Advertisement Ad

पाँचथरमा डेङ्गी टेष्ट किटको अभाव

Advertisement Ad

२३ साउन २०८०, पाँचथर जिल्ला अस्पतालमा डेङ्गी टेष्ट किटको अभाव भएको

डेङ्गी सङ्क्रमित प्रतिदिन बढेका कारण डेङ्गी टेष्ट किटको अभाव हुने देखिएको जिल्ला अस्पतालका डाक्टर गणेश वनले बताउनु भयो  असार महिनायता १६ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लवरेन्स शाहलेबताउनु भयो

शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा सात जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर गणेशवनले बताउनु भयो डाक्टर वनले जिल्ला अस्पतालबाट साउन २२ गतेसम्म कुनै पनि सङ्क्रमितलाई जिल्ला बाहिर रेफर नगरिएकोबताउनु भयो उहाँले सङ्क्रमितको अवस्था गम्भीर भए तत्काल उपचारको लागि छुट्टै आइसोलेशन कक्ष आइसीयू नभएको कारणरेफर गर्नुपर्ने अवस्था हुने बताउनु भयो

जिल्ला सामुदायिक अस्पतालमा असारयता नौ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको गणेशमानसिंह अस्पतालका सुचना अधिकारी कर्णमाङ्लाकले  बताउनु भयो सङ्क्रमितमध्ये जनालाइ रेफर गरिएको भने तीन जनाले उपचारपछि घरमै स्वास्थ्य लाभ लिइरहेका छन्

जिल्लामा सङ्क्रमितमध्ये सबैभन्दा धेरै फिदिम नगरपालिकाका छन् फिदिम नगरपालिकाका १२ जना, हिलिहाङ गाउँपालिकाका दुईजना, फालेलुङ गाउँपालिकाका एक जना फाल्गुनन्द गाउँपालिकाका एक जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्लाअस्पताल प्रशासनका अनुसार धेरैजसो सङक्रमितहरू बाहिरी जिल्लाबाट आएका छन्

डेङ्गी निययन्त्रणका लागि फिदिम नगरपालिकाले वडा, भित्र पर्ने विभिन्न स्थानहरूमा सरसफाइ गर्ने, पानी जमेका खाल्डा पुर्ने, सन्देशमूलक सूचना जाने गरी पर्चापम्प्लेट वितरण गर्ने, सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने लार्भा नष्ट गर्ने अभियान सञ्चालनगरेको फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले बताउनु भएको

– इवारा जबेगु (इन्सेक अनलाइनबाट)