दक्षिण कोरिया, १६ जनवरी २०२६
नेपाल मगर संघ जेजु शाखा, दक्षिण कोरिया द्धारा माघे संक्रान्ति विशेष शुभकामना आदान प्रदान तथा साँसकृतिक कार्यक्रम गर्ने भएको हो ।
”चाडपर्व कानुङ सम्पटि, जिवाक्के परिस्ले माराकिङ विकृति“ भन्ने मूल उद्देश्यका साथ नेपाल मगर संघ जेजुदो शाखा लगायत केन्द्र सौल अन्य विभिन्न शाखाहरुमा एकै दिनमा आ-आफ्नो क्षेत्रमा कार्यक्रम गर्ने भएको छ ।
नेपाल मगर संघ दक्षिण कोरिया, किम्हे/बुसान शाखा, थेगु शाखा, DSME मगर समाज गजेदो, मोक्पो छल्लादो शाखा र अठार मगरात खामभाषी सम्पर्क मञ्च, दक्षिण कोरियाको आयोजनामा मगर जातिको स्वादिष्ट परिकार साथमा साँस्कृतिक सहित शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निश्चित भएकोले जेजूदो बासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि सादर निमन्त्रणा गरी आवाह्रन गरिएको आयोजक समितिले जानकारी दिएको छ ।
मिति:- १८ जनवरी २०२६ आइतबार
समय:- बिहान ११:०० बजे देखि ०५:०० बजे सम्म
स्थान : 제주특별자치도 명신1길11 (KCTU )
