कांग्रेस नेत्री थेगिम द्वारा जिम्मेवारी परित्याग गर्दै क्रियाशील सदस्यता खारेज गरिदिन अनुरोध
-
सुम्हात्लुङ टाइम्स
- २०८३ आश्विन १४, बुधबार
पाँचथर। नेपाली कांग्रेस पाँचथरकी नेत्री गंगामाया थेगिम आङदेम्बेले नेपाल महिला संघ जिल्ला कार्यसमिति पाँचथरको अध्यक्षको जिम्मेवारी परित्याग गरेकी छिन्।
बुधबार पार्टी जिल्ला सभापतिसमक्ष राजीनामा पत्र दिँदै नेत्री थेगिमले जिम्मेवारी परित्याग गरेको जनाएकी हुन्। उनले राजीनामा पत्रमा लेखेकी छिन्, ‘मेरो पद नरहने गरी परित्याग गरेको जानकारी गराउँदै क्रियाशील सदस्यता समेत खारेज गरिदिनुहुन अनुरोध गर्दछु।’
नेपाली कांग्रेसको पार्टी संगठनमा लामो समयदेखि क्रियाशील थेगिम १५औँ महाधिवेशनका लागि पाँचथरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन्। खुला महिला समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी उनी ६२२ मत ल्याउँदै पराजित भएकी थिइन्।
यद्यपि, नेत्री थेगिमले जिम्मेवारी परित्याग गर्नुको कारण भने खुलाएकी छैनन्।
सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सुम्हात्लुङ टाइम्स
-
पत्रकार गजेन्द्र तुम्बापो नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित
-
कांग्रेस नेत्री थेगिम द्वारा जिम्मेवारी परित्याग गर्दै क्रियाशील सदस्यता खारेज गरिदिन अनुरोध
-
भोटेकोशी बाढीपीडितका लागि किरात याक्थुङ चुम्लुङद्वारा तीन लाख ७७ हजार सहयोग
-
यूएईमा पहिलोपटक साम्जिक मुन्धुमसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया
-
करणीसम्बन्धी कसुरमा एक जना पक्राउ




प्रतिक्रिया