SumhatlungTimes
२०८३ आश्विन २२ बिहीबार | Thu, 08 Oct 2026
NepaliTheme

फिदिम -२ को दुई स्थानमा ट्राफिक सचेतना बोर्ड राखियो

फिदिम -२ को दुई स्थानमा ट्राफिक सचेतना बोर्ड राखियो

फिदिम, पाँचथर । सडक दुर्घटना न्यूनीकरण तथा सवारी सुरक्षालाई ध्यानमा राख्दै फिदिम नगरपालिका–२ का दुई प्रमुख स्थानहरूमा ट्राफिक सचेतना बोर्ड स्थापना गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरको आयोजना तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, फिदिम शाखाको सहयोगमा उक्त बोर्डहरू राखिएका हुन्।

सवारी दुर्घटनाको बढी जोखिम रहेका फिदिम–२ को नेपालटार र कृष्ण मन्दिर घुम्ती (टर्निङ) मा मंगलबार ती सचेतना बोर्डहरू राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख पुरन बर्देवाले जानकारी दिनुभयो।

ती क्षेत्रहरू दुर्घटनाको दृष्टिकोणले संवेदनशील मानिएकाले चालक तथा पैदलयात्रीलाई सजग गराउन र सम्भावित जोखिम कम गर्न सहयोग पुग्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ आश्विन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP