अमेरिकाको नर्थ क्यारोलिनामा आरटीपी दशैं कप सम्पन्न, दुर्गा एफसी विजेता
-
सुम्हात्लुङ टाइम्स
- २०८३ आश्विन २६, सोमबार
अमेरिका। नेपालीहरूको महान् चाड बडादशैंको अवसरमा अमेरिकाको नर्थ क्यारोलिनामा आयोजना गरिएको यस वर्षको आरटीपी दशैं कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ। सेप्टेम्बर १८ देखि सुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए। अक्टोबर १० मा सम्पन्न फाइनल खेलमा दुर्गा एफसीले माछापुच्छ्रे एफसीलाई १ गोलका बिरुद्व ४ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।
नेपाली समुदायबीच एकता, आपसी भाइचारा र सामाजिक सद्भाव अभिवृद्धि गर्दै नेपाली संस्कृति तथा परम्परालाई निरन्तरता दिने उद्देश्यले सन् २०१७ देखि आरटीपी दशैं कप आयोजना हुँदै आएको आयोजक विकास सापकोटाले बताउनुभयो।
प्रत्येक सप्ताहान्त सञ्चालन हुँदै आएको प्रतियोगिताको सेमिफाइनलमा चियाबारी एफसी, दुर्गा एफसी, माछापुच्छ्रे एफसी र राइनो एफसी पुगेका थिए। सेमिफाइनलका खेलपछि दुर्गा एफसी र माछापुच्छ्रे एफसी फाइनलमा प्रवेश गरेका थिए। फाइनलमा दुर्गा एफसीले माछापुच्छ्रे एफसीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो। दुर्गा एफसीका कप्तान सुनिल केसी हुनुहुन्थ्यो।
आरटीपी दशैं कप फुटबल प्रतियोगिता खेलकुदमा मात्र सीमित नभई प्रवासमा रहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाइ छ। प्रतियोगिताले नेपाली समुदायबीच आपसी सम्बन्ध, सहकार्य र अपनत्व बढाउनुका साथै नयाँ पुस्तालाई नेपाली संस्कृति, परम्परा र समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यस वर्षको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न विकास सापकोटा, जीवन न्यौपाने, दीप रिशाल, टंक सेलिङ, सौरवराज बिष्ट र सन्तोष गौतम आयोजक सदस्यका रूपमा सक्रिय रहनुभएको थियो।
प्रवासमा नेपाली संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै खेलकुदमार्फत सामुदायिक एकता कायम राख्ने उद्देश्यसहित आयोजना हुँदै आएको आरटीपी दशैं कपले नेपाली समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्याउँदै आएको छ।
सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सुम्हात्लुङ टाइम्स
-
अमेरिकाको नर्थ क्यारोलिनामा आरटीपी दशैं कप सम्पन्न, दुर्गा एफसी विजेता
-
Sagar Kerung: A Multifaceted Journey from Mother-Tongue Knowledge Sovereignty to Indigenous Cinema
-
बसन्ता सम्बाहाम्फेको पालाम: हेन्जिला, मुक्सि नु परिक्हा? विमोचन
-
फिदिम -२ को दुई स्थानमा ट्राफिक सचेतना बोर्ड राखियो
-
लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड पायो




प्रतिक्रिया