले विशेष झाँकि प्रदर्शनी गर्ने साथै मगर जातीको मौलिक परिकार वितरण गरिने नेपाल मगर संघ, फिदिम–६ का अध्यक्ष लोकेन्द्र सारु (सानुकान्छा)ले बताउनुभयो।

मेला तथा प्रतियोगिताको उद्घाटन समारोह लाङ्घाली युवा क्लवका अध्यक्ष सुवास सारुको अध्यक्षतामा सम्पन्न भएको स्थानीय सञ्चारकर्मी शेर बहादुर सारु (रोशन)ले बताउनुभयो।

The post फिदिम–६ मगरगाउँमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता सुरु appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2026/4776/feed 0 4776
कियाचु पोर्चुगलले कक्फेक्वा तङ्नाम र येले संवतबारे बहस कार्यक्रम आयोजना गर्ने https://sumhatlungtimes.com/details/2026/4773 https://sumhatlungtimes.com/details/2026/4773#respond Fri, 09 Jan 2026 09:50:43 +0000 https://sumhatlungtimes.com/?p=4773 २५ पुष २०८२, पोर्चुगल। किरात याक्थुङ चुम्लुङ पोर्चुगलले कक्फेक्वा तङ्नाम र कुसङ् येले संवतबारे भर्चुअल बहस कार्यक्रम आयोजना गर्ने भएको छ। यहीँ १२ जनवरी २०२५ तदनुसार पुष २८ गते भर्चुअल माध्यमबाट बहस कार्यक्रमको आयोजना गरिने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष…

The post कियाचु पोर्चुगलले कक्फेक्वा तङ्नाम र येले संवतबारे बहस कार्यक्रम आयोजना गर्ने appeared first on sumhatlungtimes.

]]>

२५ पुष २०८२, पोर्चुगल। किरात याक्थुङ चुम्लुङ पोर्चुगलले कक्फेक्वा तङ्नाम र कुसङ् येले संवतबारे भर्चुअल बहस कार्यक्रम आयोजना गर्ने भएको छ।

यहीँ १२ जनवरी २०२५ तदनुसार पुष २८ गते भर्चुअल माध्यमबाट बहस कार्यक्रमको आयोजना गरिने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङ लिम्बूले बताउनुभायो।

उक्त भर्चुअल बहस कार्यक्रममा याक्थुङ (लिम्बू)हरुको चाड कक्फेक्वा तङनाम (माघे सक्रान्ति)को मुन्धुमी मिथक, साँस्कृतिक महत्व र उपादेयताबारे बहस हुनेछ भने कुसङ येले संवतबारे देखिएका दुबिधाहरुको सन्दर्भमा पनि बहस हुनेछ।

याक्थुङ येले येन्जिरी अनुसार यहीँ माघ १ गतेदेखि नयाँ वर्ष ५०८६ सुरु हुन्छ। कार्यक्रममा कुसङ येले संवतबारे गहन बहस र विमर्श हुनेछ।

भर्चुअल कार्यक्रममा प्राज्ञ एवम् भाषा तथा संस्कृतिविद् हरि चन्द्र लाओती र किरात याक्थुङ माङ्गेन्ना चुम्लुङका अध्यक्ष सिर्जना मेन्याङ्बो सुब्बा प्रमुख वक्ताको रुपमा रहनुभएको छ।

बहसमा पोर्चुगलसँगै नेपाल, वेल्जियम, जर्मनी, दक्षिण कोरिया, बहराइन, इजरायल लगायत मुकुलहरुबाट साँस्कृतिक अभियन्ताहरु जोडिने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष केरुङले बताउनुभएको छ।

The post कियाचु पोर्चुगलले कक्फेक्वा तङ्नाम र येले संवतबारे बहस कार्यक्रम आयोजना गर्ने appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2026/4773/feed 0 4773
फिदिममा राजनैतिक पदाधिकारीहरुसँग लैंगिक न्यायका सवालमा अन्तरक्रिया https://sumhatlungtimes.com/details/2025/4761 https://sumhatlungtimes.com/details/2025/4761#respond Mon, 29 Dec 2025 07:12:10 +0000 https://sumhatlungtimes.com/?p=4761 १४ पौष, २०८२ पाँचथर । राष्ट्रिय महिला आयोगले पाँचथरका राजनैतिक दलका नेताहरुसँग लैंगिक न्यायका सवालमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोगले तीनै तहका राजनैतिक दलका पदाधिकारीहरुसँग लैङ्गिक न्यायकका सवालमा संविधान, नीति, कानुन तथा अन्तराष्ट्रिय सन्धिमा भएका व्यवस्थाहरुको बारेमा जानकारीमूलक अन्तरक्रिया…

The post फिदिममा राजनैतिक पदाधिकारीहरुसँग लैंगिक न्यायका सवालमा अन्तरक्रिया appeared first on sumhatlungtimes.

]]>

१४ पौष, २०८२ पाँचथर । राष्ट्रिय महिला आयोगले पाँचथरका राजनैतिक दलका नेताहरुसँग लैंगिक न्यायका सवालमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आयोगले तीनै तहका राजनैतिक दलका पदाधिकारीहरुसँग लैङ्गिक न्यायकका सवालमा संविधान, नीति, कानुन तथा अन्तराष्ट्रिय सन्धिमा भएका व्यवस्थाहरुको बारेमा जानकारीमूलक अन्तरक्रिया गरेको हो ।

 

फिदिम नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोगकी उप–सचिव रोशनीदेवी कार्कीले कार्यपत्र प्रस्तुत गरेकी थिईन् । आयोगकी सदस्य कृष्ण कुमारी पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीयत तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

The post फिदिममा राजनैतिक पदाधिकारीहरुसँग लैंगिक न्यायका सवालमा अन्तरक्रिया appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4761/feed 0 4761
लिम्बू पत्रकार संघ पाँचथरको आयोजनामा चासोक तङनामको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न https://sumhatlungtimes.com/details/2025/4754 https://sumhatlungtimes.com/details/2025/4754#respond Fri, 26 Dec 2025 10:51:03 +0000 https://sumhatlungtimes.com/?p=4754 ११ पुष २०८२, पाँचथर। लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति पाँचथरको आयोजनामा याक्थुङ (लिम्बू)हरुको महान चाड चासोक तङनामको अवसरमा शुभकामना आदान–प्रदान एवम् चासोक तङनामको साँस्कृतिक महत्व र उपादेयताबारे अन्त्ररक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार फिदिम–१ फाल्गुनन्द चोक स्थित नेपाल पत्रकार…

The post लिम्बू पत्रकार संघ पाँचथरको आयोजनामा चासोक तङनामको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न appeared first on sumhatlungtimes.

]]>

११ पुष २०८२, पाँचथर। लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति पाँचथरको आयोजनामा याक्थुङ (लिम्बू)हरुको महान चाड चासोक तङनामको अवसरमा शुभकामना आदान–प्रदान एवम् चासोक तङनामको साँस्कृतिक महत्व र उपादेयताबारे अन्त्ररक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार फिदिम–१ फाल्गुनन्द चोक स्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको आशनबाट लिम्बू पत्रकार संघका तुम्याहाङ विजयबोध लाओतीले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि, लिम्बू पत्रकार संघका तुम्याहाङ विजयबोध लाओतीले मौलिक याक्थुङ संस्कृति, सभ्यता, इतिहास र परम्पराको संरक्षण र विकासमा लिम्बू पत्रकार संघ गम्भीर र क्रियाशील रहेको उल्लेख गर्दै चासोक तङनामले सबै समुदायलाई एकताको शुत्रमा बाध्न प्रेरित गर्ने बताउनुभयो।

त्यस्तै चासोक तङनामको मुन्धुमी मिथक, साँस्कृतिक महत्व र उपादेयताबारे साँस्कृतिक अभियन्ता डा.मधुराज केरुङले प्रकाश पार्नुभएको थियो। केरुङले याक्थुङ (लिम्बू)का आदिम पुर्खा सावायेत्हाङहरु कृषि युगमा प्रवेश गरेसँगै सुरु भएको चासोक तङनामले याक्थुङ सभ्यता, परम्परा, सामाजिक मूल्य–मान्यता र समाज विकासको चरणबारे बुझाउने र स्मरण गराउने बताउनुभयो। उहाँले सम्मानित, सभ्य र सु–संस्कृत मान्छे निहुरिनुपर्छ र निहुरिन जान्नुपर्छ भन्ने दर्शन समेत यसभित्र रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष सागर केरुङ, नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटा र जिल्लास्थित सम्पूर्ण पेशागत पत्रकार संगठनहरुको तर्फबाट नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुईंटेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित साँस्कृतिक अभियन्ता, सामाजिक संघ–संस्था, पत्रकारजन्य संघ–संस्था र मिडिया हाउसका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष रजनी हाङ्सरुम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिले चासोक–प्रसाद समेत ग्रहण गरेका संघका जिल्ला सचिव इवारा लिम्बूले बताउनुभयो।

The post लिम्बू पत्रकार संघ पाँचथरको आयोजनामा चासोक तङनामको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4754/feed 0 4754
नेकपा पाँचथरबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा नेता हर्क नेम्बाङ मिक्सो सिफारिस https://sumhatlungtimes.com/details/2025/4740 https://sumhatlungtimes.com/details/2025/4740#respond Tue, 23 Dec 2025 13:39:54 +0000 https://sumhatlungtimes.com/?p=4740 ८ पुष २०८२, पाँचथर। नेपाली कम्युनिस्ट पार्टी पाँचथरले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरबाट नेता हर्क बहादुर नेम्बाङ मिक्सोको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट पार्टीले साबिक नेकपा…

The post नेकपा पाँचथरबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा नेता हर्क नेम्बाङ मिक्सो सिफारिस appeared first on sumhatlungtimes.

]]>

८ पुष २०८२, पाँचथर। नेपाली कम्युनिस्ट पार्टी पाँचथरले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरबाट नेता हर्क बहादुर नेम्बाङ मिक्सोको नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट पार्टीले साबिक नेकपा (माओवादी केन्द्र)को कोशी प्रदेश कमिटी अध्यक्ष रहेका नेम्बाङको नाम एकल रुपमा सिफारिस गरेको हो। नेकपाको मंगलबार बसेको जिल्ला सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य उम्मेद्वारको रुपमा नेम्बाङको नाम सिफारिस गर्ने निर्णय गरेको नेकपा पाँचथरका अध्यक्ष विशाल रसाइलीले बताए।

पाँचथरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा नेपाल एकता पक्षधर नेता–कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा गोलबद्ध भएका छन्। उम्मेद्वार सिफारिस भएसँगै अब चुनावको तयारीमा जुट्ने पार्टीले जनाएको छ।

बेदागी नेताको पहिचान बनाएका नेम्बाङ जिल्लामा लोकप्रिय नेताको रुपमा लिने गरिन्छ। नेम्बाङ पहिलोपल्ट संघीय सांसदको रुपमा उम्मेद्वार बन्न लागेका हुन्।

The post नेकपा पाँचथरबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा नेता हर्क नेम्बाङ मिक्सो सिफारिस appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4740/feed 0 4740
बक्सिङ संघ धनकुटा द्वारा मिर्गौला तथा ब्लड क्यान्सर पीडितलाई सहयोग https://sumhatlungtimes.com/details/2025/4729 https://sumhatlungtimes.com/details/2025/4729#respond Mon, 22 Dec 2025 11:43:35 +0000 https://sumhatlungtimes.com/?p=4729 ७ पुष २०८२, धनकुटा। जिल्ला बक्सिङ संघ धनकुटाले मिर्गौला तथा ब्लड क्यान्सरबाट पीडित एक–एक जनालाई सोमबार सहयोग प्रदान गरेको छ। संघले गत मंसिर २५ गतेदेखि पुष ५ गतेसम्म धनकुटा वसपार्कमा सञ्चालन गरेको म्यूजिकल तथा कल्चरल कार्यक्रमबाट संकलित रकमबाट सो सहयोग…

The post बक्सिङ संघ धनकुटा द्वारा मिर्गौला तथा ब्लड क्यान्सर पीडितलाई सहयोग appeared first on sumhatlungtimes.

]]>

७ पुष २०८२, धनकुटा। जिल्ला बक्सिङ संघ धनकुटाले मिर्गौला तथा ब्लड क्यान्सरबाट पीडित एक–एक जनालाई सोमबार सहयोग प्रदान गरेको छ।

संघले गत मंसिर २५ गतेदेखि पुष ५ गतेसम्म धनकुटा वसपार्कमा सञ्चालन गरेको म्यूजिकल तथा कल्चरल कार्यक्रमबाट संकलित रकमबाट सो सहयोग गरेको हो। संघले एउटा मिर्गौला फेल भई नियमित डायलासिस गराइरहेका धनकुटा नपा–८ मिलन चोकका चौतिसलाल राईलाई नगद एक लाख १८ हजार ४७० रुपैंयाँ सहयोग गरेको हो।

त्यस्तै ब्लड क्यान्सर भई उपचार गराइरहेका चौबिसे गाउँपालिका–७ लुफादिनका मूर्तीकार तथा स्रष्टा जितेन चेम्जोङलाई पनि नगद ३० हजार रुपैंयाँ सहयोग प्रदान गरेको छ। चेम्जोङओ अहिले काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै धनकुटा सदरमुकामस्थित श्रीपञ्चमीमा आश्रित अनाथ बालबालिकालाई २२ हजार रुपैंयाँ बराबरको खाद्यान्न, धनकुटा वसपार्कमा ४५ हजार रुपैंयाँ बराबरको सिसि क्यामेरा जडान साथै जिल्लास्थित विभिन्न क्लवहरुलाई १८ हजार रुपैंयाँ बराबरको खेलकुद सामग्री प्रदान गरिएको बक्सिङ् संघ धनकुटाका कार्यवाहक अध्यक्ष हेमचन्द्र राईले बताए।

धनकुटा सदरमुकाममा आज आयोजित एक कार्यक्रमकाबिच सो सहयोगहरु हस्तान्तरण गरिएको थियो। म्यूजिकल तथा कल्चरल कार्यक्रमबाट जम्मा ६ लाद ५ हजार रुपैयाँ रकम संकलन भएकोमा सहयोग र अन्य खर्च कटाएर ९० हजार रुपैंयाँ बचन भएको बताइएको छ।

The post बक्सिङ संघ धनकुटा द्वारा मिर्गौला तथा ब्लड क्यान्सर पीडितलाई सहयोग appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4729/feed 0 4729
सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने https://sumhatlungtimes.com/details/2025/4724 https://sumhatlungtimes.com/details/2025/4724#respond Sun, 21 Dec 2025 11:40:26 +0000 https://sumhatlungtimes.com/?p=4724 सन्देश सुब्बा ६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ। आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।…

The post सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने appeared first on sumhatlungtimes.

]]>

सन्देश सुब्बा
६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ।

आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

दौड पूरुष र महिला दुबैतर्फ हुनेछ। पूरुष तर्फको प्रथम, द्वितीय र त्रितीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र दश हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। पूरुष धावकले सुम्हात्लुङ प्राङ्गणदेखि क्याम्पस गेट–आहालगैरी–जोरसाल–पल्लोटार वसपार्क–कालुराम ग्यारेज–फिदिम मावि–ठाडो लाइन–हुलाक लाइन–होटल सरगम ओरालो–जिल्ला प्रहरी कार्यालय–वेल्फेयर उकालो हुँदै सुम्हात्लुङ प्राङ्गणसम्मको ९.५ किलोमिटर दूरी पार गर्नुपर्नेछ।

त्यस्तै महिला तर्फ प्रथम, द्वितीय र त्रितीय हुने धाविकाले क्रमशः नगद १५ हजार, दश हजार र पाँच हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। महिला धाविकाले सुम्हात्लुङ प्राङ्गणदेखि क्याम्पस गेट–आहालगैरी–तुम्देन चोक–पल्लोटार जाने बाटो–विजयबोध लाओतीको घर उकालो–राविसे मन्दिर–नमूना लाइन–तमोरभ्याली गेष्टहाउस–अस्पताल मोड–नगरपालिका उकालो हुँदै सुम्हात्लुङ परिषरसम्मको ५.३ किलोमिटर दूरी पार गर्नुपर्नेछ।

ऐतिहासिक एवम् मुन्धुमीस्थल सुम्जिरी सुम्हात्लुङको प्रचार–प्रसार एवम् पर्यटन प्रबद्र्धनका लागि यहाँ हरेक वर्ष चासोक तङनामको अवसरमा चासोक मेला सँगै सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिँदै आएको छ।

चासोक मेलाको उद्घाटन पुष दश गते हुने आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानका सचिव कमल लाओतीले बताए। मेला अवधीभर या?लाःङ्, केलाःङ् सँगै विभिन्न जाजातिका साँस्कृतिक प्रस्तुती, रैथाने परिकारहरुको प्रदर्शन तथा बिक्री वितरण साथै समाइलो मेला आयोजना हुनेछ।

The post सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4724/feed 0 4724
नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा सात बुँदे यासोक घोषणापत्र जारी https://sumhatlungtimes.com/details/2025/4720 https://sumhatlungtimes.com/details/2025/4720#respond Sun, 21 Dec 2025 07:40:01 +0000 https://sumhatlungtimes.com/?p=4720 ६ पुष २०८२, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको घुम्ति बैठक तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको अन्त्ररक्रिया सात बुँदे यासोक घोषणा–पत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ। स्थानीय तहहरुलाई स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गर्न दवाव दिन, सञ्चारमैत्री…

The post नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा सात बुँदे यासोक घोषणापत्र जारी appeared first on sumhatlungtimes.

]]>

६ पुष २०८२, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको घुम्ति बैठक तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको अन्त्ररक्रिया सात बुँदे यासोक घोषणा–पत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ।

स्थानीय तहहरुलाई स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गर्न दवाव दिन, सञ्चारमैत्री कार्यक्रम तय गर्न साथै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल, अन्तरक्रिया गर्दै विकास निर्माण, सेवा प्रवाह र जनजीविकालाई सहज बनाउने सन्दर्भमा पैरवी गर्ने अभियानको सुरुवात महासंघको पाँचथर शाखाले यासोकबाट गरेको हो।

महासंघ पाँचथर शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न बैठक र कुम्मायक गाउँपालिकाको कार्यालयमा भएको अन्तरक्रियाबाट सात बुँदे घोषणापत्र जारी गरिएको सचिव रविन्द्र काफ्लेले बताए।

घोषणापत्रः
स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रमको सुरुआतमा रुपमा मिति २०८२ साल पुस ०५ गते विशिष्ट धार्मिक महत्व बोकेको कुम्मायक मन्दिर माङहिममा कार्यसमितिको नियमित बैठक शाखाका अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भइ ऐतिहासिक यासोक बजारमा अवस्थित कुम्मायक गाउँपालिकाको कार्यालयमा सम्पन्न वृहत अन्तरक्रियाबाट देहायबमोजिम ‘यासोक घोषणापत्र’ जारी गरिएको छ ।

१. यो भेला आम सरोकारवालाहरुको राय र परामर्शका आधारमा यथाशीघ्र स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन कुम्मायक गाउँपालिका सहित पाँचथर जिल्लाका सबै स्थानीय तहहरुलाई आव्हान गर्दछ ।

२.यो भेला स्थानीय र ग्रामीण पत्रकारिताको विकासका लागि स्वरोजगारमूलक स्थानीय सञ्चार माध्यमहरुको सम्वद्र्धन र सवलीकरणमा स्पष्ट नीति तय गरी पर्याप्त बजेट विनियोजन गर्न, पत्रकारहरुका लागि लेखन वृत्ति, प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालनमा ल्याउन सबै स्थानीय तहहरुलाई आग्रह गर्दछ ।

३. यो भेला पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षालाई विशेष ध्यान दिन र सामाजिक सञ्जालका माध्यमबाट पत्रकारहरु माथि भइरहेको दुव्र्यवहार, दुरुत्साहन र समाचार लेखेकै आधारमा लाञ्छित गर्ने प्रवृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरोकारवालाहरु र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।

