SumhatlungTimes
२०८३ आश्विन १३ मंगलवार | Tue, 29 Sep 2026
NepaliTheme
विचार विमर्श

नेफिन कोरियाको प्रथम सामूहिक विस्तारित बैठक जुन ७ मा हुने ।

एकता, सहकार्य र सशक्तिकरणका लागि नेफिन कोरियाको पहिलो विस्तारित बैठक महत्वपूर्ण नीतिगत छलफल हुने

नेफिन कोरियाको प्रथम सामूहिक विस्तारित बैठक जुन ७ मा हुने ।

 सिओल, दक्षिण कोरिया । आदिवासी जनजाति महासंघ (नेफिन) गणतन्त्र कोरियाले आगामी जुन ७, २०२६ मा आफ्नो प्रथम सामूहिक विस्तारित बैठक आयोजना गर्ने भएको छ । महासंघले जारी गरेको सूचनाअनुसार संरक्षक, सल्लाहकार, आबद्ध जातीय संस्थाका अध्यक्षहरू, सम्बद्ध संस्थाका अध्यक्षहरू, महासंघका शाखा अध्यक्ष तथा प्रतिनिधिहरुको अनिवार्य उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ। दोङ्देमुनस्थित लक्ष्मी पूजा रेष्टुरेण्टको सभाहलमा दिउँसो २:३० बजेदेखि सुरु हुने उक्त बैठकलाई नेफिनका संघीय अध्यक्ष निमा लामा ह्योल्मोले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

महासंघका अध्यक्ष शुभराज भोम्जनद्वारा जारी सूचनाअनुसार बैठकमा महासंघले लिएको लक्ष्य, उद्देश्य तथा आगामी दिनमा संगठनलाई योजनाबद्ध ढंगले कसरी अगाडि बढाउने भन्ने विषयमा बृहत् छलफल गरिनेछ। साथै संगठनको दीर्घकालीन कार्ययोजना, संस्थागत सुदृढीकरण, समन्वय र नेतृत्व विकासका विषयहरू पनि बैठकका प्रमुख एजेण्डा रहनेछन् । त्यसैगरी आदिवासी जनजातिका हक, अधिकार र पहिचानसँग सम्बन्धित समसामयिक मुद्दा, आदिवासी आन्दोलनको सशक्तीकरण तथा प्रवर्द्धनका विषयमा समेत गहन छलफल हुने जनाइएको छ। विशेषगरी कम जनसंख्या भएका तथा स्रोत साधनको अभावमा रहेका जातीय संस्थाहरूलाई सहयोग, संरक्षण र प्रवर्द्धन गर्दै उनीहरूको संस्थागत विकासमा महासंघले खेल्न सक्ने भूमिकाबारे पनि बैठकमा विचार विमर्श गरिनेछ । महासंघले बैठकलाई सफल बनाउन सम्बन्धित सबै पदाधिकारी तथा प्रतिनिधिहरूलाई समयमै उपस्थित भई रचनात्मक सहभागिता जनाउन अनुरोध गरेको छ ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


अर्जुन तुम्बापो अर्जुन तुम्बापो    
  • २०८३ जेष्ठ २३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP