Advertisement Ad

गजल

Advertisement Ad

– युगल सुनुवार

हरेक कुराको समय आउँछ,
जहाँ जिन्दगीको लय आउँछ ।

दुःख पाएँ भनेर, दुःखी नहुनु,
एकदिन पक्कै सुखमय आउँछ ।

तिमी कलम लिएर लडिराख,
तिमीलाई खोज्दै विजय आउँछ ।

बाह्र वर्षपछि खोला फर्किएझैं,
जिन्दगीमा खुसीको प्रलय आउँछ ।

फिदिम–८, पाँचथर