SumhatlungTimes
२०८३ आश्विन १४ बुधबार | Wed, 30 Sep 2026
NepaliTheme
अपराध

करणीसम्बन्धी कसुरमा एक जना पक्राउ

करणीसम्बन्धी कसुरमा एक जना पक्राउ

पाँचथर। करणीसम्बन्धी कसुरको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ।

परिवर्तित नाम ०२–०८३/०८४–६ को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी जीवनकुमार राई रहेको करणीसम्बन्धी कसुरको घटनाको अनुसन्धानका क्रममा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीका अनुसार २०८३ असोज १३ गते खोजतलास गर्ने क्रममा राईलाई फेला पारी नियन्त्रणमा लिइएको हो। पक्राउपछि राईलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई अनुसन्धान अघि बढाइएको छ।

करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत, फिदिम, पाँचथरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


तागेरा तावा तागेरा तावा    
  • २०८३ आश्विन १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP