SumhatlungTimes
२०८३ आश्विन १४ बुधबार | Wed, 30 Sep 2026
NepaliTheme

भोटेकोशी बाढीपीडितका लागि किरात याक्थुङ चुम्लुङद्वारा तीन लाख ७७ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि किरात याक्थुङ चुम्लुङद्वारा तीन लाख ७७ हजार सहयोग

काठमाडौं। गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडितका लागि किरात याक्थुङ चुम्लुङका विभिन्न जिल्ला तथा नगर समितिहरूले संकलन गरेको रु. ३ लाख ७७ हजार ७६८ सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।

किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिको समन्वयमा संकलन गरिएको उक्त रकममा कियाचु सुनसरी, इटहरी नगर र धरान नगरबाट रु. २ लाख १४ हजार ३१०, कियाचु भक्तपुर जिल्ला समितिबाट रु. ७ हजार १०, कियाचु ललितपुर जिल्ला समितिबाट रु. १ लाख ३६ हजार ५१०, कियाचु काठमाडौं जिल्ला समितिबाट रु. १४ हजार ९३८ र कियाचु संघीय सचिवालयबाट रु. ५ हजार रहेको छ।

चुम्लुङले सहयोग अभियानमा सहभागी हुने कियाचु सुनसरी, इटहरी, धरान, भक्तपुर, काठमाडौं र ललितपुर जिल्ला तथा नगर समितिका साथै संघीय कार्यसमितिमार्फत सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति धन्यवाद व्यक्त गरेको छ।

यसैबीच, विदेशस्थित किरात याक्थुङ चुम्लुङका शाखाहरूबाट संकलित सहयोग रकम भने सम्बन्धित चुम्लुङहरूले सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिइएको छ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ आश्विन १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP