Advertisement Ad

Advertisement Ad

उज्यालो नेपालको कुम्मायक भेला र वार्ड समिति गठन सम्पन्न

पाँचथर, फागुन ०८ — कुम्मायक गाउँपालिका–५ मा आज उज्यालो नेपालको वार्ड समिति गठन गरिएको छ। चन्द्र बहादुर चेम्जोङको संयोजकत्वमा १७ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन भएको हो।

उज्यालोका नेता सजिव योङयाका अनुसार नवगठित समितिले वडा स्तरमा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउनेछ। यस्तै उज्यालो नेपालको कुम्मायक भेला पनि सम्पन्न भएको छ। भेला गाउँपालिका अध्यक्ष तारानाथ सम्हावम्फेको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा उम्मेदवार प्रोफेसर डा. महेन्द्र सुन्दर लावती रहनुभएको थियो। त्यसैगरी प्रत्यक्षतर्फका उम्मेदवार टेक बहादुर सुब्बा, उम्मेदवार श्याम ब. मगर, उज्यालो नेपालका संघीय सदस्य प्रेमराज लावती तथा जिल्ला संयोजक दिलेन्द्र कुरुम्बाङ लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

भेलामा बोल्दै वक्ताहरूले संगठन सुदृढीकरण, जनताका आधारभूत आवश्यकता, सुशासन तथा विकास निर्माणका एजेण्डालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै आगामी निर्वाचन र संगठन विस्तारलाई प्रभावकारी बनाउन कार्यकर्ताहरूलाई एकताबद्ध भएर सक्रिय हुन आग्रह गरिएको नेता सजिव योङयाले जानकारी दिए ।