४. यो भेला कुम्मायक÷कुस्सायक लगायत धार्मिक पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार विकास र प्रचारप्रसार मार्फत पर्यटन विकासमा स्पष्ट कार्यक्रम र पर्याप्त बजेटको ब्यवस्था गर्न तीनै तहका सरकार समक्ष आग्रह गर्दछ ।

५. यो भेला कुम्मायक गाउँपालिका सहित पाँचथरका सुक्खाग्रस्त क्षेत्रमा रहेको खानेपानी लगायत आधारभूत मानवीय पूर्वाधार अभावको समस्या समाधानका लागि विशेष प्याकेज ल्याइ बढ्दो बसाइसराईं रोक्न र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने गरी नीति, कार्यक्रम र बजेट निर्माण गर्न तीनै तहका सरकारको विशेष ध्यानाकर्षण गराउँदछ ।

६. यो भेला सूचना प्रविधि र आम सञ्चारको बढ्दो विकासले आम जनमानसले तथ्य बुझ्न कठीन परेको अवस्थामा राज्यका हरेक निकायमार्फत मिडिया साक्षरताका कार्यक्रम सञ्चालन गर्न र व्यवायीक पत्रकारीता, पेशागत सुरक्षा, क्षमता विकास, सामाजिक सुरक्षा, पत्रकार प्रोत्साहन तथा लेखनवृद्धीको व्यवस्थाका लागि आग्रह गर्दछ ।

७. यो भेला नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष तथा मिडिया उद्यमी कविन्द्र शेर्माको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै वहाँ लगायत समस्यामा रहेका सम्पूर्ण पत्रकारको सहयोगमा सबै तहका सरकार समक्ष जोडदार माग गर्दछ ।

नेपाल पत्रकार महासंघ पाँचथरको यो भेला सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने कुम्मायक गाउँपालिका सहित सबैप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछौँ ।

The post नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा सात बुँदे यासोक घोषणापत्र जारी appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4720/feed 0 4720
रानीटारमा तमु ल्हाेछार मैत्री फुटबल प्रतियाेगिता हुने https://sumhatlungtimes.com/details/2025/4714 https://sumhatlungtimes.com/details/2025/4714#respond Tue, 16 Dec 2025 08:25:33 +0000 https://sumhatlungtimes.com/?p=4714 १ पुष २०८२, पाँचथर। जिल्लाको फिदिम नगरपालिका–८ मा तमु ल्होछारको अवसरमा दोस्रो तमु ल्होछार मैत्री कप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएकाे छ । प्रतियोगिता श्री सिंह सिद्धदेवी डोलो क्लब तथा तमु ल्होछार समारोह समिति को संयुक्त आयोजनामा हुने भएको छ।…

The post रानीटारमा तमु ल्हाेछार मैत्री फुटबल प्रतियाेगिता हुने appeared first on sumhatlungtimes.

]]>

१ पुष २०८२, पाँचथर। जिल्लाको फिदिम नगरपालिका–८ मा तमु ल्होछारको अवसरमा दोस्रो तमु ल्होछार मैत्री कप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएकाे छ । प्रतियोगिता श्री सिंह सिद्धदेवी डोलो क्लब तथा तमु ल्होछार समारोह समिति को संयुक्त आयोजनामा हुने भएको छ। यस प्रतियोगितामा पुरुष र महिला दुवैतर्फको फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ।

आयोजक समितिका अध्यक्ष जीवन गुरुङ का अनुसार, तमु समुदायको मौलिक पर्व तमु ल्होछारलाई खेलकुद र संस्कृतिसँग जोड्दै स्थानीय तथा बाह्य खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उनले यस प्रतियोगिताले युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।

खेल संयोजक झलक गुरुङ का अनुसार प्रतियोगितामा सहभागी टोलीहरूको लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पुरुष फुटबलतर्फ विजेता टोलीले रु. ६०,११० र उपविजेता टोलीले रु. ३०,१०५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला फुटबलतर्फ प्रथम हुने टोलीले रु. २१,१११ र दोस्रो हुने टोलीले रु. ११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताका क्रममा बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट प्लेयर तथा सर्वाधिक गोलकर्ता जस्ता विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

तमु ल्होछारको मुख्य दिन पुस १५ गते फुटबल प्रतियोगिताको फाइनल खेलसँगै नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। नृत्य प्रतियोगितातर्फ प्रथम हुनेले रु. १०,१५० र दोस्रो हुनेले रु. ५,०७५ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

आयोजक समितिका सचिव भविन गुरुङ का अनुसार फुटबल प्रतियोगिता पुस १० गते सुरु भई पुस १५ गते फाइनल खेल आयोजना हुनेछ। प्रतियोगिता श्री सिंह सिद्धदेवी डोलो क्लबको खेलमैदान, फिदिम–८, पाँचथर मा सञ्चालन हुनेछ।

प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका खेलप्रेमी दर्शकलाई प्रतियोगिता अवलोकन र सांस्कृतिक कार्यक्रममा सहभागिताका लागि आयोजकले आमन्त्रण गरेका छन ।


The post रानीटारमा तमु ल्हाेछार मैत्री फुटबल प्रतियाेगिता हुने appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4714/feed 0 4714
यसपल्ट फाल्गुनन्द गोल्डकप नहुने https://sumhatlungtimes.com/details/2025/4695 https://sumhatlungtimes.com/details/2025/4695#respond Tue, 16 Dec 2025 08:03:37 +0000 https://sumhatlungtimes.com/?p=4695 नारायण तुम्बापो १ पुष २०८२, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा लामो समयदेखि सञ्चालन हुँदै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष आयोजना नहुने भएको छ। खेल मैदानको स्तरोन्नतिको काम जारी रहेकाले यस वर्ष प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक संस्था…

The post यसपल्ट फाल्गुनन्द गोल्डकप नहुने appeared first on sumhatlungtimes.

]]>

नारायण तुम्बापो
१ पुष २०८२, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा लामो समयदेखि सञ्चालन हुँदै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष आयोजना नहुने भएको छ।

खेल मैदानको स्तरोन्नतिको काम जारी रहेकाले यस वर्ष प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक संस्था फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिनुभएको छ। विभिन्न कारणले करिब ६ वर्षसम्म स्थगित रहेको प्रतियोगिता गत वर्षदेखि ११औँ संस्करणका रूपमा पुनः सञ्चालनमा आएको थियो। तर यस वर्ष फेरि प्रतियोगिता स्थगित गर्नुपर्ने अवस्था आएको अध्यक्ष थापा मगरले बताउनुभयो।

संघीय सरकारको आर्थिक सहयोगमा फिदिम खेल मैदानको स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढिरहेको छ। तारजाली समेत जडान गर्ने गरि पश्चिमतर्फ पर्खाल निर्माण कार्य भइरहेको छ। सोही क्षेत्रमा प्याराफिट समेत निर्माण गरिने जनाइएको छ। साथै मैदानलाई थप खेलाडीमैत्री बनाउन दुबो रोपणको काम समेत गरिने अध्यक्ष थापा मगरले जानकारी दिनुभयो।

उल्लेखित निर्माण कार्य सम्पन्न गर्न जेठ–असारसम्मको समयतालिका रहेकाले यस वर्षको फाल्गुनन्द गोल्डकप प्रतियोगिता प्रभावित भएको हो। आगामी वर्षको हिउँद यामदेखि १२औँ संस्करणका रूपमा प्रतियोगिताले निरन्तरता पाउने अध्यक्ष थापा मगरले विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रिय विभूति, किरात धर्मगुरु महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको हो। स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता हुने यो प्रतियोगिता पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित छ।

फिदिममा प्रतियोगिता सञ्चालन हुँदा स्थानीय धार्मिक, सांस्कृतिक तथा व्यापारिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने गरेको छ।

The post यसपल्ट फाल्गुनन्द गोल्डकप नहुने appeared first on sumhatlungtimes.

]]>
https://sumhatlungtimes.com/details/2025/4695/feed 0 4695