Advertisement Ad

Advertisement Ad

फिदिम–६ मगरगाउँमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता सुरु

२५ पुष २०८२, पाँचथर। को फिदिम नपा–६ सिवा मगरगाउँमा मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ।

लाङ्घाली युवा क्लवले माघ्या सकराटी मेला सँगै आयोजना गरेको प्रतियोगिताको फिदिम नगरपालिका, ६ नं.वडाका वडा अध्यक्ष विपन तुम्रोकले गर्नुभएको थियो। प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पूरुष तर्फको खेलमा आयोजकले नाम्दु एफसीलाई २–० ले पराजीत गर्यो।

त्यस्तै आजै सम्पन्न खेलमा पाथीभरा एफसीले फाकफोकथुम एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजीत गर्यो। त्यस्तै टाइब्रेकरमै साब्राङ एफसीले ठाडे एफसीलाई ३–२ र हाङ्योक एफसीलाई मादिबुङ एफसीलाई ३–२ ले नै हरायो ।

माघ १ गतेसम्म चल्ने प्रतियोगितामा पूरुषतर्फ ३२ टिम र महिलातर्फ ८ टिमको सहभागिता रहेको संयोजक केशव मगरले बताउनुभयो। प्रतियोगिताको पूरुषतर्फको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ३० हजार ३ सय ३३ रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। महिलातर्फको विजेताले नगद २० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद १० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दुबै तर्फको वेष्ट किपिङ, वेष्ट डिफेन्स, वेष्ट प्लेयर र हाइस्कोररलाई पनि पुरस्कृत गरिनेछ।

मेला एवम् प्रतियोगिताको उद्घाटन मगर साँस्कृतिक झाँकि सहित गरिएको थियो। सो अवसरमा मगर समुदायको कौडा नृत्य र मगर भेषभूषा समेत प्रदर्शनी गरिएको थियो।

मेला समापन एवम् प्रतियोगिता फाइनलको दिन माघ १ गते नेपाल मगर संघ, फिदिम–६ ले विशेष झाँकि प्रदर्शनी गर्ने साथै मगर जातीको मौलिक परिकार वितरण गरिने नेपाल मगर संघ, फिदिम–६ का अध्यक्ष लोकेन्द्र सारु (सानुकान्छा)ले बताउनुभयो।

मेला तथा प्रतियोगिताको उद्घाटन समारोह लाङ्घाली युवा क्लवका अध्यक्ष सुवास सारुको अध्यक्षतामा सम्पन्न भएको स्थानीय सञ्चारकर्मी शेर बहादुर सारु (रोशन)ले बताउनुभयो।