Advertisement Ad

सुनको मूल्य अहिलेसम्मकै उच्च

Advertisement Ad

४ साउन २०८०, पाँचथर । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैंयाँमा सुनको कारोबार भइरहेको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

बिहीबार तेजावी सुन १ लाख १३ हजार ५० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी भने प्रतितोला १ हजार ४ सय ९५ रुपैंयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैंयाँले बढेको हो ।