२२ फागुन २०८२, पाँचथर। प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा मतगणना सुरु भएको छ।
आज (शुक्रबार) बिहान बसेको सर्वदलीय बैठक पछि दिउँसो १ः३० बजे गणनाका लागि पहिलो मतपेटिका खोलिएको छ। मतगणना मिक्लाजुङ गाउँपालिकाबाट सुरु गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१ लाख ४३ हजार ४०८ कूल मतदाता रहेका पाँचथरमा ४९.६३ प्रतिशत अर्थात् ७१ हजार १७० मत खसेको छ। पाँचथरमा १५ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
मतपरिणामको पहिलो अपडेट आउन केही समय लाग्ने बताइएको छ।
