SumhatlungTimes
२०८३ आश्विन २२ बिहीबार | Thu, 08 Oct 2026
NepaliTheme

कियाचु माल्टाद्वारा आयोजित युरोपस्तरीय फुटबल प्रतियोगिता सम्पन्न, धरान सिटी एफसी पुर्चुगल च्याम्पियन

माल्टा । किरात याक्थुङ चुम्लुङ (कियाचु) माल्टाको आयोजनामा अगस्ट ३ र ४ गते सम्पन्न प्रथम मुकुङ्लुङ गोल्डकपको उपाधि धरान सिटी एफसी पुर्चुगलले जितेको छ।

युरोपका विभिन्न देशबाट सहभागी २४ टोलीबीच भएको प्रतियोगिताको फाइनलमा धरान सिटी एफसी पुर्चुगलले झापा एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगिताको सेमिफाइनलमा धरान सिटी एफसीले NMSS एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यस्तै, झापा एफसीले लाङ्दीदेवी एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

उपाधि विजेता धरान सिटी एफसी पुर्चुगलले ५ हजार ३ युरो नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता झापा एफसीले २ हजार ५ सय ३ युरो नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

प्रतियोगिताको समापन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष बदम योङ्हाङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता कियाचु माल्टाका कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार लिम्बुले गरेका थिए भने प्रतियोगिताको खेल संयोजकको जिम्मेवारी कियाचु माल्टाका उपाध्यक्ष किरण आङ्बुहाङले सम्हालेका थिए।

प्रतियोगिताको समापनपछि सहभागी तथा उपस्थित समुदायबीच धाननाचसमेत आयोजना गरिएको थियो। युरोपका विभिन्न देशबाट आएका सहभागीहरू धाननाचमा सहभागी भएका थिए।

खेलकुदसँगै सांस्कृतिक कार्यक्रमलाई समेत समेटिएको प्रतियोगिताले युरोपमा रहेका याक्थुङ तथा नेपाली समुदायबीच भेटघाट र आपसी सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

प्रथम मुकुङ्लुङ गोल्डकपमा २४ टोलीको सहभागिताले युरोपमा रहेका नेपाली समुदायबीच फुटबलप्रतिको आकर्षणलाई समेत देखाएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि खेलकुद तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने उद्देश्य रहेको छ।

किरात याक्थुङ चुम्लुङ माल्टादरा आयोजना

सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।

सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ आश्विन २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP