SumhatlungTimes
२०८३ कार्तिक १ शनिबार | Sat, 17 Oct 2026
NepaliTheme

दमकमा निक्की र हङकङमा पुष्पा प्रथम: पाँचथरका दुई धाविकालाई दोहोरो सफलता

दमकमा निक्की र हङकङमा पुष्पा प्रथम: पाँचथरका दुई धाविकालाई दोहोरो सफलता

पाँचथर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौड प्रतियोगिताहरूमा पाँचथरका महिला धाविकाहरूले उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला र देशको नाम उच्च बनाएका छन्।

आज (अक्टोबर १७) हङकङमा सम्पन्न प्रतिष्ठित ‘एक्सन एसिया ५० किमी ट्रेल रन‘ (Action Asia 50 KM Trail Run) मा नेपालको तर्फबाट सहभागी भएकी पाँचथरकी पुष्पा शेर्मा लिम्बूले महिलातर्फ प्रथम स्थान हासिल गरेकी छन्। उनले ५० किलोमिटरको कठिन दुरी ५ घण्टा ५६ मिनेट २० सेकेन्ड (५:५६:२०) मा पुरा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा स्वर्ण पदक जित्न सफल भएकी हुन्।

यसैगरी, झापाको दमकमा आयोजित ‘प्रथम इस्टबाउन्ड 5k दौड प्रतियोगिता २०८३‘ (1st Eastbound 5K Race)मा जिल्ला एथलेटिक्स संघ पाँचथरकी सदस्य निक्की नेम्वाङ लिम्बूले खुल्ला महिलातर्फ प्रथम स्थान हासिल गरेकी छन्।

सडक दौडदेखि कठिन ट्रेल रनसम्म पाँचथरका दुई चेलीहरूले एकैसाथ हात पारेको यो शानदार सफलताले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ। उनीहरूको यो ऐतिहासिक जितप्रति जिल्ला एथलेटिक्स संघ पाँचथरले खुसी व्यक्त गर्दै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ कार्तिक १, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP