Advertisement Ad

आजदेखि फिफा महिला विश्वकप फुटवल

Advertisement Ad

४ साउन २०८०, पाँचथर । फिफा महिला विश्वकप फुटवल आज (बिहीबार) देखि सुरु हुँदैछ । विश्वकपको उद्घाटन खेलमा आयोजक न्यूजिल्याण्ड र नर्वे भिंड्दैछन् ।

अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्वकपको उद्घाटन खेल नेपाली समय अनुसार साँझ ५ बजेदेखि न्यूजिल्याण्डको इडेन पार्कमा सुरु हुनेछ । न्यूजिल्याण्ड र नर्वे समूह ‘ए’ मा छन् ।

पहिलो दिनको दोस्रो खेल समूह ‘बी’ मा रहेका अर्को आयोजक अष्ट्रेलिया र रिपव्लिक अफ् आयरल्याण्डबीच हुनेछ । उक्त खेल नेपाली समय अुनसार राति ८ बजे सुरु हुनेछ । यो खेल अस्टेडियम अष्ट्रेलियामा हुनेछ ।

३२ मुलुक सहभागि फिफा महिला विश्वकप फुटवल २०२३ अगस्ट २० सम्म जारी रहनेछ ।