तुम्बापो समाज सेवा संघ, दक्षिण कोरियाको पाँचौँ अधिवेशन सम्पन, संघ द्वारा प्रकाशित ‘कोरिया डायरी’ बिमोचन
-
सुम्हात्लुङ टाइम्स
- २०८३ आश्विन ११, आईतवार
सियोल। तुम्बापो समाज सेवा संघ, नेपाल, प्रवास शाखा, दक्षिण कोरियाको पाँचौँ अधिवेशन वीरमान तुम्बापो अध्यक्षमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ।
२०२६ सेप्टेम्बर २६ का दिन सियोलस्थित पूजा रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले तुम्बापो समाज सेवा संघ, नेपाल, प्रवास शाखा, दक्षिण कोरियाको नयाँ नेतृत्व चयन गरेको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा माङसालुङमा तुम्बापो, बसन्त तुम्बापो र सरण तुम्बापो, सचिव राजेन्द्र तुम्बापो (दमक), सह–सचिव राजेन्द्र तुम्बापो (टारगाउँ), कोषाध्यक्ष शान्तिला तुम्बापो र सह–कोषाध्यक्षमा बिप्लव तुम्बापोलाई निर्वाचित गरेको छ।

सदस्यहरूमा लिबोङ तुम्बापो, वीरेन्द्र तुम्बापो, बबिता तुम्बापो, मनुश तुम्बापो, मन कुमार तुम्बापो, दिपेन्द्र तुम्बापो, रत्न कुमार तुम्बापो (हेम), कविता तुम्बापो, रुसा तुम्बापो, सन्देश तुम्बापो र लक्ष्मी तुम्बापो निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको आशनबाट किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष विनोद सौदेन सहित तुम्बापो समाज सेवा संघ, नेपाल, प्रवास शाखा, दक्षिण कोरियाका संरक्षक मदन तुम्बापो, पाँचथर समाज सेवा दक्षिण कोरियाका अध्यक्ष नरेन्द्र सेर्मा, किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष दिर्ज काङ्भा लिम्बू, संघका पूर्व अध्यक्ष तथा विशेष सल्लाहकार युवेन तुम्बापोलगायतका अतिथिहरुले शुभकामना दिएका थिए।

‘कोरिया डायरी’ बिमोचन
सोही अवसरमा तुम्बापो समाज सेवा संघ, नेपाल, प्रवास शाखा, दक्षिण कोरियाले प्रकाशन गरेको ‘कोरिया डायरी’ पुस्तकको विमोचन गरिएको छ। पुस्तकमा तुम्बापो समाज सेवा संघ, नेपाल, प्रवास शाखा, दक्षिण कोरियाको स्थापनादेखि हालसम्मका गतिविधि सँगै दक्षिण कोरियामा रहेका नेपालीहरुको संघर्ष, अनुभव र विचार समेटिएको लेख, रचना, संस्मरण आदि समेटिएको छ।
अधिवेशन तुम्बापो समाज सेवा संघ, नेपाल, प्रवास शाखा, दक्षिण कोरियाका निवर्तमान अध्यक्ष अर्जुन तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो।
सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सुम्हात्लुङ टाइम्स
-
तुम्बापो समाज सेवा संघ, दक्षिण कोरियाको पाँचौँ अधिवेशन सम्पन, संघ द्वारा प्रकाशित ‘कोरिया डायरी’ बिमोचन
-
चारखोले कुहिरो
-
गजल
-
नेपाली कांग्रेस, पाँचथर प्रदेशसभा–२ को सचिवमा वृजहाङ आङदेम्बेको पनि दाबी
-
पद भनेको निश्चित अवधिको जिम्मेवारी हो, संगठनले के पायो भन्ने कुरा महत्वपूर्ण हो: कैलाश शेर्मा




प्रतिक्रिया