Advertisement Ad

किराया पाँचथरले ३६ औं स्थापना दिवश मनायो

Advertisement Ad

२३ साउन २०८०, पाँचथर । किरात राई जातिको सामाजिक संस्था किरात राई यायोक्खा जिल्ला कार्य समिति पाँचथरले सोमबार ३६ औं स्थापना दिवश मनाएको छ ।

स्थापना दिवशको अवशरमा शुभकामना आदान–प्रदान तथा संस्थाको आजीवन सदस्यता वितरण गरिएको किरात राई यायोक्ख पाँचथरका अध्यक्ष गणेश साम्पाङले बताए । फिदिमस्थित सगुन होटलको सभाहलमा आयोजित कार्यक्रममा किरात राई यायोक्खाका गतिबिधि र आगामी दिनमा गर्नुपर्ने कार्यको बिषयमा छलफल भएको थियो ।

कार्यक्रम किरात राई यायोक्खा पाँचथरका सल्लाहकार गोपाल राईको प्रमुख आतिथ्यता तथा अध्यक्ष गणेश साम्पाङको अध्यक्षतामा सम्पन्न भएको सहसचिव प्रदीप इसारा राईले जानकारी दिए ।