Advertisement Ad

Advertisement Ad

नेब्चोक डाँडामा ‘प्रथम नेब्जोक पर्यटन महोत्सव’

१७ चैत, २०८२ पाँचथर | पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ स्थित नेब्चोक डाँडामा ‘प्रथम नेब्चोक पर्यटन महोत्सव २०८२’ को आयोजना गरिने भएको छ |

सुर्योदयको मनोरम दृश्य देखिने पर्यटकिय एवम् धार्मिक स्थल नेब्चोक डाँडाको प्रचारप्रसार गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ | नेब्चोक पर्यटन विकास संस्थाले आयोजना गर्न लागेको महोत्सब चैत ३० गते सुरु भई बैशाख २ गते समापन हुने बताइएको छ | महोत्सवमा वडास्तरिय भलिवल प्रतियोगिता, सास्कृतिक नाच केलाङ, धाननाच, चण्डीनाच, झाँकिनाच लगायत साँस्कृतिक नाचहरुको आयोजना गरिएको आयोजक संस्थाका सहसचिव मणिहाङ चेम्जोङले बताए |

भलिवल तर्फ प्रथम पुरस्कार नगद ३० हजार, द्वितिय पुरस्कार नगद १५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने चेम्जोङले बताए |

फाल्गुनन्द गाउँपालिकाको पर्यटकीय तथा धार्मिकस्थल नेब्चोक डाँडाबाट मनोरम सुर्योदयको दृश्य देखिनुका साथै घुमफिरको लागि पनि उद्गम गन्तव्यको रुपमा स्थापित छ |