Advertisement Ad

Advertisement Ad

गायिका मेनुका राईको ‘आउछु आउछु भन्दै’ बोलको गीत सार्वजनिक

सुखकला राई
११ चैत २०८२, धनकुटा। काठमाडौ। गायिका मेनुका राईले ‘आउछु आउछु भन्दै’ बोलको गीत हालै मात्र सार्वजनिक गरेकी छिन्।

ग्रेस चाम हार्ट च्यारिटी फाउन्डेसन यूके द्वारा आयोजित गीत विमोचन कार्यक्रमका प्रमुख अतिथि गायक तथा संगीतकार, प्राज्ञ शान्तिराम राईले उक्त गीतको अडियो प्ले गरेर विमोचन गरेका हुन्। गीतको विमोचन गर्दै प्राज्ञ राईले गायिका मेनुका राईको आवाजले गीतलाई न्याय गरेको बताउनुहुदै उहाँको सुमधुर स्वरले एक दिन संगीतको दुनियामा नयाँ इतिहास कोर्ने विश्वास व्यक्त गरेका थिए।

गायक तथा संगीतकार शिवसंगम राईद्वारा संगीतबद्द गरिएको उक्त गीतको शव्द गीतकार कुमार केरुङ ‘रायन किङ’ले लेखेका हुन्। धेरै प्रेम गरेको मायालुले जब आफु मृत्युशैयामा पुगेको बेला, नफर्किने गरि छाडेर गएको यादमा यी मार्मिक शव्दहरु प्रस्फुटन भएको गीतकार रायन किङले बताए।

कार्यक्रममा समाजसेवी तथा गीतकार चन्द्र जयपाल राईले गायिका मेनुका राईको सुमधुर आवाजले सजिएको गीतको टिप्पणी गर्नुहुदै परदेसिनुको बाध्यता अनि प्रेमी सँगको सम्बन्धलाई तुलनात्मक रुपले केलाएर यथार्थता सोचे भन्दा फरक हुन सक्ने सत्यलाई गीतले उजागर गरेको बताए। कार्यक्रममा गायक तथा संगीतकार प्रदिप देवान, गायिका पार्वती राई र मेनुका राईले कार्यक्रमका प्रमुख अतिथि शान्तिराम राईद्वारा संगीतबद्द गरिएका गीतहरु प्रस्तुत गरेका थिए। साथै नवपतिभा गायिका कला ईशारा राई लगायतका कलाकारहरुको समेत प्रस्तती रहेको थियो।

ग्रेस चाम हार्ट च्यारिटी फाउन्डेसनका संस्थापक ग्रेस चाम्लिङले धन्यबाद सहित कार्यक्रमको समापन गर्दै आउने दिनमा पनि थप कार्यक्रमहरु गर्दै जाने जानकारी दिदै सबैको सहयोगको अपेक्षा रहेको बताए। कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुलाई फाउन्डेसनका सदस्य तथा गायिका मेनुका राईले शव्दगुच्छाले स्वागत गरेकी थिइन् भने कलाकार बविता राईले नृत्यद्वारा स्वागत गरेकी थिइन्।

उक्त गीतको एरेन्ज सुन्दर लामाले गरेका हुन् भने त्तिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङको काम समेत सुन्दर बनेको छ । गीतको भिडियो निर्माणको लागि तयारी गरिरहेको गीतकार कुमार केरुङले जानकारी दिए।