Advertisement Ad

Advertisement Ad

नेपालको पर्यटन प्रवर्द्धनका लागि कोरियाको हाई-स्पीड ट्रेनमा भिडियो प्रदर्शन ।

दक्षिण कोरिया, ०९ फेब्रुअरी  २०२६

नेपालको पर्यटन प्रवर्द्धनका लागि राजदूतावासले तयार गरेको १७-सेकेन्ड लामो प्रवर्द्धनात्मक भिडियो कोरेलद्वारा सउल-बुसान रुटमा सञ्चालन हुने KTX हाई-स्पीड ट्रेन नम्बर १०१ मा सन् २०२६ को फेब्रुअरी १ देखि प्रदर्शन भइरहेको छ ।

उक्त भिडियो स्क्रिनिङका लागि महामहिम राजदूतले पहिलोपटक १४ अप्रिल २०२५ मा कोरेलका प्रमुख कार्यकारी अधिकृतसँगको भेटघाटका क्रममा प्रस्ताव गर्नुभएको थियो । इमेल र प्रत्यक्ष भेटघाटका क्रममा धेरै पटक फलोअप गरेपछि कोरेल र योनहाप समाचार एजेन्सीको सहयोगमा सन् २०२६ को फेब्रुअरी महिनाभरि कोरेलद्वारा सउल-बुसान रुटमा सञ्चालन हुने उक्त रेलमा प्रति दिन कम्तीमा दुईपटक उक्त भिडियो निःशुल्क इन-ट्रेन स्क्रिनिङ गराउन राजदूतावास सफल भएको हो ।

भिडियोमा लुम्बिनी, सगरमाथा, चितवन राष्ट्रिय निकुञ्ज, स्वयम्भूनाथ र बौद्ध स्तूपका साथै नेपाली कला र संस्कृतिका केही भिडियो क्लिपहरू समावेश छन् । ‎