SumhatlungTimes
२०८३ कार्तिक ३ सोमबार | Mon, 19 Oct 2026
NepaliTheme
काममा जाने समयमा नउठेपछि साथीले हेर्दा सुतेकै अवस्थामा मृत भेटिए

जेजुमा तीन महिनाअघि कोरिया आएका नेपाली युवक मृत फेला ।

जेजुमा तीन महिनाअघि कोरिया आएका नेपाली युवक मृत फेला ।

जेजु, दक्षिण कोरिया — दक्षिण कोरियाको जेजु विशेष स्वायत्त प्रान्तमा तीन महिनाअघि मात्र रोजगारीका लागि आएका ३३ वर्षीय नेपाली युवक मृत फेला परेका छन् ।

उदयपुर जिल्ला निवासी पास्बिन राई शनिबार, अक्टोबर १७ तारिख बिहान जेजु सहरको हल्लिम–उप, 금악북로 233-25 स्थित बंगुर फार्ममा सुतेकै अवस्थामा मृत फेला परेका हुन् । उनी करिब तीन महिनाअघि मात्र दक्षिण कोरिया आएका थिए र सोही फार्ममा काम गर्दै आएका थिए ।

बिहान काममा जाने समय भइसक्दा पनि राई नउठेपछि उनका साथीले उठाउन खोज्दा मृत अवस्थामा भेटिएको बताइएको छ। घटनाबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराइएको थियो ।

राईको मृत्युको कारण तथा घटनाको वास्तविक प्रकृति भने अहिलेसम्म खुल्न सकेको छैन। सम्बन्धित निकायले अनुसन्धान गरिरहेको र यही शुक्रबारसम्ममा घटनाको प्रकृति स्पष्ट हुने जानकारी दिएको बताइएको छ।

यसैबीच, सोही क्षेत्र आसपासमा करिब दुई महिनाअघि पनि एक नेपालीसहित अर्को देशका नागरिकको बंगुर फार्ममा काम गर्ने क्रममा मृत्यु भएको थियो। उनीहरू फार्ममा बंगुरको गोबर राख्ने ट्याङ्कीमा डुबेर मृत्यु भएको बताइएको छ ।

तीन महिनाअघि मात्र रोजगारीका लागि कोरिया आएका राईको आकस्मिक निधनको खबरले जेजुमा रहेका नेपाली समुदायमा शोक छाएको छ। घटनाको थप विवरण सम्बन्धित निकायको अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ कार्तिक ३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP