SumhatlungTimes
२०८३ आश्विन १८ आईतवार | Sun, 04 Oct 2026
NepaliTheme
नेपाली कांग्रेस केन्द्रीय सदस्यमा नवराज शिवाकोटीको उम्मेदवारी

दक्षिण कोरियाबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यमा नवराज शिवाकोटीको उम्मेदवारी घोषणा । 

दक्षिण कोरियाका पूर्वसभापति तथा तीनपटक महासमिति सदस्य शिवाकोटीको नयाँ राजनीतिक संकल्प

दक्षिण कोरियाबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यमा नवराज शिवाकोटीको उम्मेदवारी घोषणा । 

दक्षिण कोरिया । नेपाली कांग्रेसका नेता तथा दक्षिण कोरियामा लामो समयदेखि नेपाली समुदायका सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय नवराज शिवाकोटीले पार्टीको १५औ महाधिबेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शिवाकोटी नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्वसभापति तथा नेपाली कांग्रेसको १३औँ, १४औँ र १५औँ महासमिति सदस्य हुन् । उनको पुर्ख्यौली घर तेह्रथुम भए पनि हाल मोरङमा बसोबास रहेको छ ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका शिवाकोटी नेपाल तरुण दल र नेपाली जनसम्पर्क समिति हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यसहित अघि बढेका हुन्। दक्षिण कोरियामा लामो समयदेखि रहँदै आएका उनी नेपाली समुदायका सामाजिक, राजनीतिक तथा सामुदायिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन् ।

शिवाकोटीले अग्रज नेताहरूको सल्लाह, सुझाव र मार्गदर्शनलाई आत्मसात् गर्दै आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण निर्णयका रूपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्। उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकाङ्क्षामात्र नभई लामो समयदेखि पार्टी संगठनमा गरेको योगदान, प्राप्त अनुभव र जिम्मेवारीप्रतिको प्रतिबद्धताको निरन्तरताका रूपमा लिएका छन् ।

दक्षिण कोरियामा व्यवसाय तथा सामाजिक गतिविधिसँगै नेपाल–दक्षिण कोरिया सम्बन्ध र नेपाली समुदायसँग जोडिएका विभिन्न क्षेत्रमा सक्रिय शिवाकोटीलाई सन् २०२१ मा सियोल महानगरपालिकाले मानार्थ सियोल नागरिकता प्रदान गरेको सार्वजनिक विवरणमा उल्लेख छ।

उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले पार्टी संगठनको सुदृढीकरण, पार्टीको एकता र बदलिँदो समयअनुसार नेपाली कांग्रेसलाई थप प्रभावकारी तथा जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, अग्रजको अनुभव, समकालीनको सहकार्य र नयाँ पुस्ताको ऊर्जालाई समेट्दै पार्टीलाई समयअनुकूल रूपमा अघि बढाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।

यस महत्वपूर्ण राजनीतिक यात्रामा पार्टीका आदरणीय अग्रज नेताहरू, समकालीन साथीहरू, शुभेच्छुक तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग, सल्लाह र सुझावको अपेक्षा गरेको शिवाकोटीले बताएका छन् ।

“अग्रज नेताहरूको मार्गदर्शन, समकालीन साथीहरूको सहकार्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको साथ र सहयोगसहित यो महत्वपूर्ण राजनीतिक यात्रामा अघि बढ्ने संकल्प गरेको छु,” उनले भनेका छन् ।


सुम्हात्लुङ टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई sumhatlungtimes@gmail.com मा पठाउनु होला । मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ ।


सुम्हात्लुङ टाइम्स सुम्हात्लुङ टाइम्स    
  • २०८३ आश्विन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP