SumhatlungTimes
२०८३ आश्विन २३ शुक्रबार | Fri, 09 Oct 2026
NepaliTheme
खेलकुद

अमेरिकाको नर्थ क्यारोलिनामा आरटीपी दशैं कप जारी

प्रत्येक सप्ताहान्त खेल हुने गरी प्रतियोगिता एक महिनासम्म सञ्चालन हुनेछ

अमेरिकाको नर्थ क्यारोलिनामा आरटीपी दशैं कप जारी

अमेरिका। अमेरिकाको नर्थ क्यारोलिनामा नेपालीहरूको महान् चाड दशैंको अवसर पारेर यस वर्षको आरटीपी दशैं कप सेप्टेम्बर १८ देखि जारी रहेकाे छ। नेपाली समुदायबीच एकता, आपसी भाइचारा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आयोजना हुँदै आएको आरटीपी दशैं कपको सुरुवात सन् २०१७ बाट गरिएको आयोजक विकास सापकोटाले बताउनुभयो।

अमेरिकामा रहेर पनि नेपाली चाडपर्व, संस्कृति र परम्परालाई निरन्तरता दिँदै नेपाली समुदायबीच आपसी सम्बन्ध र भाइचारा थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सापकोटाले बताउनुभयो। यस वर्षको आरटीपी दशैं कप आयोजनाका लागि विकास सापकोटा, जीवन न्यौपाने, दीप रिशाल, टंक सेलिङ, सौरवराज बिष्ट र सन्तोष गौतम आयोजक सदस्यका रूपमा रहनुभएको छ।

प्रत्येक सप्ताहान्त खेल हुने गरी प्रतियोगिता एक महिनासम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १० टोली सहभागी रहेका थिए। चियाबारी एफसी, दुर्गा एफसी, माछापुच्छ्रे एफसी र राइनो एफसी सेमिफाइनल पुगेका छन्। फाइनल अक्टोबर १० तारिखमा हुनेछ।

प्रतियोगितामा मोहन सापकोटा, प्रदिन मगर, सुनील केसी, विवेक तामाङ, अङ्कुर अधिकारी, निराजन अधिकारी, आकाश थापा, संयम लामिछाने र अशोक सुवेदी कप्तानका रूपमा रहेका छन्।

आरटीपी दशैं कप करिब एक महिनासम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताले नेपाली डायस्पोराबीच आपसी सम्पर्क, सहकार्य र सम्बन्ध विस्तार गर्नुका साथै नेपाली पहिचान, संस्कृति र समुदायप्रतिको अपनत्वलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने टिम चियाबारीका कप्तान मोहन सापकोटाले बताउनुभयो।

यसैगरी, प्रतियोगिताका खेलाडी भूपाल कोइरालाले आरटीपी दशैं कप सबै नेपालीको साझा कार्यक्रमका रूपमा विकास हुँदै गएको र यसको निरन्तरता तथा साझा मञ्च निर्माण गर्न सफल रहेको बताउनुभयो।

अमेरिकामा बसोबास गर्ने नेपाली दोस्रो पुस्तासहित नयाँ पुस्तालाई समेत नेपाली संस्कृति, चाडपर्व र समुदायसँग जोड्ने माध्यमका रूपमा आरटीपी दशैं कपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ। खेलकुदसँगै नेपाली संस्कृति र सामुदायिक एकतालाई प्राथमिकता दिँदै आयोजना हुने यस प्रतियोगिताले नर्थ क्यारोलिनाको नेपाली समुदायमा दशैंको उत्साह थप बढाउने अपेक्षा गरिएको छ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ आश्विन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP