Advertisement Ad

फिदिममा अटो दुर्घटना, एकको मृत्यु चारजना घाइते

Advertisement Ad

३ साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजारमा बुधबार बिहान अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । फिदिम -१ शनिबारे नजिकै प्र १-०१-००१ स ८७०५ नम्बरको  अटो दुर्घटना भएको हो ।

अनियन्त्रित भई अटो दुर्घटना हुँदा फिदिम-६ फेदायककी ५५ वर्षीया हरिमाया तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएकाे छ । टाउको र चिउडोमा गम्भीर चोट लागेका तुम्रोकको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटोमा सवार फिदिम-६ बस्ने १७ बर्षीय सन्देश लिम्बु, अटो चालक सोहि ठाउँका बर्ष २५ का दिपक लिम्बु, फिदिम-६ कि बर्ष ३६ की बसन्ती लिम्बु र फिदिम-७ का बर्ष १६ का कुशल लिम्बु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी मिलन थापाले जानकारी  दिए ।

घाइतेहरुको फिदिमस्थित समर्पित हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।