Advertisement Ad

Advertisement Ad

पाँचथरमा ५० प्रतिशत मत कटेन

२१ फागुन २०८२, पाँचथर। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार भएको मतदानमा पाँचथरमा ४९.६३ प्रतिशत मत खसेको छ।

बिहीबार बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म भएको मतदानमा ३३ हजार ६१५ पूरुष र ३७ हजार ५५५ महिला गरी कूल ७१ हजार १७० ले मतदान गरेका मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा कूल मतदाता संख्या १४३४०८ कूल मतदाता रहेको छ।

यसपल्टको निर्वाचनमा पाँचथरे मतदातामा कम उत्साह देखिएको उज्यालो नेपाल पार्टीका नेता दीलेन्द्र कुरुम्बाङले सामाजिक सञ्जाल फेसबुकमा लखेका छन्। यद्यपि जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

जिल्लाका सबै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु बिहीबार राती नै सदरमुकाम स्थित मतगणनास्थलमा ल्याइपुर्याउने गरी व्यवस्था गरिएको छ। शुक्रबार सर्वदलीय बैठक बसी मतगणना प्रारम्भ गर्ने रहेको बताइएको छ।