– इवारा जबेगु
पानी आयो झरी आयो, बर्खामास आयो,
सँगै बाढी–पहीरो आयो, के बिनास आयो ।
बर्षासँग खुसी अनि, उमंग नि आउन्थ्यो,
यसपाली त मनैभरी, मात्र त्रास आयो ।
साँझ फर्कि आउँछु भनि, वेशी गा’को भाई,
उस्तै फर्कि आएनन्, केवल लाश आयो ।
छोडौं अब प्रकृतिको, दोहन गर्ने कर्म,
त्यै कर्मले बिपत्तिको, यत्रो रास आयो ।
फिदिम, पाँचथर
