SumhatlungTimes
२०८३ आश्विन १४ बुधबार | Wed, 30 Sep 2026
NepaliTheme

पाँचथर, तेह्रथुम र ताप्लेजुङका प्रहरीबीच अन्तरजिल्ला भर्चुअल समन्वय बैठक सम्पन्न

पाँचथर, तेह्रथुम र ताप्लेजुङका प्रहरीबीच अन्तरजिल्ला भर्चुअल समन्वय बैठक सम्पन्न

पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथर, तेह्रथुम र ताप्लेजुङबीच अन्तरजिल्ला प्रहरी समन्वय बैठक सम्पन्न भएको छ।

मङ्गलबार भर्चुअल माध्यम (जुम) मार्फत सम्पन्न बैठकमा पछिल्लो समय देखिएको मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न प्रभावका विषयमा छलफल भएको डिएसपी अनिशकुमार कर्णले जानकारी दिनुभयो।

बैठकमा अन्तरजिल्ला अपराध नियन्त्रण, सूचना आदान–प्रदान, अपराध अनुसन्धानमा निरन्तर सहकार्य, फरार प्रतिवादीको खोजतलास तथा पक्राउ, शान्ति–सुरक्षा व्यवस्थापन एवं प्रहरी कार्यसम्पादनसँग सम्बन्धित समसामयिक विषयमा समेत विस्तृत रूपमा अन्तरक्रिया गरिएको हो।

तीनवटै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकहरूको सहभागिता रहेको बैठकमा अन्तरजिल्ला समन्वयलाई थप प्रभावकारी बनाउँदै विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न आपसी सहयोग, सहकार्य र सूचनाको प्रभावकारी आदान–प्रदानलाई निरन्तरता दिने विषयमा जोड दिइएको छ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


तागेरा तावा तागेरा तावा    
  • २०८३ आश्विन १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP