१५ फागुन २०८२, पाँचथर। निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ पाँचथरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश समितिको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा पाँचथरका मूख्य निर्वाचन अधिकारी तथा जिल्ला अदालत पाँचथरका न्यायाधिस कुमार मास्केको प्रमुख आतिथ्यता र राष्टिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खेरलेको बिेशेष आतिथ्यता रहेको थियो।
महासंघ पाँचथरका अध्यक्ष भिमकुमार बाँस्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतम, प्रदेश समितिका पूर्व सदस्य गणेश साम्पाङ, फोनिजका प्रदेश अध्यक्ष विजयबोध लावती, नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुईटेल, प्रेस चौतरी नेपाल पाँचथरका अध्यक्ष मदन थापा लगायत पेशागत संगठनका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए।
अभिमुखिकरण कार्यक्रममा जिल्लाका २५ जना क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पूर्व अध्यक्ष लक्ष्मी गौतमले गरेका थिए। सोही अवसरमा मानवअधिकार र पत्रकारिता विषयमा मानवअधिकार आयोगका सचिव खरेलले धारणा राखेका थिए।
