Advertisement Ad

Advertisement Ad

कियाचु पोर्चुगलले कक्फेक्वा तङ्नाम र येले संवतबारे बहस कार्यक्रम आयोजना गर्ने

२५ पुष २०८२, पोर्चुगल। किरात याक्थुङ चुम्लुङ पोर्चुगलले कक्फेक्वा तङ्नाम र कुसङ् येले संवतबारे भर्चुअल बहस कार्यक्रम आयोजना गर्ने भएको छ।

यहीँ १२ जनवरी २०२५ तदनुसार पुष २८ गते भर्चुअल माध्यमबाट बहस कार्यक्रमको आयोजना गरिने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङ लिम्बूले बताउनुभायो।

उक्त भर्चुअल बहस कार्यक्रममा याक्थुङ (लिम्बू)हरुको चाड कक्फेक्वा तङनाम (माघे सक्रान्ति)को मुन्धुमी मिथक, साँस्कृतिक महत्व र उपादेयताबारे बहस हुनेछ भने कुसङ येले संवतबारे देखिएका दुबिधाहरुको सन्दर्भमा पनि बहस हुनेछ।

याक्थुङ येले येन्जिरी अनुसार यहीँ माघ १ गतेदेखि नयाँ वर्ष ५०८६ सुरु हुन्छ। कार्यक्रममा कुसङ येले संवतबारे गहन बहस र विमर्श हुनेछ।

भर्चुअल कार्यक्रममा प्राज्ञ एवम् भाषा तथा संस्कृतिविद् हरि चन्द्र लाओती र किरात याक्थुङ माङ्गेन्ना चुम्लुङका अध्यक्ष सिर्जना मेन्याङ्बो सुब्बा प्रमुख वक्ताको रुपमा रहनुभएको छ।

बहसमा पोर्चुगलसँगै नेपाल, वेल्जियम, जर्मनी, दक्षिण कोरिया, बहराइन, इजरायल लगायत मुकुलहरुबाट साँस्कृतिक अभियन्ताहरु जोडिने किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष केरुङले बताउनुभएको छ।