Advertisement Ad

Advertisement Ad

त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको सेमीफाइनलमा

२७ माघ २०८२, झापा। विभागीय टोली त्रिभुनव आर्मी फुटबल क्लव झापाको बिर्तामोडमा जारी सातौं संस्करणको एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

डोमालाल राजवंशी रङ्गशालामा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा लालिगुराँस एसोसिएसन नेपाल, पोखरालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजीत गर्दै आर्मीले सेमीफाइनल यात्रा तय गरेको हो।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै टोलीले गोल निकाल्न सकेनन्। दुबै टोलीले केही सुन्दर अवसरहरु सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा आर्मीका नवीन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र गोलकिपर विकेश कुथुले गोल गरे।

लालिगुराँस एसोसिएसनका टिकाराज गुरुङ र सुदिप गुरुङको प्रहारले मात्र जाली चुम्यो। लक्षु थापाको प्रहार आकासियो भने विशन गुरुङको प्रहारमा आर्मीका गोलकिपर विकेश कुथु बाधक बन्दा लालिगुराँसले नतिजा आर्मीलाई सुम्पनु पर्यो।

खेलको प्येलर अफ् दि म्याच बनेका आर्मीका गोलकिपर कुथुले नगद २५ हजार रुपैंयाँ प्राप्त गरे। प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैंयाँ र उपविजेताले नगद ७ लाख ५० हजार रुपैंयाँ पाउनेछ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले यमाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ।