सन्देश सुब्बा
६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ।
आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।
दौड पूरुष र महिला दुबैतर्फ हुनेछ। पूरुष तर्फको प्रथम, द्वितीय र त्रितीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र दश हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। पूरुष धावकले सुम्हात्लुङ प्राङ्गणदेखि क्याम्पस गेट–आहालगैरी–जोरसाल–पल्लोटार वसपार्क–कालुराम ग्यारेज–फिदिम मावि–ठाडो लाइन–हुलाक लाइन–होटल सरगम ओरालो–जिल्ला प्रहरी कार्यालय–वेल्फेयर उकालो हुँदै सुम्हात्लुङ प्राङ्गणसम्मको ९.५ किलोमिटर दूरी पार गर्नुपर्नेछ।
त्यस्तै महिला तर्फ प्रथम, द्वितीय र त्रितीय हुने धाविकाले क्रमशः नगद १५ हजार, दश हजार र पाँच हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। महिला धाविकाले सुम्हात्लुङ प्राङ्गणदेखि क्याम्पस गेट–आहालगैरी–तुम्देन चोक–पल्लोटार जाने बाटो–विजयबोध लाओतीको घर उकालो–राविसे मन्दिर–नमूना लाइन–तमोरभ्याली गेष्टहाउस–अस्पताल मोड–नगरपालिका उकालो हुँदै सुम्हात्लुङ परिषरसम्मको ५.३ किलोमिटर दूरी पार गर्नुपर्नेछ।
ऐतिहासिक एवम् मुन्धुमीस्थल सुम्जिरी सुम्हात्लुङको प्रचार–प्रसार एवम् पर्यटन प्रबद्र्धनका लागि यहाँ हरेक वर्ष चासोक तङनामको अवसरमा चासोक मेला सँगै सुम्हात्लुङ मिनि म्याराथन आयोजना गरिँदै आएको छ।
चासोक मेलाको उद्घाटन पुष दश गते हुने आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानका सचिव कमल लाओतीले बताए। मेला अवधीभर या?लाःङ्, केलाःङ् सँगै विभिन्न जाजातिका साँस्कृतिक प्रस्तुती, रैथाने परिकारहरुको प्रदर्शन तथा बिक्री वितरण साथै समाइलो मेला आयोजना हुनेछ।
