६ पुष २०८२, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखाको घुम्ति बैठक तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको अन्त्ररक्रिया सात बुँदे यासोक घोषणा–पत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ।
स्थानीय तहहरुलाई स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गर्न दवाव दिन, सञ्चारमैत्री कार्यक्रम तय गर्न साथै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल, अन्तरक्रिया गर्दै विकास निर्माण, सेवा प्रवाह र जनजीविकालाई सहज बनाउने सन्दर्भमा पैरवी गर्ने अभियानको सुरुवात महासंघको पाँचथर शाखाले यासोकबाट गरेको हो।
महासंघ पाँचथर शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न बैठक र कुम्मायक गाउँपालिकाको कार्यालयमा भएको अन्तरक्रियाबाट सात बुँदे घोषणापत्र जारी गरिएको सचिव रविन्द्र काफ्लेले बताए।
घोषणापत्रः
स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रमको सुरुआतमा रुपमा मिति २०८२ साल पुस ०५ गते विशिष्ट धार्मिक महत्व बोकेको कुम्मायक मन्दिर माङहिममा कार्यसमितिको नियमित बैठक शाखाका अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भइ ऐतिहासिक यासोक बजारमा अवस्थित कुम्मायक गाउँपालिकाको कार्यालयमा सम्पन्न वृहत अन्तरक्रियाबाट देहायबमोजिम ‘यासोक घोषणापत्र’ जारी गरिएको छ ।
१. यो भेला आम सरोकारवालाहरुको राय र परामर्शका आधारमा यथाशीघ्र स्थानीय सञ्चार ऐन र सञ्चार नीति निर्माण गरी कार्यान्वयनमा ल्याउन कुम्मायक गाउँपालिका सहित पाँचथर जिल्लाका सबै स्थानीय तहहरुलाई आव्हान गर्दछ ।
२.यो भेला स्थानीय र ग्रामीण पत्रकारिताको विकासका लागि स्वरोजगारमूलक स्थानीय सञ्चार माध्यमहरुको सम्वद्र्धन र सवलीकरणमा स्पष्ट नीति तय गरी पर्याप्त बजेट विनियोजन गर्न, पत्रकारहरुका लागि लेखन वृत्ति, प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालनमा ल्याउन सबै स्थानीय तहहरुलाई आग्रह गर्दछ ।
३. यो भेला पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षालाई विशेष ध्यान दिन र सामाजिक सञ्जालका माध्यमबाट पत्रकारहरु माथि भइरहेको दुव्र्यवहार, दुरुत्साहन र समाचार लेखेकै आधारमा लाञ्छित गर्ने प्रवृत्ति रोक्न प्रभावकारी कदम चाल्न सरोकारवालाहरु र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।
४. यो भेला कुम्मायक÷कुस्सायक लगायत धार्मिक पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार विकास र प्रचारप्रसार मार्फत पर्यटन विकासमा स्पष्ट कार्यक्रम र पर्याप्त बजेटको ब्यवस्था गर्न तीनै तहका सरकार समक्ष आग्रह गर्दछ ।
५. यो भेला कुम्मायक गाउँपालिका सहित पाँचथरका सुक्खाग्रस्त क्षेत्रमा रहेको खानेपानी लगायत आधारभूत मानवीय पूर्वाधार अभावको समस्या समाधानका लागि विशेष प्याकेज ल्याइ बढ्दो बसाइसराईं रोक्न र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने गरी नीति, कार्यक्रम र बजेट निर्माण गर्न तीनै तहका सरकारको विशेष ध्यानाकर्षण गराउँदछ ।
६. यो भेला सूचना प्रविधि र आम सञ्चारको बढ्दो विकासले आम जनमानसले तथ्य बुझ्न कठीन परेको अवस्थामा राज्यका हरेक निकायमार्फत मिडिया साक्षरताका कार्यक्रम सञ्चालन गर्न र व्यवायीक पत्रकारीता, पेशागत सुरक्षा, क्षमता विकास, सामाजिक सुरक्षा, पत्रकार प्रोत्साहन तथा लेखनवृद्धीको व्यवस्थाका लागि आग्रह गर्दछ ।
७. यो भेला नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष तथा मिडिया उद्यमी कविन्द्र शेर्माको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै वहाँ लगायत समस्यामा रहेका सम्पूर्ण पत्रकारको सहयोगमा सबै तहका सरकार समक्ष जोडदार माग गर्दछ ।
नेपाल पत्रकार महासंघ पाँचथरको यो भेला सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने कुम्मायक गाउँपालिका सहित सबैप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछौँ ।
