Advertisement Ad

Advertisement Ad

गजल

विश्वदिप फियाक

तिमी भन्छौ अरे, मेरो बानी खराब ,

कि थाहा पायौ, यो गिलासमा सराब छ।

हार्दैछु तिमी जित्दै जानु, जीवन खेलमा,

नबिर्सिनु त्यो जितमा, मेरो हारको प्रभाव छ।

किन सुर्ता गर्छौ , मायाको भण्डार हुँदा,

जति चाहिन्छ लैजाउ, धनको अभाव छ।

हेर्न पनि चाहदैनौ आजकल, तर्छौ आँखा,

कि भित्र घृणा, बाहिर प्रेमको नकाब ?