Advertisement Ad

अलैंचीको मूल्य ६ बर्षयताकै उच्च

Advertisement Ad

२२ साउन २०८०, पाँचथर । पछिल्ला बर्षहरुमा निरन्तर ओरालो लागेको अलैंचीको मूल्य बढेको छ । व्यवसायीका अनुसार आइतबार पाँचथरमा प्रतिमन (४० केजी) को ६१ हजार रुपैंयाँमा करोबार भएको छ ।

अलैंचीको यो मूल्य ६ बर्षयताकै उच्च भएको अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष कुमार तामाङले जानकारी दिए । अहिले किसान र व्यापारीसँग माँग थेग्न सक्ने गरीको अलैंची छैन । गत बर्षको उत्पादन सकिंदै गएको छ भने यो बर्षको उत्पादन बजारमा आउनै बाँकि छ । त्यसैले मूल्य बढेको अलैंची व्यवसायी खेम अधिकारीको भनाई छ ।

अलैंचीको नयाँ फल टिप्ने सिजन सुरु हुनै लाग्दा मूल्य बढेकाले किसान भने केहि आसावादी भएका छन् । अहिलेको बजारभाउले बर्षेनी कम मूल्यमा बिक्रि गर्दै आएको अलैंचीले यसपल्ट राम्रो मूल्य पाउछ कि भन्ने केहि आसा पलाएको फालेलुङ–८, का अलैंची किसान रतन बहादुर लिम्बूले बताए ।

कुनै बेला प्रतिमन एक लाख २० हजार रुपैंयाँसम्ममा किनबेच भएको अलैंचीले खोल्सीको कालो सुनको उपमा समेत पाएको थियो । अलैंची पाँचथर सहित छिमेकी जिल्ला तात्लेजुङ र इलामको प्रमुख नगदेबालि हो । कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार पाँचथरमा तीन हजार ४४० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिंदै आएको छ ।

यद्यपी यो बर्ष अलैंचीलाई पानी आवस्यक पर्ने समयमा पर्याप्त बर्षा नहुँदा विभिन्न रोगको संक्रमणका कारण जिल्लामा अलैंची उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।