Advertisement Ad

Advertisement Ad

जेजूदोमा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछार कार्यक्रम सम्पन्न ।

दक्षिण कोरिया, १६  फ्रेबुअरी २०२६

नेपाल तामाङ घेदुङ जेजु दो शाखा दक्षिण कोरियाको आयोजनामा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम १५ फ्रेबुअरी २०२६ सम्पन्न ।

‘तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वका लागि एक हौं’ भन्ने नाराकासाथ कोरियाली पर्व सल्लनालको पावन अवसर पारेर연삼로 61 (lions club building) मा सोनाम ल्होछार बृहत् सोनम ल्होछार साँस्कृतिक कार्यक्रम चर्चित राष्ट्रिय गायक रोज मोक्तानको विशेष प्रस्तुति संगै स्थानीय प्रतिज्ञा लामा, गायीका रिचा ब्लोन तामाङ, र स्थानीय कलाकारहरु अनिसा तामाङ, आकाश गुरुङ, सेइजा लामा, लोकेन्द्र श्रेष्ठ, मिलन केसी, अमु घिसिङ, सुनिल मोक्तान, सुनिल कुमार वाइबा, सुजा राउत, सलिना घले, सन्जय लामा, मिकिला कार्की, सबिना सुनुवार, पुजा व्लोनको साथमा डम्फुको बेजोड प्रस्तुती रहने थियो ।

बृहत सास्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रममा सभाध्यक्ष बिमल तामाङ, प्रमुख अतिथि नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष त्रिचन्द्र तामाङ, बिशेष अतिथि नेपाल आदिबासी जनजाति महासंघ जेजूदो शाखा, दक्षिण कोरिया अध्यक्ष दिल बहादुर मगर, अतिथि किरात याक्थुङ चुम्लुङ जेजूदो शाखा अध्यक्ष शुष्मा नाल्बो, नेपाल मगर संघ जेजूदो शाखा अध्यक्ष झरना मगर, किरात राई यायोक्खा जेजूदो शाखा उपाध्यक्ष सागर राई, अतिथि नेपाल आदिबासी जनजाति महासंघ जेजूदो शाखा मानार्थ संरक्षक अर्जुन तुम्बापो, नेपाल तामाङ घेदुङ जेजु दो शाखा संस्थापक अध्यक्ष अनीता रूम्बा, नि. अध्यक्ष सुनिता व्लोन, नेपाल आदिबासी जनजाति महासंघ जेजूदो शाखा सल्लाहकार सरु राई लगायत अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।