– गगन जबेगु ‘खाम्बेक’
म बिना नि तिमी एक्लै, बाँच्न सिक्दै गर्नु सानु,
दु:खहरू बिर्सिदेउ, हाँस्न सिक्दै गर्नु सानु ।
माया रै’छ जिन्दगी यो, जति पीडा भए पनि,
तिम्रो माया मेरो लागि, साँच्न सिक्दै गर्नु सानु ।
सधैं तिमी मुस्कुराउने, मेरो साथमा हुँदाखेरि,
अश्रुधारा बिर्सि तिमी, नाँच्न सिक्दै गर्नु सानु ।
प्रेम बोकि जिन्दगीमा, सुमधुर यो सम्बन्ध,
दुनियाँमा निश्चल नाता, गाँस्न सिक्दै गर्नु सानु ।
फालेलुङ-८ पाँचथर
हालः दक्षिण कोरिया
