१४ पौष, २०८२ पाँचथर । राष्ट्रिय महिला आयोगले पाँचथरका राजनैतिक दलका नेताहरुसँग लैंगिक न्यायका सवालमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आयोगले तीनै तहका राजनैतिक दलका पदाधिकारीहरुसँग लैङ्गिक न्यायकका सवालमा संविधान, नीति, कानुन तथा अन्तराष्ट्रिय सन्धिमा भएका व्यवस्थाहरुको बारेमा जानकारीमूलक अन्तरक्रिया गरेको हो ।
फिदिम नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोगकी उप–सचिव रोशनीदेवी कार्कीले कार्यपत्र प्रस्तुत गरेकी थिईन् । आयोगकी सदस्य कृष्ण कुमारी पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानीयत तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
