पाँचथरमा मतगणना सुरु

२२ फागुन २०८२, पाँचथर। प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा मतगणना सुरु भएको छ। आज (शुक्रबार) बिहान बसेको सर्वदलीय बैठक पछि दिउँसो १ः३० बजे गणनाका लागि पहिलो मतपेटिका खोलिएको छ। मतगणना मिक्लाजुङ गाउँपालिकाबाट सुरु गरिएको मूख्य निर्वाचन…

पाँचथरमा ५० प्रतिशत मत कटेन

२१ फागुन २०८२, पाँचथर। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार भएको मतदानमा पाँचथरमा ४९.६३ प्रतिशत मत खसेको छ। बिहीबार बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म भएको मतदानमा ३३ हजार ६१५ पूरुष र ३७ हजार ५५५ महिला गरी कूल ७१ हजार…

पाँचथरमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धि अभिमुखीकरण सम्पन्न

१५ फागुन २०८२, पाँचथर। निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ पाँचथरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश समितिको सहकार्यमा…

पाँचथरमा मिक्सोले पाए दुई मन्त्रीकाे दर्बिलो साथ‍‍‍‍‍‌‌‌

फिदिम : दुई प्रभावशाली सांसदको दर्बिलो साथ पाएपछि नेपाली कम्युनिष्ट पार्टी पाँचथरका प्रतिनिधिसभा उम्मेदवार हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ को चुनावी अभियान थप सशक्त बनेको छ। पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं हालका सांसद इन्द्रबहादुर आङ्बो मौसम र पूर्व भौतिक पूर्वाधार…

उज्यालो नेपालको कुम्मायक भेला र वार्ड समिति गठन सम्पन्न

पाँचथर, फागुन ०८ — कुम्मायक गाउँपालिका–५ मा आज उज्यालो नेपालको वार्ड समिति गठन गरिएको छ। चन्द्र बहादुर चेम्जोङको संयोजकत्वमा १७ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन भएको हो। उज्यालोका नेता सजिव योङयाका अनुसार नवगठित समितिले वडा स्तरमा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि…

जेजूदोमा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछार कार्यक्रम सम्पन्न ।

दक्षिण कोरिया, १६  फ्रेबुअरी २०२६ नेपाल तामाङ घेदुङ जेजु दो शाखा दक्षिण कोरियाको आयोजनामा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम १५ फ्रेबुअरी २०२६ सम्पन्न । ‘तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान…

फिदिममा प्रदेश स्तरीय फोटो प्रदर्शनी सुरु

२ फागुन २०८२, पाँचथर। सदरमुकाम फिदिममा प्रदेश स्तरीय फोटो प्रदर्शनी शनिबार सुरु भएको छ। फिदिम बजारको वी.पी.पार्कमा प्रदेश स्तरीय फोटो प्रदर्शनी सुरु भएको हो। प्रदर्शनीको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे र फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले…

त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको सेमीफाइनलमा

२७ माघ २०८२, झापा। विभागीय टोली त्रिभुनव आर्मी फुटबल क्लव झापाको बिर्तामोडमा जारी सातौं संस्करणको एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रङ्गशालामा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा लालिगुराँस एसोसिएसन नेपाल, पोखरालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले…

फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन बाट अध्यक्षमा उत्तम खजुम सर्वसम्मत चयन ।

दक्षिण कोरिया ०९ फेब्रुअरी २०२६ “सञ्चारमा समावेशी आवाज! समृद्धिको आधार: पूर्ण समावेशी सञ्चार!” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलको दोङदेमुनमा आयोजित अधिवेशनले आगामी दुई वर्षका…

नेपालको पर्यटन प्रवर्द्धनका लागि कोरियाको हाई-स्पीड ट्रेनमा भिडियो प्रदर्शन ।

दक्षिण कोरिया, ०९ फेब्रुअरी  २०२६ नेपालको पर्यटन प्रवर्द्धनका लागि राजदूतावासले तयार गरेको १७-सेकेन्ड लामो प्रवर्द्धनात्मक भिडियो कोरेलद्वारा सउल-बुसान रुटमा सञ्चालन हुने KTX हाई-स्पीड ट्रेन नम्बर १०१ मा सन् २०२६ को फेब्रुअरी १ देखि प्रदर्शन भइरहेको छ । उक्त भिडियो स्क्रिनिङका…