पत्रकार गजेन्द्र तुम्बापो नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित
-
सुम्हात्लुङ टाइम्स
- २०८३ आश्विन १४, बुधबार
पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथरका प्रदेश परिषद् सदस्य तथा पत्रकार गजेन्द्र तुम्बापो नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
तुम्बापो नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पाँचथरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। उनी युवा (खुला) समूहबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
दुई जना कोटा रहेको उक्त समूहबाट उनले ५४३ मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। पत्रकार दलीय राजनीतिमा सक्रिय हुन उपयुक्त नमानिए पनि पत्रकार तुम्बापो महाधिवेशन प्रतिनिधि उम्मेदवार भएर विजयी समेत भएका हुन्। उक्त समूहबाट धनकुमार लावती पनि ६७२ मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
युवा (खुला) समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका कमल तामाङले ४२९, चेतन लावतीले ३८९ र कृष्णप्रसाद प्याकुरेलले २३० मत पाएका छन्।
पाँचथरमा बुधबार सम्पन्न प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ र २ को क्षेत्रीय अधिवेशनबाट ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।
सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सुम्हात्लुङ टाइम्स
-
पत्रकार गजेन्द्र तुम्बापो नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित
-
कांग्रेस नेत्री थेगिम द्वारा जिम्मेवारी परित्याग गर्दै क्रियाशील सदस्यता खारेज गरिदिन अनुरोध
-
भोटेकोशी बाढीपीडितका लागि किरात याक्थुङ चुम्लुङद्वारा तीन लाख ७७ हजार सहयोग
-
यूएईमा पहिलोपटक साम्जिक मुन्धुमसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया
-
करणीसम्बन्धी कसुरमा एक जना पक्राउ




प्रतिक्रिया