Advertisement Ad

गजल

Advertisement Ad

– पूर्ण ‘परिचित’ जबेगु

कोही अरुलाई रित्याएर, आफू भरिएर जान्छ,
समयले पनि अचानक चोटै–चोट दिएर जान्छ ।

भाग्यको खेल हो कि सायद, कोही जीवनभरी,
खुसी हुदै जान्छ, कोही आँसु पिएर जान्छ ।

सहन धेरै गाह्रो हुँदो रहेछ साथी ! जब कि,
कहिले बद्लिदिंन भन्ने नै बदलिएर जान्छ ।

विगतको यादहरु नसम्झाई दिनु कसैले मलाई,
‘परिचित’को मन काँच जस्तै हो, चर्किएर जान्छ ।

फालेलुङ–५, प्राङबुङ, पाँचथर