तिजोक डाँडामा निर्मित केः (च्याब्रङ) स्तम्भको उद्घाटन

१ वैशाख २०८३, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ र फिदिम नगरपालिका–६ को सीमावर्ती क्षेत्र पर्यटकीय स्थल तिजोक बहूसाँस्कृतिक पार्कमा निर्मित केः (च्याब्रुङ) स्तम्भको उद्घाटन गरिएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर एक कार्यक्रमको आयोजना गरी उक्त च्याब्रुङ स्तम्भको उद्घाटन गरिएको…

जसपा पाँचथरको पुनर्गठन, अध्यक्षमा पुनः लाओती

२८ मंसिर २०८०, पाँचथर। जनता समाजवादी पार्टी (जसपा) पाँचथरको पुनर्गठन सम्पन्न भएको छ। सदरमुकाम फिदिममा बिहीबार जसपा नेपाल जिल्ला कार्य समिति पाँचथरको पुनर्गठन गरिएको हो। समितिको अध्यक्षमा लक्ष्मणलाओती चयन भएका छन्। उपाध्यक्षमा भरत राई र कमलराज नेम्बाङ, सचिवमा सुवास तुम्बापो काङसोरे, सह–सचिवमा भावना इङवासुब्बा, कमल हाङसरुम्बा र कोषाध्यक्षमा कुलबहादुर लावती सहित ५३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो।  कार्यक्रममा प्रमुख अतिथि, जसपा नेपालका केन्द्रीय सल्लाहकार डा. महेन्द्र लावतीसँगै केन्द्रीय सदस्य राजेन्द्र कुमार जबेगू, मचिन्द्रबेघा, केन्द्रीय लेखा समिति सदस्य दिलेन्द कुरुम्बाङ, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावती, मुख्यसचिव केदारधिमाल लगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए।  जसपा नेपालले गत असारमा आफ्नो विधान अधिवेशन सकाएपछि पार्टी सुढृडीकरण तथा बिस्तार अभियान अन्तर्गत देशैभरीका सबैपालिका, जिल्ला लगायत सबै सांगठनीक तहहरुको पुर्नगठन तिव्र रुपमा गरिरहेको बताईएको छ ।

पाँच बुँदे घोषणापत्र जारी गर्दै कियाचु छल्लादो शाखा दक्षिण कोरियाको अधिवेशन सम्पन्न

१५ माघ २०८०, पाँचथर। पाँच बुँदे घोषणापत्र जारी गर्दै किरात याक्थुङ चुम्लुङ, छल्लादो शाखा, दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गणेश लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष सुनिल फोम्बो, उपाध्यक्ष सुरेश आङदेम्बे,…

विद्यालयमा कोष स्थापना गर्न सहयोग गर्ने दातालाई सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत

१८ वैशाख २०८१, पाँचथर। फिदिम–६ सिवा याङदेन, आहालेस्थित चोकमागु आधारभूत विद्यालयको शैक्षिक उन्नतिका लागि सहयोग गर्ने दाताहरूलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ। विद्यालयको शैक्षिक उन्नयनका लागि स्थापना भएका ‘स्व.जंगवीर स्मृती कोष’, ‘एरिया वेल्फेयर सेन्टर फिदिम’, ‘लायन्स क्लव अफ…

पाँचथर फालेलुङका उदय केरुङले टेके सगरमाथाको चुचुरो

६ जेठ २०८१, पाँचथर। फालेलुङ गाउँपालिका–३ का उदय केरुङले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्। ३३ बर्षीय उदयले आइतबार बिहान ६ बजेर ८ सेकेण्डमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। उनी २२ जना आरोहणर्कीकासाथ बिहीबार मध्यराती आधार शिबिरबाट आरोहणका…

पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसमा लाओतीको विकासप्रेमको चर्चा

२८ जेठ २०८१, पाँचथर। पूर्वमन्त्री पद्मसुन्दर लाओतीको नवौं स्मृति दिवसको अवसरमा  लाओतीको विकास प्रेमको चर्चा गरिएको छ। पूर्वमन्त्री लाओतीको नवौं स्मृति दिवसका अवसरमा उनको विकासवादी ब्यक्तित्वबारे फिदिममा चर्चा गरिएको हो। नवौं स्मृति दिवसकाअवसरमा पद्मसुन्दर लावती प्रतिष्ठानले आइतबार फिदिममा आयोजना गरेको…

कियाचु कोरियाद्धारा सिरिजंगा लिपि निर्माणार्थ चलचित्र ‘मनसरा’ प्रर्दशनको आय, व्यय सार्वजनिक

अर्जुन तुम्बापो २ साउन २०८१, दक्षिण कोरिया। किरात सिरिजंगा लिपिको युनिकोड निर्माणार्थ दक्षिण कोरियाका विभिन्न शहरहरुमा चलचित्र मनसरा प्रदर्शन गरिए वापतको आय, व्यय सार्वजनिक गरिएको छ। उपेन्द्र सुब्बाको लेखन, निर्देशनमा बनेको चलचित्र मनसरा कियाचु दक्षिण कोरियाले सौल, किम्हे, सुवन, छेजु दो,…

तेह्रथुमको आठराईमा नवजात शिशुको शव भेटियो

१८ साउन २०८१, तेह्रथुम (आठराई)। जिल्लाको आठराई गाउँपालिका–७ थोक्लुङमा नवजात शिशुको शव भेटिएको छ। थोक्लुङस्थित भालुखोप टोलको एक सेफ्टी ट्याङ्कीमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ। त्यहाँस्थित नगेन्द्र श्रेष्ठको घरपछाडिको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा नवजात शिशुको शव भेटिएको हो।…

तेह्रथुमको लालीगुराँस–८ मा कांग्रेसका लिम्बू निर्वाचित

१७ मंसिर २०८१, तेह्रथुम। लालीगुराँस नगरपालिका–८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र तेयुङ लिम्बू निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार निकटम प्रतिद्धन्दी नेकपा एमालेका बुद्धबहादुर तेयुङ लिम्बूलाई ८० मतले पराजीत गर्दै लिम्बू वडा अध्यक्षमा निर्वाचित भएका हुन्।…

यस बर्षको उत्कृष्ट अवार्ड बिजेता चलचित्र ‘चे’ १६ फेब्रुअरी २०२५ मा युएइमा प्रदर्शन हुँदै

काठमाडौ – २७ मंसिर २०८१ बिहीवार । लिम्बू कथानक चलचित्र ‘चे’ युएइमा प्रदर्शन हुने भएको छ । १६ फेब्रुअरी २०२५ मा युएइस्थित बरदुबइमा नेपाल आदिवासी जनजाति महासंघ युएइको आयोजनामा प्रदर्शन गरिने महासंघका अध्यक्ष बिक्रम लिम्बुले बताएका छन । याक्थुङ फिल्म्सले…