दक्षिण कोरिया, ०८ फ्रेबुअरी २०२६
नेपाल तामाङ घेदुङ जेजु दो शाखा दक्षिण कोरियाको आयोजनामा मञ्जुश्री संवत २८६२औ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
कोरियाली पर्व सल्लनालको पावन अवसर पारेर १५ फ्रेबुअरी २०२६ मा जेजुदो को 연삼로 61 (lions club building) मा सोनाम ल्होछार बृहत् सोनम ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी तिब्र पारिएको हो । यूरोप, अमेरिका लगायत बिभिन्न देशमा स्टेज शो गरी सक्नु भएको चर्चित गीत कलकते काइयो, हेलबुको बजारमा, हिउ पर्यो फुरुरु लगायत दर्जनौ सेलो तथा नेपाली हिट गीत गाइसक्नु भएका राष्ट्रिय गायक रोज मोक्तानको विशेष प्रस्तुति रहने छ ।
नेपालबाट आमन्त्रित ख्याति प्राप्त गायक रोज मोक्तानको साथमा कलाकार प्रतिज्ञा लामा, गायीका रिचा ब्लोन तामाङ, र स्थानीय कलाकारहरु अनिसा तामाङ, आकाश गुरुङ, सेइजा लामा, लोकेन्द्र श्रेष्ठ, मिलन केसी, अमु घिसिङ, सुनिल मोक्तान, सुनिल कुमार वाइबा, सुजा राउत, सलिना घले, सन्जय लामा, मिकिला कार्की, सबिना सुनुवार, पुजा व्लोनको साथमा डम्फुको बेजोड प्रस्तुती रहने आयोजक टिमले बताएको छ ।
‘तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वका लागि एक हौं’ भन्ने नाराकासाथ हुन लागेको कार्यक्रममा जेजूदो बासी आमाबुवा दाजुभाई तथा दिदीबहिनी लगायत दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिका लागि आयोजकले आह्वान गरेको छ ।
सम्पर्क
बिमल तामाङ ०१०-३३२४-८८१६ प्रतीक तामाङ ०१०-८३१५-९७७३ बीमान तामाङ ०१०-३०११-२७२० प्रतिज्ञा लामा ०१०-७४६७-१८६० ऋचा व्लोन ०१०-२८१०-२०५४ बिन्दर तामाङ ०१०-८३१८-७०५३

